Tuesday, February 21, 2017

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप : बामदेव गौतम घेराउमा


जनकपुधाम : मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका छन् ।
मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका छन्।


सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो। जनकपुरको ब्रह्मपुरीस्थित महासेठको घर अगाडिबाट र्याली अगाडि बढ्दै गर्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित भएको अध्यक्ष सिंहले जानकारी दिए।
झडपको क्रममा मोर्चाका राजु साह र कुलदीप साहको खुट्टा भाँचिएको छ। एमालेका पनि केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ।
मोर्चाका नेताले हाल वामदेव गौतम बसेको महासेठको घर घेराउ गरेका छन् भने प्रहरीको व्यापक उपस्थितिपछि झडपलाई नियन्त्रणमा लिइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment