Thursday, March 9, 2017

राजधानीबाट समाजवादी फोरमका सचिवसहित ५६ बन्दकर्ता पक्राउ

काठमाडौँ – सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मोर्चा आबद्ध संघीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेका छन् ।

यसैक्रममा, शुक्रबार बिहान बन्द गराउन हिँडेका ५६ जना बन्दकर्ताहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङवाङ पनि रहेका छन् । उनीसहित ११ जना बन्दकर्ता ललितपुरको पुलचोकबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता इश्वर कार्कीले बताए ।


त्यस्तै, सातदोबाटोबाट २४ जना पक्राउ परेको कार्कीले जानकारी दिए । समातिनेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकर्ताहरु रहेका छन् ।

त्यस्तै, महानगरिय प्रहरी परिसर काठमाडौँका एसपी प्रधुम्न कार्कीका अनुसार बल्खुबाट ४ जना बन्दकर्ता पक्राउ परेका छन् भने महाराजगञ्जबाट ८ पुरुष र २ महिनासहित १० जना पक्राउ परेका छन् ।

त्यस्तै, भक्तपुरको ठिमीबाट पनि सात जनालाई पक्राउ गरिएको  भक्तपुर प्रहरी प्रमुख एसपी किरण राणाले  बताइन् ।

हालसम्म कुनै तोडफोडको घटना नभएको प्रहरीले बताएको छ ।

बन्दकर्ताहरुलाई पक्रन प्रहरीले बिहान ३ बजेदेखि अपरेसन चलाएको थियो । अहिले पनि राजधानीका मुख्य चोकमा प्रहरीको उपस्थिति रहेको छ भने बन्दको प्रभाव सामान्य रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment