Thursday, February 23, 2017

ट्रम्प घोषणाको प्रभाव: ‘मेरो देशबाट निस्की’ भन्दै भारतीय इन्जिनियरको अमेरिकामा हत्या



१३ फागुन, एजेन्सी।

अमेरिकाको कन्सासमा एक भारतीय इन्जिनीयरलाई गोली हानि हत्या गरिएको छ। घटनामा अन्य दुइ जना घाइते भएका छन् ।

५१ वर्षिय पूर्व अमेरिकी नेभी एडम पुरिनटले श्रीनिभास कुचिबोट्ला नामका एक भारतीय इन्जिनियरलाई गोली हानी हत्या गरेका हुन।

‘मेरो देश बाट निस्की’ भन्दै गोली हानिएको अन्तराष्ट्रिय मिडियाले लेखेका छन्।

ओलाथेको गार्मिन हेडक्वार्टरमा काम गर्दैगरेका ३२ वर्षका श्रीनिभासलाई बुधबार बेलुका गोली हानिएको थियो। घटना भएको पाँच घण्टा पछि बिहिबार बिहान एडम पक्राउ परेका छन्। घटनामा घाइते भएका अन्य दुई भारतीय नागरिकको उपचार हुँदैछ।



प्रहरीले घटनालाई असंवेदनशील र क्रुर बताएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको विषयमा जारी गरेको निर्देशनको प्रभाव देखिन थालेको छ र अमेरिकामा रहेका अन्य देशका आप्रवासी माथी आक्रमणका घटनाहरु बढ्न थालेका छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment