१. आवश्यकता परेकै बेला भान्सामा चाहिने वस्तु कम हुन्छ....
(क) कहिल्यै होइन,
(ख) कहिलेकाहीँ,
(ग) धेरैजसो ।
२. अघिल्लो महिनाको फोन तथा बिजुलीको बिल तपाईंले कहाँ राख्नुभएको छ ?
(क) फाइलमा,
(ख) पहिलेजस्तै सिरानीमुनि,
(ग) थाहा छैन, खोज्नुपर्ने हुन्छ ।
३. घन्टौं लाइनमा बस्नुभन्दा नेट बैंकिङ र फोन बैंकिङ प्रयोग गर्नुहुन्छ.....
(क) अवश्य गर्नुहुन्छ, कारण सुविधा आफ्नै लागि त हो,
(ख) धेरै कम,
(ग) नेट बैंकिङका बारेमा जानकारी छैन ।
४. बचतका बारेमा तपाईंको राय....
(क) सानो बचत, ठूलो फाइदाका बारेमा विचार गरी नियमित रकम जम्मा गर्नुहुन्छ, इन्स्योरेन्स प्लान लिनुहुन्छ,
(ख) बैंकमा बचत खाता छ,
(ग) यो कुरा पतिदेवले विचार गर्नुपर्छ ।
५. तपाईंले पछिल्लो पटक कहिले आफ्नो इमेल जाँच गर्नुभयो ?
(क) आज बिहान,
(ख) १५ दिन पहिले,
(ग) मैले इमेल अकाउन्ट खोलेकी छैन ।
६. अचानक घर आइपुगेका पाहुनाको स्वागत गर्नुपर्दा...
(क) घरमै केही कुरा फटाफट बनाउनुहुन्छ र केही घरबाहिरबाट मगाउनुहुन्छ,
(ख) पाहुनाको भरपूर स्वागत गर्नुहुन्छ,
(ग) यिनीहरूलाई आजै आउनुपर्ने भनेर सोच्नुहुन्छ ।
७. आफ्ना छोराछोरीको नजरमा तपाईं...
(क) आदर्श आमा,
(ख) स्नेही आमा,
(ग) सामान्य आमा ।
८. तपार्इंको वार्डरोबमा...
(क) पछिल्लो फेसनका पहिरन र सुहाउँदा एसेसरिज छन्,
(ख) परम्परागत पहिरनहरू छन्,
(ग) अस्त–व्यस्त छ ।
९. स्ट्रेस म्यानेजमेन्टका लागि...
(क) तनावलाई ठाउँ दिनुहुन्न,
(ख) मेडिटेसनलाई प्राथमिकता दिनुहुन्छ,
(ग) एकपटकमा एउटा मात्र काम गर्नुहुन्छ ।
१०. श्रीमान्ले नयाँ मोबाइल खरिद गरी फङ्सनका बारेमा तपाईंलाई बताउन चाहनुहुन्छ, यस्तोमा तपाईंं .........
(क) रुचिपूर्वक उनको कुरा सुन्नुहुन्छ र सिक्नुहुन्छ,
(ख) उनको मन राख्न कुरा सुनेजस्तो गर्नुहुन्छ,
(ग) व्यस्तता देखाउनुहुन्छ ।
११. के तपाईंले घरमा कामको बाँडफाँड गर्नुभएको छ ?
(क) बालबालिकालाई जिम्मेवारी बोध गराउन यो जरुरी छ ।
(ख) अधिकांश काम आफैं गर्नुहुन्छ,
(ग) घरमा बाँडफाँड सम्भव छैन, सबैजना आ–आफ्नै इच्छाका मालिक छन् ।
१२. विपरीत परिस्थितिमा ....
(क) धैर्य एवं शान्तिपूर्वक विचार गर्नुहुन्छ,
(ख) हडबडाउनुहुन्छ,
(ग) निराश भएर रुन थाल्नुहुन्छ ।
स्कोर
१. अधिकांश उत्तर (क) छ भने तपाईं पूर्णरूपमा स्मार्ट वुमन हुनुहुन्छ । तपाईंमा स्वयं निर्णय गर्ने क्षमता छ । घरमा सबैसित राम्रो सम्बन्ध छ । तपाईं हँसमुख हुनुहुन्छ अनि प्रतिकूल परिस्थितिबाट प्रभावित हुनुहुन्न । यी सबै कारणले तपाईं जीवनका हरेक मोडमा सफल हुनुहुन्छ ।
२. अधिकांश उत्तर (ख) छ भने तपाईंले केही प्रयास गर्नुपर्छ । तपार्इंले आफूलाई सफल साबित गर्न सक्नुहुन्छ । आफ्नो ज्ञान अपडेट गर्न प्रविधिसित जोडिनुपर्छ । तपाईंमा क्षमता छ, तर त्यसमा निखार ल्याउनु जरुरी छ ।
३. अधिकांश उत्तर (ग) छ भने तपाईंका लागि मार्ग केही कठिन छ, तर असम्भव छैन । सर्वप्रथम आफ्नो हीन भावनालाई त्याग्नुहोस् । स्मार्टनेस पहिरन र शृंगारबाट मात्र आउँदैन, न त शारीरिक सुन्दरता स्मार्टनेसको मापदण्ड हो । आजको दिनमा प्रेजेन्टेबल रहनु नै आफ्नो सफलताको उचाइ पुग्ने माध्यम हो । दृढ इच्छाशक्तिको प्रयोग गरी स्वयंलाई प्रमाणित गरियो भने लक्ष्य टाढा हुँदैन ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment