Friday, March 10, 2017

भाषा परिक्षा पास भएपनि कोरिया जान पाईंदैन । अाखिर किन ?

काठमाडौं, फागुन २७– दक्षिण कोरियाको रोजगारी पछिल्लो समय धेरैको रोजाईमा पर्न थालेको छ । कोरियामा सामान्य कामदारको पनि कमाई अन्य देशमा भन्दा बढि हुने भएकाले रोजाईमा परेको हो ।

तर यहाँ जानका लागि त्यति सजिलो छैन । भाषा परिक्षा उतिर्ण गर्नुपर्छ भने अन्य थुपै्र चरण र प्रक्रिया छन् । तर कोरियाको रोजगारीमा जानेले म्यानपावर तथा दलालबाट ठगीने संभावना हुँदैन किनकि, कोरियामा सरकार आफैंले कामदार पठाउँछ । कोरियामा काम गर्न जानका लागि निश्चित कोटा निर्धारण गरिएको हुन्छ । तर भाषा परिक्षा दिनेको संख्या ठुलो छ ।

यस वर्ष ३ हजार १ सय नेपाली कोरिया जान पाउँछन् । तर भाषा परिक्षा पास गर्नेको संख्या त्यो भन्दा धेरै छ । उनीहरु सबै कोरिया जान पाउँदैनन् ।

याे अवस्थामा जान पाईंदैन
१) कोरियन भाषा परीक्षाका आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम, थर, जन्म मिति) निजको राहदानीको भन्दा फरक परेमा भाषा परीक्षामा उत्तीर्ण भए पनि कोरिया प्रवेशमा रोक लगाइनेछ । परीक्षा दिन आउँदा एचअारडी बाट प्राप्त विवरणमा आफ्नो नाम, थर, जन्ममिति आदि विवरण त्रुटीपुर्ण देखिएमा परीक्षा हल भित्रै सच्याउन सकिनेछ ।

२) कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने ग्यारेण्टी भने होइन । कोरियन भाषा परीक्षामा उत्तीर्ण भएतापनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्ट प्रतिकूल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरेका व्यक्तिहरु कोरियामा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।

३) गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय र नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र वमोजिम नेपाली कामदारहरुलाई कोरिया पठाउने कानुनी अधिकार वैदेशिक रोजगार विभागलाई मात्र हुनेछ ।इपिएस भाषा परिक्षा उत्तीर्ण भई सम्भाब्य कामदारको सूचीमा नियम बमोजिम सूचीकृत भएका व्यक्तिहरुलाई मात्र कोरियाका रोजगारदाताहरुले रोजगारी दिनेछन् ।

४) इपिएस अन्तर्गत रोजगार प्रकृयामा वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखा कार्यालय बाहेक कुनै पनि निजी संघ/संस्था, शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता हुँदैन । कसैले कोरिया पठाइदिन्छु भनेमा विश्वास गर्नुहोस् ठगीमा पर्न सक्नुहुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment