Monday, February 20, 2017

साउदी जादैँ हुनुन्छ भने यी कम्पनीमा नजानुहोस्

साउदी जादैँ हुनुन्छ भने यी कम्पनीमा नजानुहोस्

काठमाडौं/ साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन सरकारले रोक लगाएको छ। वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो।

विभागले सूचना प्रकाशन गरी साउदीअरबका दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन र अल फेयर्स इस्ट कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको जानकारी दिएको छ ।

यसैगरी, अल–हान ट्रेडिङ ग्रुप, मिडिलइस्ट कन्स्ट्रक्टिङ कम्पनी, अल जिमी सोमाक इलोक्ट्रोनिक एन्ड इलेक्ट्रोनिक्स सिस्टम कम्पनी, डिजिटल कन्नेक्सन कम्पनी र अर्थ लाइटलगायतमा कामदार पठाउन रोक लगाइएको छ । सरकारले बराइनको अल–एलियासा अलदायसी कम्पनीमा समेत नेपाली कामदार नपठाउने गरी कालो सूचीमा राखेको छ ।


वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो। ती कम्पनी कामदारले पाउनुपर्ने सेवा सुविधा र तलब नदिने र उल्टै दुःख दिने गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रहमा कामदार पठाउन रोक लगाइएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरूङले व्यवसायीको अनुरोधमा सरकारले कामदार पठाउन रोक लगाएको जानकारी दिए ।

कम्पनीले कामदार शोषण गरेको र नेपाल आउन चाहनेको भिसा रद्द गर्न समेत आनाकानी गरिरहेको विभागमा रिर्पोट भएको थियो । संघका अनुसार यी कम्पनीमा काम गर्न गएका करिब पाँच सय नेपाली कामदार समस्यामा छन् । एउटै कम्पनीमा ५० जना नेपाली अलपत्र परेका छन् । उनीहरूले काम गरेको तलबसमेत पाएका छैनन् । व्यवसायीले पनि कामदारका समस्या समाधान गर्दै नेपाल ल्याउन सहयोग गर्ने उनको भनाइ छ ।

विभाग र राजदूतावासले पनि समस्यामा परेका कामदारको उद्धारका लागि पहल गरिरहेको गुरूङले बताए । पछिल्लो समय नेपाली कामदारले खाडी मुलुकमा सम्झौताअनुसारको काम र तलब पाएका छैनन् । यसै कारण साउदी अबरको विकल्पमा कतार जानेको संख्या बढ्दो छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment