यसबारे छिमेकीले थाहा पाउने बित्तिकै उनीहरु रेणुको बुवाको घरमा उनलाई बधाई दिन ओइरिए ।
दुबै बिच पाँच मिनेटको भेटधाट, दाइजो बिना भयो विवाहः
– रेणु कासनियाँको विवाह हरियाणा निवासी राजवीर कन्स्वाका छोरा पवन कन्स्वासँग फेब्रुअरी १९ तारिखमा विवाह हुने कार्यक्रम तय भएको थियो ।
– १८ फेब्रुअरीको राती पवनले फोनमा रेणुसँग विवाहका लागि ११ लाख भारु नगद र एक सुविधासम्पन्न गाडी चाहिने बताए ।
– त्यस रात रेणुले पवनको कुरा ठट्यौलीमा लिइन् । विवाह हुने दिनको बिहान पवनले पुनः नगद र कार ससुरालीले उपहारस्वरुप दिनुपर्ने शर्त राखी यसो नभए जन्ती नल्याउने धम्की पनि दिए ।
– रेणुले फोनमा भएको कुराको जानकारी आफ्ना बुवा राजेन्द्र कासनियां र आमालाई दिइन् । परिवारले सम्बन्ध मिलाइदिने बिचौलीयालाई सम्पर्क गरेर यसबारे जानकारी दिए ।
– बिचौलीयाले पवन र उनका बुवालाई सम्पर्क गरेर पंचायत बोलाइन् र यसो गर्दा गर्दै १९ फेब्रुअरीको रात बित्यो ।
– साइतको हिसाबले अब जन्ती बेहुलीको घरमा आउने बेला भइसकेको थियो । केटापट्टीकाले आफ्नो माग नछोडेपछि रेणुले एक साहसिक निर्णय लिइन् । उनले पवनसँग नै विवाह गर्न अस्विकार गरिदिइन् ।
इन्जिनियर राकेश बने रेणुको नयाँ बेहुलाः
– बेहुली रेणुको घर बिस्तारै पाहुनाहरु आउन सुरु गरिसकेका थिए ।
– रेणुको विवाहमा पुलिस कन्स्टेबल कपिल घिंटाला पनि आफ्ना इन्जिनियर छोरा राकेशसँग विवाहमा सहभागी हुन आएका थिए ।
– विवाहको घरको सबै स्थिती देखेर राकेशले रेणुसँग विवाहको प्रस्ताव राखे । कुरा रेणुसम्म पुग्यो । दुबैको त्यहाँ नै भेट भयो ।
– पाँच मिनेटको औपचारिक भेटघाटपछि दुबै विवाहका लागि राजी भए । राती दुई बजे राकेश बाजा गाजासहित रेणुको घरमा जन्तीसहित पुगे ।
– बेहुलीका पिता राजेन्द्रले आफ्नी छोरीले यति ठूलो साहसिक कदम उठाउने बारे कहिले पनि नसोचेको बताए । बेहुला राकेशले आफ्नी श्रीमतीको विचारबाट प्रभावित भएका कारण उनलाई विवाहको प्रस्ताव गरेको बताए । उनले भने, ‘हामी दुबैको विचार मिल्छ । मलाई दाइजो होइन, एक राम्रो विचार भएकी जीवनसाथी चाहिएको थियो । मेरो इच्छा रेणुको रुपमा पूरा भएको छ ।’ एजेन्सीको सहयोगमा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment