Friday, March 10, 2017

आजको खेला कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो


काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा हुने नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन् ।

कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो। बर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेल सुरु गर्ने तयारी गरिएको छ। किर्तिपुर खेल मैदान दर्शकले खचाखच भरिएको छ।

निर्धारित समयमा खेल सुरु हुन नसकेपछि ५० ओभरको खेललाई ३८ ओभरमा झारिएको छ।


एकाबिहानै काठमाडौं गोङ्गबुमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड

काठमाडौं। २८ फागुन । शनिबार विहानै भारतीय नम्बरप्लेटको गाडीमाथि तोडफोड भएको छ । काठमाडौंको गोङ्गबुमा एचपी ६४५०६६ नम्बरको भारतीय गाडी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेको आशंका गरिएको छ ।

सेतो रङको स्कोरपिओमा पछाडी र अगाडीबाट ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।  फुटाइएको गाडीमा नेपालको नक्सा आकारको चित्र समेत देख्न सकिन्छ ।



त्यस्तै गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दको क्रममा दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका उषा किरण आजाद र सन्तोष खड्कालाई प्रहरीले गिरफतार गरेको जनाइएको छ ।

त्यस्तै हिजो पनि थानकोट नागढुङ्गा सडक खण्ड अन्तर्गत भारतीय नम्बर प्लेटको गाडीमा अज्ञात समुहले आगजनी गरेको थियो ।

बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन पर्याप्त गुडेका छैनन्। निजी सवारीसाधनको आवातजावत सामान्य रहेको प्रहरीले जनाएको छ। बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यस्तै फलफूल बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ४०–४४२४ नम्बरको मिनी ट्रकमा शुक्रबार राति तुलसीपुरको रानीघाट खोलामा आगजनी भएको छ ।

अज्ञात समूह आगजनी गरेर भागेको र उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

कुन स्थानीय तहको केन्द्र कहाँ ? (सूचीसहित)

स्थानीय चुनावको तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ ।


बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्‍याएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक-एक स्थानीय तह थपिएको छ ।

६ नम्बर प्रदेशमा उपमहानगर शून्य

प्रदेश नम्बर २ मा एक उपमहानगर थपिएको छ । तर, स्थानीय तहको संख्या ७१९ बाट ७४४ बनाउँदा पनि प्रदेश नम्बर ६ भने महानगर र उपमहानगरविहीन नै भएको छ ।
तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले संशोधन गरेको स्थानीय तहलाई सरकारलु शुक्रबारबाट कार्यान्वयन गरेको छ ।

अब ४ महानगर भएका छन् । काठमाडौंका साथै ललितपुर, भरतपुर र पोखरा महागर भएका छन् ।

यस्तै १३ उपमहागर भएका छन् । जसमध्ये प्रदेश नम्बर २ र ५ मा चार चार उपमहानगर परेका छन् । प्रदेश २ मा जनकपुर, वीरगञ्ज, कलैया र सिमरा जीतपुर उपमहागर बन्दा प्रदेश ५ मा पर्ने नेपालगञ्ज, बुटबल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगर बनेका छन् ।

प्रदेश नम्बर १ मा पनि विराटनगर, इटहरी र धरान गरी तीन वटा उपमहागरपालिका परेको छ । प्रदेश नम्बर ३ मा हेटौंडा र प्रदेश नम्बर ७ मा धनगढी उपमहानगरपालिका बनेका छन् । तर, प्रदेश नम्बर ६ मा न त महानगरपालिका नै छ, न उपमहानगरपालिका नै परेको छ ।

२४७ नगरपालिका, ४८० गाउँपालिका

नयाँ संरचना अनुसार देशभर २४७ नगरपालिका बन्ने भएको छ । धेरै प्रदेश नम्बर १ मा पर्नेछ । त्यहाँ ४६ नगरपालिका परेको छ । प्रदेश न. २ मा ४४, ३ मा ४०, ४/५ मा समान २९ नगरपालिका बन्नेछ । प्रदेश नम्बर ६ मा २५ र प्रदेश नम्बर ७ मा ३४ नगरपालिका परेको छ ।

यस्तै ७४४ स्थानीय सरकार मध्ये ४८० गाउँपालिका छन् । जसमा प्रदेश १ देखि ७ सम्म क्रमशः ८८, ७९, ७५, ६२, ६६, ५७ र ५३ गाउँपालिका छन् ।

कुन स्थानीय तहको केन्द्र कहाँ पर्‍यो त ?

आजको राशीफल : वि.सं. २०७३ साल फागुन २८ गते। शनिवार।

वि.सं. २०७३ साल फागुन २८ गते। शनिवार। इश्वी सन् २०१७ मार्च ११ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्दशी, २०:१० बजेउप्रान्त पूर्णिमा

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको आशिर्वाद तथा परिवारजनाको सहयोगले अप्ठ्यारा परिस्थिति सुल्झाउन सकिनेछ। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। हडबडले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। नयाँ व्यवसायमा लगानी गर्न समय पर्खनुहोला। मिहिनेत गर्दा धन आर्जन हुनेछ। आर्जित रकम सञ्चय भने नहुन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बोलीको गलत अर्थ लाग्नाले अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। व्यर्थैमा काम रोकिने सम्भावना छ। व्यापारमा लाभांश कममात्र प्राप्त हुने देखिन्छ। विगतको श्रमबाट भने फाइदै हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। वादविवादले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहनुहोला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
भेटघाटमा अलमलिनाले आँटेको काममा बाधा पुग्नेछ। काममा चिताएको फाइदा उठाउन नसकिएला। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले मात्र आफ्ना कमजोरी औंल्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त होला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
महत्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। जोखिमपूर्ण काममा जुट्नुपर्ने स्थिति आउन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनले विवाद निम्त्याउन सक्छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। तर उपहारका लागि खर्च गर्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने साधन जोड्ने समय छ। विवादबाट टाढै बस्नुहोला। सोचेजति लाभ नमिल्न सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अनायासै अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कञ्चनपुर घटना संयुक्त राष्ट्रसंघ पुग्यो, महासचिवलाई जानकारी


नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भएको गोलीकाण्ड र गोविन्द गौतमको हत्याप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ ।

संगठनका अध्यक्ष नरेश भण्डारीसहितको प्रतिनिधि मण्डलले राष्ट्रसंघका महासचिवलाई सम्बोधन गर्दै नेपालमाथि भएको भारतीय हस्तक्षेपको श्रृखंलामा उक्त घटना थपिएको हुँदा सार्वभौम राष्ट्रको अस्तित्व रक्षाका लागि यस्ता प्रकारका हस्तक्षेपलाई अविलम्ब रोक्न भन्दै राष्ट्रसंघको नेपालस्थित कार्यालयमा पुगेर पत्रसहित ध्यानाकर्षण गराएका हुन् ।

यसअघि सो संगठनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी भारतीय राजदूतावासमार्फत विरोध पत्र दिएको छ । सो संगठनको एक प्रतिनिधि मण्डलले लैनचौरस्थित भारतीय दूतावासमा पुगी विरोध पत्र दर्ज गराएको सो संगठनका केन्द्रीय सदस्य भरत शर्माले जानकारी दिएका छन् ।

संगठनको आकस्मिक बैठकले राष्ट्रसंघमार्फत घटनाको अन्तर्राष्ट्रियकरण तथा दूतावासमार्फत मोदीलाई विरोध पत्र बुझाउने निर्णय गरेको थियो ।

जब ससुराले नै बनाए छोरा–बुहारीको ‘ब्लू फिल्म’ भिडियो सहित

भारतको मध्य प्रदेशको इन्दौरमा सम्बन्धमाथि प्रश्न तेर्साउने एउटा घटना सार्वजनिक भएको छ । २८ वर्षीया एक विवाहित महिलाले आफ्ना ससूरामाथि अन्तंरंग पलहरुलाई कैद गरेको आरोप लगाएकी छिन् ।

उनका ससूराले उनको बेडरुममा क्यामरा लगाएर उनीहरुको भिडियो कैद गरेको र उक्त भिडियोलाई पोर्न साइटमा हालिदिने धम्की दिएर आफूमाथि ब्ल्यकमेल गरेको उनले आरोप लगाएकी छिन् ।

घटना इन्दौर शहरको बिजलपुर इलाकाको हो । पुलिसका अनुसार सन् २०१६ मार्च २० तारिखमा पीडिता दिपा (परिवर्तित नाम) को कम्प्युटर एवं सफ्टवेयर इन्जिनियरसँग विवाह भएको थियो । विवाहको केही समय पछि नै उनका श्रीमानका परिवारले प्रताडित गर्न थालेको उनले बताइन् । पीडितालाई विश्वास गर्ने हो भने उनलाई उनका सासू–ससुराले कुटपिट गर्ने गरेको र सम्बन्धविच्छेदको लागि धम्की दिने गर्दथे ।

दिपा भन्छिन्, ‘प्रताडनाको हद त्यतिबेला पार भयो जब मेरा ससुराले बेडरुमको ढोका बन्द गर्न रोक लगाए ।’ दिपाका ससुराले ‘मसँग तेरो अश्लिल भिडियो छ । भिडियोलाई पोर्न साइटमा भाइरल गरिदिन्छु’ भनी धम्की दिने गरेको उनले पुलिसलाई जानकारी दिइन् । त्यसपछि नै आफूलाई बेडरुममा ससूराले हिडन क्यामरा राखेको जानकारी भएको बताइन् ।

भाषा परिक्षा पास भएपनि कोरिया जान पाईंदैन । अाखिर किन ?

काठमाडौं, फागुन २७– दक्षिण कोरियाको रोजगारी पछिल्लो समय धेरैको रोजाईमा पर्न थालेको छ । कोरियामा सामान्य कामदारको पनि कमाई अन्य देशमा भन्दा बढि हुने भएकाले रोजाईमा परेको हो ।

तर यहाँ जानका लागि त्यति सजिलो छैन । भाषा परिक्षा उतिर्ण गर्नुपर्छ भने अन्य थुपै्र चरण र प्रक्रिया छन् । तर कोरियाको रोजगारीमा जानेले म्यानपावर तथा दलालबाट ठगीने संभावना हुँदैन किनकि, कोरियामा सरकार आफैंले कामदार पठाउँछ । कोरियामा काम गर्न जानका लागि निश्चित कोटा निर्धारण गरिएको हुन्छ । तर भाषा परिक्षा दिनेको संख्या ठुलो छ ।

यस वर्ष ३ हजार १ सय नेपाली कोरिया जान पाउँछन् । तर भाषा परिक्षा पास गर्नेको संख्या त्यो भन्दा धेरै छ । उनीहरु सबै कोरिया जान पाउँदैनन् ।

याे अवस्थामा जान पाईंदैन
१) कोरियन भाषा परीक्षाका आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम, थर, जन्म मिति) निजको राहदानीको भन्दा फरक परेमा भाषा परीक्षामा उत्तीर्ण भए पनि कोरिया प्रवेशमा रोक लगाइनेछ । परीक्षा दिन आउँदा एचअारडी बाट प्राप्त विवरणमा आफ्नो नाम, थर, जन्ममिति आदि विवरण त्रुटीपुर्ण देखिएमा परीक्षा हल भित्रै सच्याउन सकिनेछ ।

२) कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने ग्यारेण्टी भने होइन । कोरियन भाषा परीक्षामा उत्तीर्ण भएतापनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्ट प्रतिकूल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरेका व्यक्तिहरु कोरियामा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।

३) गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय र नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र वमोजिम नेपाली कामदारहरुलाई कोरिया पठाउने कानुनी अधिकार वैदेशिक रोजगार विभागलाई मात्र हुनेछ ।इपिएस भाषा परिक्षा उत्तीर्ण भई सम्भाब्य कामदारको सूचीमा नियम बमोजिम सूचीकृत भएका व्यक्तिहरुलाई मात्र कोरियाका रोजगारदाताहरुले रोजगारी दिनेछन् ।

४) इपिएस अन्तर्गत रोजगार प्रकृयामा वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखा कार्यालय बाहेक कुनै पनि निजी संघ/संस्था, शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता हुँदैन । कसैले कोरिया पठाइदिन्छु भनेमा विश्वास गर्नुहोस् ठगीमा पर्न सक्नुहुन्छ ।