Monday, February 20, 2017

१४ देशमा राजदूत सिफारिस, को कुन देशको राजदूत ? (सुचीसहित)

काठमाडौं, ९ फागुन । आज बसेको दोस्रो मन्त्रिपरिषद बैठकले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । दलिय भागबण्डाका आधारमा यसअघि समेत सिफारिस भएका राजदुतहरुलाई पुन राजदूतमा सिफारिस गरिको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट ६ राजदूत भएका छन् । अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।


सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाबाट तीन राजदूत सिफारिस भएका छन् । प्रतिभा राणा, जापानका लागि सिफारिस भएका छन् भने भरत रायमाझी स्पेन र निरन्जन थापालाई इजरायलको राजदूतका लागि सिफारिस गरिएको छ ।

शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment