Saturday, March 4, 2017

केपी ओलीले झापाबाट नवीनालाई फोन गरेर ‘छोरी झगडा नगर है’ भनेपछि…

काठमाण्डु, २१ फागुन– एमाले अध्यक्ष केपी ओलीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पहिलो संगठनका रुपमा स्थापित गरेको भन्दै अनेरास्ववियु अध्यक्ष नवीना लामालाई धन्यवाद दिएका छन् । ओलीले टेलिफोनमार्फत आफूलाई बधाई तथा शुभकामना दिएको लामाले काठमाण्डु टुडेलाई बताइन् । ‘अखिलले राम्रो गरेको छ, तिमिले राम्रो भूमिका निर्वाह गरेकी छौ छोरी भन्नुभयो’, लामाले भनिन्, ‘उहाँ उत्साहित हुनुभएको छ ।’ लामाले बिहीबार, शुक्रबार र शनिबार तीन दिनसम्म ओलीले लगातार टेलिफोन गरेर आफूसँग निर्वाचनसम्बन्धी अपडेट लिइरहेको जानकारी दिइन् । मेची महाकाली अभियानका लागि झापा पुगेका ओलीले शनिबार मात्र पनि आफूलाई टेलिफोन गरेको लामाले बताइन् ।
‘उहाँ कार्यकर्तालाई माया गर्ने र केयर गर्ने नेता हो, त्यसमा पनि अखिलका कार्यकर्ता भनेपछि हुरुक्कै हुने बानी छ’, लामा भन्छिन्, ‘बिहीबारदेखि आज (शनिबार) सम्म हरेक दिन फोन गरेर अपडेट मागिरहनुभएको छ ।’ ओलीले आफूलाई धेरै स्थानमा अझै अखिलले निर्वाचन जित्ने भएकाले झगडा नगर्न सुझाएको लामाले जनाइन् । ‘अरुसँग झगडा नगर्नु, हामी जितिहाल्छौं भन्नुभएको छ’, उनले भनिन् । यस्तै एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल तथा उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले पनि अखिललाई पहिलो संगठन बनाउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नवीनालाई बधाई दिएका छन् । नेपाल र पोखरेलले भेटमा र खनाल र गौतमले फोनमार्फत बधाई दिएको नवीनाले बताइन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment