Thursday, February 23, 2017

सरकारले घोषणा गरेको ७० प्रकारका निशुल्क औषधि कुन कुन हुन् र कहाँ कहाँ पाइन्छ ?



सरकारी स्वास्थ्य संस्थामा दिइदै आएको ४० प्रकारका निशुल्क औषधिको संख्या बृद्धि गरी ७० पुरयाएको ढेड बर्ष पुग्न लाग्यो तर जनताले औषधि अझै पाएका छैनन् । उनीहरुले कहिले सम्म औषधि पाउछन् भन्ने विषयमा सरकारका जिम्मेबार अधिकारीहरु नै अनविज्ञ छन् ।

तर निशुल्क पाइनेको सूचीमा कुन कुन औषधि परे भन्ने बारे भने नेपाली हेल्थलाई प्राप्त भएको छ । कुन कुन रोगमा प्रयोग हुन्छ भन्ने विज्ञले भने अनुसार तलको सूचीमा उल्लेख समेत गरिएको छ ।
अघिल्लो बर्ष १३ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले ४० प्रकारका औषधिको संख्या बढाएर ७० पु¥याउने निर्णय गरेको थियो । थपिएका अधिकांश औषधिहरु नसर्ने रोगका विरुद्ध रहेका छन् । मुटु, मधुमेह, उच्चरक्तचाप , मानसिक रोग सम्बन्धी, लेक लाग्ने समस्या(हाइ अल्टीच्यूट), दुखाइ कम गर्ने, युरीक एसिड, थाइराइड, मन्द दुखाइ, एलर्जी एन्टी फंगल तथा विभिन्न प्रकारका एन्टीवाइटिक औषधीहरु थपिएका छन ।
स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका निर्देशक डा रमेश खरेलले निशुल्क औषधिको ढिलाई हुनुमा आपूर्ति महाशाखाको कमजोरी भएको बताउछन् । उनले औषधि खरीदको काम आपूर्ति व्यवस्थाले गर्ने भन्दै उताबाट जति छिटो औषधि आए जनताले उति छिटो औषधि प्राप्त गर्ने दावी गर्छन ।



उता आपूर्तिका निर्देशक डा भीमसिंह टिंकरी भने औषधि आउन अझै केही समय लाग्ने बताउछन । ‘दोहोरो खरीद नहोस भन्दै पुरानो मौज्दातको गडना गर्दा गर्दै पोहोर साल वित्यो । यसपटक पनि ढिला बजेट आएको छ । फेरी अहिले नाकाबन्दीको मार परेको छ ‘ उनले भने, ‘औषधि आउछ कहिले आउछ अहिल्यै भन्ने अवस्था रहेन ।’
डा. खरेलले थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झण्डै ८० प्रतिशत रोगका लागि जनताले औषधि किन्नु नपर्ने दावी गरे । ‘यसपटक सरकारले बास्तवमै महत्वपूर्ण औषधिहरु निशुल्क वितरणको थालनी गरेको छ । यसलाई राम्ररी व्यवस्थापन गर्न सके ग्रामिण क्षेत्रका जनताको ८० प्रतिशत बढी रोग निको हुन्छ ।

सरकारले हाल सम्म निशुल्क उपलब्ध गराउदै आएका सवै औषधीहरु २५ बेडसम्मका जिल्ला अस्पतालमा उपलब्ध हुने छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधिरु निशुल्क उपलव्ध हुनेछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment