Thursday, March 9, 2017

कञ्चनपुर घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिने, सहभागी हुन आह्वान



काठमाडौं, २७ फागुन । कञ्चनपुर घटनाको विरोधमा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् ।

सुदूरपश्चिमका विद्यार्थीहरुको अगुवाई आज दिउँसो तीन बजे लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

विद्यार्थी अगुवा कर्ण साउदका अनुसार कञ्चनपुरमा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर नेपाली नागरिक गोविन्द गौतम मारिएको घटनाको विरोधमा दूतावास अगाडि प्रदर्शन गर्न लागिएको हो ।

‘यो कुनै पार्टी विशेष कार्यक्रम होइन् । कञ्चनपुर घटना र भारतीय हस्तक्षेपविरुद्ध विद्यार्थीहरु स्वस्फूर्तरुपमा प्रदर्शनमा उत्रिने निर्णयमा पुगेका हुन्,’ उनले भने– ‘सबैलाई सहभागी हुन आह्वान गर्दछौं ।’

प्रदर्शनमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सुपका ३ सय विद्यार्थी सहभागी हुने र अन्य पनि आउने विद्यार्थी अुगवा साउदको विश्वास छ ।


विद्यार्थीहरुले देशको सीमा रक्षा गर्दागर्दै कञ्चनपुरको पुनर्वासमा मारिएका गौतमलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् । ‘घटनाको निश्पक्ष छानविनसहित दोषीलाई कारवाही भएन् र सहिद घोषणा गरिएन भने अबको तीन दिनपछि हामी धर्ना र अनसनमा बस्न बाध्य हुनेछौं,’ सरकारलाई चेतावनी दिँदै विद्यार्थी अगुवा साउदले भने ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment