Sunday, February 26, 2017

फेरि नाकाबन्दी लगाउने राजेन्द्र,महन्थको विपक्षमा उभिए उपेन्द्र

स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मधेसी मोर्चाभित्र भने आन्दोलनको स्वरुपलाई लिएर विवाद भएको छ । स्रोतका अनुसार संविधान घोषणापछि जस्तै यसपटक पनि नाकाबन्दी गर्ने कि नगर्ने भन्नेमा मोर्चामा दुई धार देखिएको छ । सदभावना तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपमा अध्यक्ष महेन्द्र यादव सदभावना अध्यक्ष राजेन्द्र महतो फेरि नाकाबन्दी लगाउनुपर्ने पक्षमा छन् । तर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनील झा नाकाबन्दी गर्न नहुने पक्षमा रहेको स्रोतको भनाई छ ।


नाकाबन्दीले शासकहरुलाई भन्दा आमजनतालाई कष्ट हुने भएकाले नाकाबन्दी गर्न नहुने उनीहरुको तर्क छ । तत्कालका लागि भने मोर्चा भित्र सरकारी कार्यालय कब्जा गर्ने योजना बनेको छ । सरकारलाई एक पैसा पनि कर आउन नदिने गरी मोर्चाले आफ्नो कार्यक्रम तय गरेको छ । यस अगाडि केपी ओली नेतृत्वको सरकारले संविधान जारी गरेसँगै यस अगाडि   असोज २०७२ देखि करिब पाँच महिना लामो नाकाबन्दी लगाएको थियो ।  पछि ओली सरकार ढालेर प्रचण्ड नेतृत्वमा सरकार बनेसँगै उनीहरुले नाकाबन्दी खोलेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment