Wednesday, March 8, 2017

पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा हुने सम्भावना

पश्चिमी वायुको प्रभावले बिहिबार राजधानीसहित देशका पश्चिम भागको मौसम परिवर्तन भएको छ।

बिहानदेखि बादलले आकाश धुम्म भएको छ भने साँझसम्म राजधानीसहित देशका पश्चिमी क्षेत्रमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘पश्चिमी वायुको प्रभावले राजधानी लगायत देशका पश्चिम भागमा विहानैदेखि बादल लागेको छ’, महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘साँझसम्म पानी पनि पर्न सक्छ, यो क्रम शनिबारसम्म जारी रहने देखिन्छ।’

उनले शनिबारसम्म बादल लाग्ने छिटफुट वर्षा हुने भएपनि आइतबारबाट मौसम खुल्ने बताए ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment