Monday, February 20, 2017

भीम रावलको रिपोर्टपछि सीके राउतबारे प्रहरीले बाहिर ल्यायो देश टुक्राउने अर्काे डरलाग्दो तथ्य

सीके राउतबारे अर्को डरलाग्दो खुलासाः देश टुक्राउन कक्षा लिएरै विद्यार्थी प्रशिक्षण
दैनिक नेपाल२०७३ फागुन ९ गते १३:५५


बुटवल, ९ फागुन । स्वतन्त्र मधेस गठबन्धनका संयोजक एवं पृथकतावादी अभियन्ता सीके राउतबारे अर्काे डरलाग्दो खुलासा भएको छ ।

राउत नेतृत्वको गठबन्धनले देश टुक्राउन कक्षा लिएरै विद्यार्थीलाई प्रशिक्षण दिने गरेको रहस्य बाहिर आएको हो । यो रहस्य रुपन्देही प्रहरीले पत्ता लगाएको हो ।

यसअघि एमाले उपाध्यक्ष भीम रावलले देश टुक्राउन मधेसमा सशस्त्र संघर्षको तयारी भइरहेको र सीके राउत त्यसको कमाण्डर भएको तथ्य सार्वजनिक गरेका थिए । जून रिपोर्टलाई सुरक्षा निकायले प्रमाणित गरिसकेका छन् । र, सीके राउत पक्राउ परी अहिले प्रहरी हिरासतमा छन् ।

देश टुक्राउन विद्यार्थीलाई प्रशिक्षण दिएको तथ्य कसरी बाहिर आयो ?
रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार शनिबार रुपन्देहीको मर्चवारस्थित एक विद्यालयमा सीके राउतका कार्यकर्ताले कार्यक्रम राखेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गर्यो । २१ जना कार्यकर्ता पक्राउ परे । पक्राउ परेकामध्ये १५ जनालाई छानविन गरी छाडियो । उनीहरु विद्यार्थी थिए । र, बाँकी ६ जना कार्यकर्तालाई राज्यविप्लवको मुद्दा चलाइयो । छानविनका क्रममा उनीहरुले स्कुलका विद्यार्थीलाई प्रशिक्षण दिइरहेको रहस्य खुल्यो ।

उनीहरूलाई प्रहरीले आइतबार जिल्ला अदालतमा राज्यविरुद्ध संगठित अपराध गरेको अभियोगमा राज्यविप्लव मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ ।

राज्यविप्लव मुद्दा खेप्नेमा रुपन्देही बोगडी–५ का उदीप यादव, बयरघाट–४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१९ का विकासप्रसाद लोध, रोहिणीहवा–४ का परमेश्वर यादव, कम्हरिया–८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरी रहेका छन् । यी ६ जनाले राउतको अभियानलाई साथ दिँदै राज्यविरुद्ध संगठित अपराध गरेको प्रहरीको ठहर छ ।



प्रहरी चौकी आक्रमणमा समेत विद्यार्थीकै प्रयोग
शनिबार आफ्ना कार्यकर्ता पक्राउ परेपछि स्वतन्त्र मधेस गठबन्धनले त्यसको भोलिपल्ट आइतबार आफूले प्रशिक्षण दिएका विद्यार्थी प्रयोग गरेर मचैवारको वडवलिया प्रहरी चौकीमा आक्रमण गर्यो । त्यो समूहमा गठबन्धनद्धारा प्रशिक्षित मर्चवार क्षेत्रका अधिकांश विद्यार्थी थिए ।

घटनास्थलमा खटिएका रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डे पनि प्रहरीमाथि आक्रमण गर्नेहरू अधिकांश विद्यार्थी नै रहेको बताउँछन् ।

आक्रमणका क्रममा तीन प्रहरी घाइते भएका थिए भने प्रहरीबाट दुईवटा हतियारसमेत खोसेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment