Tuesday, February 21, 2017

कालो रङगको खाना जसले तपाईँको छालालाई गोरो बनाउँछ



एजेन्सी । केहि काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाईदाजनक हुन्छन् । डाईटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ ।

कालो चना : 

यसमा एन्टीअक्सिडेन्ट हुनुका साथै फाईबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउदछ ।

कालो नुन : 

कालो नुनमा आईरन तथा क्याल्सियम पाईन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरि हड्डी बलीयो बनाउदछ ।

कालो तिल : 
यसमा पोटासियम र फाईवर पाईन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाईदा पुर्याउछ ।

ब्ल्याक कफि : 
यसमा शरिरभित्र रहेको विकार हटाउने तत्व पाईन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ ।

कालो अंगुर : 
यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाईन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ ।

डार्क चकलेट : 
डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाईदा पुर्याउछ । डार्क चकलेटमा फ्लेवोनाईट्स तत्व अत्याधिक मात्रामा पाईने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउछ ।

कालो मरिच : 
यसमा प्रोटिन प्रशस्त मात्रामा पाईन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलीयो बनाउछ ।



कालो चिया : 
कालो चियामा अमिनो एसिड र एन्टीएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलीदिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment