उनका परिवारले धर्तिमाता उत्रिएपछि विष्णु ध्यान बस्न आएको बताए। धर्म बहिनी मेनका केसीले दुई वर्ष अघिदेखि ज्योतिषीको काम गर्दै आएको र अहिले धर्तिमाता उत्रिएर ध्यान बस्न आएको जानकारी दिइन्। २१ दिनसम्म सो स्थानमा ध्यान बस्ने उनले बताइन्।
शिवरात्रिको दिनदेखि देवि उत्रिएको भन्दै विष्णु अर्धनग्न अवस्थामा बसेकी हुन्। आफ्नो शरीरमा सबै भगवान आएको र भगवानकै निर्देशन अनुसार ध्यान बसेको उनले बताउने गरेको बहिनी केसीले बताइन्। बुटवलमाा दोहोरी गीत गाउँदै आएकी उनले ध्यान बस्ने स्थानमा अशोकको बोटमुनि पूजा मण्डपसमेत खडा गरेकी छन्। उनले १३ दिनदेखि केही नखाएको वताइएको छ। विष्णुलाई साक्षातदेवी भन्दै पूजा गर्नेहरुको दैनिक भिड लाग्ने गरेको छ ।
स्थानीयहरुले रातिको समयमा त्यही सुतेर उनलाई सुरक्षा दिएका छन्। रातिको समयमा ५० जनाभन्दा मानिसहरुले कुर्ने गरेका छन्। उनलाई देवी मान्दै चढाएको पैसा रुखका पातजस्तै भूइँभरी राखिएको छ। यसअघि पनि विभिन्न समयमा देवी उत्रिएको भन्दै उनी मन्दिरहरुमा जाने गरेकी थिइन्।
अर्धनग्न महिलाले ज्योतिषको नाममा अन्धविश्वासलाई पक्षपोषण गरेको भन्दै आपत्ति जनाएका छन्। धर्मको नाममा भ्रम छर्ने व्यक्तिलाई प्रशासनले धपाउनुपर्ने उनीहरुको माग छ। प्रशासनले ती महिलाका क्रियाकलाप निगरानी गरिराखेको जनाएको छ।
वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक मधु नेपालले धार्मिक आस्थाका कारण महिला बसेकाले हटाउन नसकिने बताए। सामाजिक विसंगती निम्त्याउने काम भए नियन्त्रण गर्ने बताए।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment