भारतको छत्तीसगढस्थित बलौदाबजारमा दोस्रो छोरी जन्माएको भन्दै एक व्यक्तिले दुई छोरी सहित १० दिने सुत्केरी श्रीमतीलाई घर निकाला गरे।
श्रीमानले घर निकाला गरेपछि ति महिला दुई छोरी काखमा च्यापेर सडकमा बस्न बाध्य बनिन्। नवजात बालिकालाई चिसोबाट बचाउन कपडा नभएपछि ती महिलाले थैलोमा लुकाएर राखिरहेको तस्वीर सहितको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
चान्दराम नाम गरेका ती व्यक्तिले पाँच वर्ष पहिले रागिनीसँग विवाह गरेका थिए। विवाहपछि सधै रक्सी पिएर रागिनीलाई कुटपित गर्ने गरेको समाचारमा उल्लेख गरिएको छ। विवाह पछि रागिनीले पहिले छोरी सीमालाई जन्म दिएकी थिइन्।
पहिलो सन्तान छोरी जन्मिएपछि चान्दरामले छोराको चाहना गरेका थिए। तर दोस्रो सन्तानका रुपमा पनि छोरी नै जन्मेपछि उनले चीसो रातमा श्रीमती र छोरीलाई घर निकाला गरिदिए। रातभर घर बाहिर रुदै बसेकी रागिनी बिहान ढेड वर्षकी सीमा र १० दिनकी नवजात बालिकालाई लिएर बस स्टेसन पुगिन्। तर उनी कतै जाने ठाउँ थिएन्। त्यो सबै स्थानीय पार्षद लालु तन्वरले देखेपछि उनलाई सहयोग गर्न उनका सामु पुगे। उनले सबै जानकारी प्रहरीलाई बताए।
घटना थाहाँ पाएपछि प्रहरीले चान्दरामलाई पक्राउ गरेर ल्यायो । प्रहरीले उनलाई सम्झाइ बुझाइ गरेपछि अब त्यस्तो कहिलै नगर्ने बाचा गरे। त्यसपछि उनी श्रीमती र छोरीलाई लिएर फेरि घर फिर्ता भए। एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment