Tuesday, February 21, 2017

अर्को वर्ष माघमा १ दिन मात्रै विवाह गर्न मिल्ने ! (विवाह र ब्रतबन्धको लगन सूचिसहित)



काठमाडौं, फागुन ११ – अर्को वर्ष माघमा विवाहको तयारी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, यसवर्ष जस्तो अर्को वर्षको माघमा लगन धेरै छैन । शुक्र उदाउने र अस्ताउने समय परेकाले अर्को वर्ष माघमा २४ गते मात्रै विवाहको लगन भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यो वर्षको माघमा भने ८ दिन विवाहको लगन जुरेको थियो ।
‘बृहस्पति र शुक्र उदाउने र अस्ताउने समयले विवाहलाई असर पार्ने भएकाले यस्तोबेला लगन जुर्दैन’ समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार ०७४ मा बृहस्पति अशोज २५ गते उदाएर कात्तिक २० मा अस्ताउँछ भने शुक्र मंसिर २९ गते अस्ताएर माघ १८ मा अस्ताउँछ ।
०७४ सालमा विवाहको लगन यस्तो छ :


वैशाख – २, ५, १७, २३, २४, २५, २६, २८ र २९ गते
जेठ – १, २, ७, ८, १९, २०, २१, २२, २३, २४ र २५ गते ।
असार – ३, ४, ५, १५, १६, १७, १८ र २५ गते ।
माघ – २४ गते ।
फागुन – ६, ११, १२, १९, २०, २२, २८ र २९ गते ।
यसैगरी ब्रतबन्धको लागि वैशाख १७, २२ र २९, फागुन ६, १३ र २० तथा चैत ५ र १९ गते लगन जुरेको नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment