Wednesday, February 22, 2017

बिरामी वा आफन्तले डाक्टरलाई सोध्नैपर्ने ४५ प्रश्न

परीक्षण वा तपाईंलाई दिने सुझावले आफ्नो स्वास्थ्यको बारेमा स्पष्ट हुन सघाउँछ । राम्रो उपचारको आशा गर्ने हो भने डाक्टरकहाँ जानुअघि के सोध्ने र के नसोध्ने भन्ने विषयमा पहिल्यै प्रष्ट हुनुपर्छ । चिकित्सकलाई प्रश्न सोध्ने र त्यसबारेमा जानाकारी लिने भन्नुको अर्थ आफ्ना लागि उपयुक्त स्वास्थ्य सम्बन्धि निर्णय लिएको बुझिन्छ ।
आफूले सेवन गरिरहेको औषधीको नाम सम्झनुहुन्न भने लेखेर चिकित्सककहाँ जानु राम्रो हुन्छ । यदि त्यो पनि सम्भव नभए खोलसहित औषधीको नमूना लैजाँदा उत्तम हुन्छ । आफ्नो स्वास्थ्य बारे जानकारी लिने र राम्रो उपचार पाउने हो भने निम्न कुरा सोध्नुहोस् ।
स्वास्थ्य समस्याबारे
तपार्इंलाई भइरहेको अवस्थालाई चिकित्सकीय भाषमा के भनिन्छ । यसलाई अन्य कुनै नामले पनि चिनिन्छ कि ?


यो लेखेरै दिनुहोस् न ?
अवस्था कत्तिको गम्भीर छ ?
के कारणले यस्तो समस्या भयो ?
यो रोग अन्य मानिसलाई सर्छ कि सर्दैन ?
उपचार आवश्यक छ कि छैन ? यदि छ भने कस्तो उपचार गर्ने ?
मैले अन्य कुनै चिकित्सक वा विशेषज्ञलाई देखाउन जरुरी छ कि ?

मेरो तर्फबाट कुनै सुधार गर्न आवश्यक छ कि ?
यो रोग कति समय रहला ?
उपचार प्रक्रियाबारे
उपचार अन्तर्गत विभिन्न विषय पर्छन् । जस्तैः औषधी, उपचार विधि, जीवनशैली परिवर्तन (पोषण र व्यायाम), फिजियोथेरापी इत्यादि ।
यो उपचार कत्तिको प्रभावकारी छ ?
यसको कुनै खतरा वा साइड इफेक्ट छ कि छैन ?
यो अवस्थालाई उपचार गर्ने अन्य तरिका पो छन् कि ?
कति समय मैले यसको उपचार गर्नुपर्छ ?
उपचार नगरे के हुन्छ ?
उपचार खर्च कति लाग्छ ?
उपचारमा कुनै छुट हुन्छ कि हुँदैन ?
औषधीबारे
यो औषधी मलाई किन आवश्यक छ ?
यो औषधी कति समय खान आवश्यक छ ?
यो औषधी खाँदा कुनै साइड इफेक्ट हुन्छ कि ?
यदि मैले कुनै साइड इफेक्ट महशुस गरे के गर्ने ?
यसको विकल्पमा अन्य कुनै औषधी पो छन् कि ?
यो औषधी नखाए मलाई के हुन्छ ? स्वास्थ्य अवस्था झन् जटिल हुन्छ कि ?
यो औषधी मैले कतिखेर खाने?
खानासँग खाने कि पानीसँग ?
औषधी खाँदा के खान वा पिउन हुँदैन ?

औषधीलाई कहाँ राख्न सकिन्छ ?
यदि औषधी पसलले भिन्न ब्रान्डको उही औषधी दियो भने खान हुन्छ कि हुँदैन ?
नियमित डोज खान बिर्सें भने के हून्छ ?
गर्भवती अवस्थामा यो औषधी कसरी खाने ?
औषधीलाई कति पर्छ ?

परीक्षणबारे
तपाईलाई विभिन्न परीक्षण आवश्यक हुन सक्छ । जस्तै रगत, पिसाब, एक्सरे, स्क्यान इत्यादि । कुनै परीक्षण निकै सामान्य हुन्छन् भने केही जटिल हुन्छन् । परीक्षणबारे निम्न प्रश्न गर्न सकिन्छ ?

केका लागि परीक्षण गर्ने
कसरी परीक्षण गर्ने ?
कहिले–कहिले परीक्षण गर्ने ?
परीक्षण गर्दा के फाइदा हुन्छ ?
कुनै वैकल्पिक परीक्षण पो छन् कि ?
परीक्षणको परिणाम कत्तिको सत्यतथ्य हुन्छ ?
सकरात्मक परिणाम आयो भने के हुन्छ ?
नकरात्मक परिणमले के हुन्छ ?
यो परीक्षणले रोग थाहा पाउन सहयोग गर्छ ?
परीक्षण अगाडि नियम पालना (भोकै बस्ने वा ग्लुकोजा खाने) गर्नु आवश्यक छ कि ?
परीक्षणको खर्च कति लाग्छ ?
कति–कति समयमा मैले परीक्षण गर्न आवश्यक छ ?
परीक्षणको परिणाम कहिले आउँछ (केही घन्टा, दिन, साता इत्यादि) ?

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment