मोर्चाको बन्दका कारण तराईका विभिन्न जिल्ला भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । औद्योगिक कलकारखाना, बजार र शैक्षिक संस्था समेत ठप्प छ ।
तराईका भित्री सडकमा मोटरसाईकल र साना सवारी साधन फाट्टफुट्ट चलेको जनाइएको छ । सम्भावित झडपलाई मध्यनजर गर्दै मुख्य मुख्य शहरका चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको गृहमन्त्रालयले जनाएको छ ।
संविधान संशोधनपछि मात्रै निर्वाचनमिति घोषणा गर्नेबारे मोर्चासंग भएको सहमति सरकारले उल्लंघन गरेको भन्दै विरोधमा तराई आज बन्द आव्हान गरिएको मोर्चाले जनाएको छ ।
मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लामा बन्द आव्हान गरेको उल्लेख गरेको छ ।
पहिलो दिन आज तराई बन्द र भोलिदेखि १५ दिनसम्मका लागि भण्डाफोर कार्यक्रम तय गरिएको मोर्चाले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment