ती युवकले पत्नी र ससुराले सधै आफूलाई नामर्द भनेर आरोप लगाउने गरेपछि आक्रोशित भएका थिए । ती युवकले ज्यान दिने सुरमा पानीटंकीमा चढेपछि नामर्दको घटना बाहिर आएको थियो ।
कोलकोताको गायत्रीपुरम निवासी अरुण राव बिहान ११ बजे कलेक्ट्रेट परिसरमा रहेको पानीटंकीमा चढेका थिए । टंकीमाथि रहेका उनले हातमा पेट्रोल भरिएको बोतल पनि बोकेका थिए । धम्की दिन थालेपछि जम्मा भएको भीडले उनलाई फकाएर तलझारेको समाचारमा उल्लेख छ ।
पीडित अरुण रावलले आफूलाई सधै पत्नीले नामर्द भनेर होच्याउने गरेका कारण ज्यान दिने सुरमा पानीटंकीमा चढेको प्रहरीलाई बयान दिएका छन् ।
नौ वर्ष अगाडि विवाहित अरुण राव र उनकी पत्नीबाट बच्चा जन्मिएको छैन । बच्चा नजन्मिएपछि पत्नी र ससुराले नामर्दको आरोप लगाएका थिए । – एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment