Saturday, March 4, 2017

मधेसी मोर्चालाई एमालेको चुनौति- हिम्मत भए हाम्रोभन्दा ठूला कार्यक्रम गरेर देखाउ

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताएका छन् ।

संविधान र निर्वाचनका लागि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको पत्रकार भेटघाटमा भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि गरिए सह्य नहुने चेतावनी दिए ।

‘यो पृथ्वीनारायण शाहपछिको आधुनिक नेपाल एकीकरण अभियानको भाग–२ हो । राष्ट्रघातविरुद्धको अभियान पनि हो । यसमा कसैले चित्त नबुझे हाम्रो सभा भएको भोलिपल्ट त्योभन्दा ठूला कार्यक्रम गरेर आफ्ना कुरा जनतालाई भन्दा हुन्छ’– उनले भने– ‘मधेसी मोर्चा र मधेसका मुद्दा एकै सिक्काका दुई पाटा होइनन् । हामी मोर्चाले अघि सारेको संविधान संशोधनको मुद्दामा सहमत छैनौँ ।’

उनले अभियानलाई सुरक्षा दिने काम सरकारको भएको भन्दै यसमा कुनै अवाञ्छित क्रियाकलाप भए मानवअधिकार उल्लङ्घनको रुपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुगमनका लागि आग्रह पनि गरिएको जानकारी दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment