Tuesday, February 28, 2017

Why women are more attracted to men


I have not been in many relationships, but the ones I have always been looked like Be a mixture of good and bad. I am sure that I am not the only guy in the world who has found himself in the same situation; Whenever I am in a relationship, for whatever reason, they seem to have even better luck with women in general.

 I used to think it was the universe that had a good laugh. Now, however, I have realized that it has nothing to do with the universe. It's the women. There is nothing more appealing to a woman than a handsome man in a committed relationship. It is the strangest phenomenon, one that has proven to be true again and again. Why exactly would a woman choose to seek and seduce a man taken, though? Why would not he go look for a guy who is, let's say, single? If you take a look at the reason behind it, it actually makes perfect sense. There are actually several very good reasons that are psychologically ingrained and connected with human nature itself.

Bike Lift lead to R@ape


On foreign exchange markets, the goods are the exchange rates of various countries, and each currency has a price. Banks carry out FX transactions for settlements between counterparts from different countries for interstate payments, speculative operations, etc. Quotes are in perpetual motion and react to many trading, economic and other indicators, interest rates, bank operations, the time of day and the preferences and expectations of traders.
At one time FOREX was unavailable to ordinary people, since in order to access it people needed to have large sums on hand (about $1 million). However, owing to the development of the Internet and brokers, today almost anyone can become a trader. EXNESS opens access to FOREX trading to every trader in the world, regardless of his/her professional level and deposit volume. Client transactions are executed over the easy-to-use Meta Trader 4 trading platform. With Meta Trader 4, every trader can receive quotes in real-time mode from market participants, such as banks and the largest stock exchanges. The terminal presents graphics on current changes in prices for every currency. Traders simply enter the Personal Area to buy or sell the chosen currency using their

Neplease Workes in Malesiya


Peace must for expansion and promotion of industry: leader Nembang

 Deputy leader of CPN (UML) Parliamentary Party, Subas Chandra Nembang, has said that continuity should be given to Birat Expo for the promotion of agriculture and industrial sector.


 Speaking at the concluding ceremony of the Birat Expo here on Tuesday, he pointed out the need of establishing peace and creating convenient environment for the expansion of industry and business.
On a different note, leader Nembang said unity as shown in course of the constitution promulgation was necessary among political parties for constitution implementation.

He said that although initiatives were taken to address the dissatisfaction of the Madhes-based parties, but in vain, saying there was no alternative to election.
On the occasion, Nembang gave away best organisation awards in the expo to three organisations in cottage, agriculture and industry sectors. The expo was organised by the Morang Industry Association. RSS

Dewar Bhauju Social Awareness Sh0rt Movie

Nepali short Movie New Vauju for social awarness is uploaded in youtube.
One Relative came in the family of a couple living in urban areas. Husband go office everyday and wife stay at home. The Relative which is young boy watch every entimate secene of couple and then watch what happens.

खुकरीले हानेर पछि ढुंगाले थिचेर श्रीमतीको हत्या



गुल्मी, फागुन १७ – गुल्मीको ईश्मा रजस्थल-१ थापाचौरमा ५९ वर्षका यमबहादुर खत्रीले घरमा बसिरहेका बेला ४५ वर्षकी श्रीमती कमला खत्रीलाई खुकरी हानेर, ढुंगाले थिचेर हत्या गरेका छन् ।

दुई श्रीमती भएका उनले कान्छी श्रीमतीलाई खुकुरीले हानेर पछि ढुंगाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले बताउनु भएको छ ।

खुकुरी प्रहारबाट लक्ष्मीको घटनास्थलमै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा आगोसमेत लगाएको स्थानीय बासिन्दाले बताएका छन् । दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

दुई श्रीमतीहरु मध्ये जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरि आठ सन्तानहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई मंगलबार अपरान्ह घटनास्थलबाट पक्राउ गरेको छ ।

Monday, February 27, 2017

रविन्द्र मिश्रले भनेः राजनीतिमा होमिन बीबीसी छाडेको छु (विज्ञप्तिसहित)

 काठमाडौं, १७ फागुन। बीबीसी नेपाली सेवामा कार्यरत चर्चित पत्रकार रविन्द्र मिश्रले जागिर छाडेर राजनीतिमा होमिने निर्णय लिएका छन्।


मिश्रको विज्ञप्तिः

रबिन्द्र मिश्रले पनि बनाउने भए नयाँ पार्टी

काठमाडौं – चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् ।

मिश्र नयाँ पार्टी स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेका हुन् ।

२ वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो । डा. बावुराम भट्टाराईसँग मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो । तर मिश्रलगाएत केही ब्यक्ति उक्त पार्टीमा लागेनन् ।

मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौडेल तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगाएत मिलेर नयाँ पार्टी गठनको तयारी गरेका थिए । तर, पौडेल चीनको राजदुत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो । अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोत बताउँछ ।

जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमाल समेत उनले छलफल गरेका छन् । पूर्वप्रशासक तथा साहित्यकारहरुलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन् । सुशासन र देश विकासको भिजनसहितको घोषणापत्रहरु समेत तयार भइसकेको बातइन्छ ।आजको दृष्टि साप्ताहिकमा खबर छ ।

घिउ, दाल, चामल र गुन्द्रुक बोकेर बाबुराम भट्टराई हवाइजहाज चढे


एसएलसीको नतिजापछि बाबुराम भट्टराई विज्ञान पढ्न काठमाडौं आए । नेपाली विषयमा एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याएकाले मदन पुरस्कार गुठीले पुरस्कृत गर्यो । त्यतिबेला प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुने सबै बिद्यार्थीको लक्ष्य डाक्टर, इन्जिनियर बन्ने हुन्थ्यो । बाबुराम पनि त्यसबाट अछूतो रहेनन् ।

त्यतिबेला गोरखामा मोटरबाटो पुगेको थिएन, पालुङटारमा विमानसथल भनेको बनेको थियो । अमृत साइन्स क्याम्पसमा पढ्ने लक्ष्य बोकेर उनी पालुङटार विमानस्थलबाट जहाज चढे । हवाइजहाजको भाडा ४४ रुपैयाँ थियो । दुई सय रुपैयाँ नगद, चामल, घिउ, दाल र गुन्द्रुक बोकेर काठमाडौँ आए बाबुराम । गाउँकै चिनजानका व्यक्तिकोमा पहिलो रात बित्यो । दोस्रो दिन उनी जेठाबाको छोरासँगै ठमेलको सडकछेउमै खोजेको डेरामा बसे । तर, त्यहाँको धूलो–धूवाँ र गाडीको हरदम कर्कश आवाजले बाबुरामलाई त्यहाँ बसन टिक्न दिएन । दोस्रो दिन नैं सरस्वती क्याम्पसअगाडीपट्टिको घरमा ५० रुपैयाँ मासिक भाडा तिर्ने गरी कोठमा भेटे र सरिहाले । डेरा सरिसकेपछि उनले थाहा पाए, त्यो त कवि लेखनाथ पौड्यालको घर रहेछ । भनिन्छ, हरेक मान्छे जीवनमा दुईचोटी कवि बन्छ । वयस्क र बृद्ध अवस्थामा । बाबुराम कवि त बनेनन् तर लेखनाथ पौड्यालको घरमा बस्ने थालेपछि उनमा साहित्यप्रतिको रुचि भने बढेर गयो । उनले त्यहाँ बस्दा साहित्यिक पुस्तक खुब पढे । लेखनाथको भैतिकर शरीर परलोक भइसकेको भए पनि उनको त्यस घरले बाबुरामलाई दिएको प्रेरणा उच्चस्तरको रह्यो । हरेक विषय र क्षेत्रका पुस्तक पढ्न रुचाउने बाबुराम सबै विषयमा उत्कृष्ट थिए ।

सबै विषयमा उत्कृष्ट अङ्क प्राप्त गरेर आईएस्सीमा पनि उनी प्रथम भए । सहर र गाउँबीच उहिलेदेखि नै ठूलो खाडल छ । एक त सहरका त्यसमाथि अङ्ग्रेजी विद्यालयमा पढेकाहरुले गाउँका सरकारी विद्यालयमा पढेर आएकालाई हेप्नु सामान्य थियो । तडक भडक देखाउने, अङ्ग्रेजीमा बोल्ने, गाउँबाट आएकालाई हेप्ने सहरिया प्रवृत्ति थियो । अहिले पनि त्यो समस्या छ । कहाँको सेन्ट जेभियर्समा पढेर आएका सहरिया सम्भ्रान्त वर्गका छोराछोरी, कहाँ खोप्लाङे बाबुराम रु बाबुराम पनि त्यो विभेदको सिकार बने । तर, जब आईएस्सीमा अङ्ग्रेजी विषयमा सर्वोत्कृष्ट र सामान्य परिणाममा सबैलाई उछिने, उनलाई हेर्ने विद्यार्थी दृष्टिकोणमा पनि बदलियो । पत्रकार अनिल थापाले लेखेको पुस्तक ‘अविराम बाबुराम’को एक अंश०

अब, बुबाआमाको लालनपालनमा आम्दानीको १० प्रतिशत खर्च गर्नैपर्ने

१७ फागुन, काठमाडौं ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिकको संरक्षणमा सन्तानले आर्जनको कम्तीमा १० प्रतिशत रकम अनिवार्य रुपमा खर्च गर्नुपर्नेसहितका नीति लागु गर्ने कार्ययोजना अघि सारेका छन् ।

मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्ना कार्ययोजना ज्येष्ठ नागरिकको अधिकार र महिलाको स्वास्थ्य सुधारमा केन्द्रित रहेको जानकारी गराए ।

उनले आफूलाई साना छदा हुर्काउने र शिक्षादिक्षा दिने आमाबाबुका लागि सन्तानले आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशत रकम खर्चनुपर्ने नीतिगत व्यवस्था गरिने बताए । ‘आफ्नो अभिभावकको लालनपालनमा छोरा र बुहारी जिम्मेवार हुनैपर्छ, अविवाहित छोरीको हकमा समेत यो नीति लागू हुन्छ’ उनले भने । आजको कान्तिपुर दैनिकमा खवर छ ।

‘लुट २’ ले चार दिनमा कमायो ५ करोड ८९ लाख



काठमाडौं – गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।

सोमबार साँझसम्म काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका थिए।

पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो। शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्माता नरेन्द्र महर्जनले गरेको छन्।


शनिबार फिल्मले १ करोड ६६ लाखको कलेक्सन गरेको उनले जानकारी दिए। तुलनात्मक रुपमा आइतबार भने ७३ लाख कलेक्सन गरेर फिल्मले केही फितलो व्यापार गरेको थियो।

सोमबार साँझसम्म फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका छन्। सोमबार काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। ‘लुट २’लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्।

अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, प्रवीण खतिवडा, कर्मा शाक्य लगायतले फिल्ममा अभिनय गरेका छन्।

हलिउड-बलिउड फिल्मभन्दा राम्रो कमाइ

शुक्रबार नै रिलिज भएका हलिउड फिल्म ‘जोन विक च्याप्टर २’ र बलिउड फिल्म ‘रंगून’को कमाइ लुट २ को तुलनामा निकै फितलो देखिएको छ। ‘लुट २’ राजधानीका २२ र राजधानीबाहिर ८० हलमा चलिरहेको छ। त्यस्तै ‘जोन विक च्याप्टर २’ क्युएफएक्स अन्तर्गतका हलहरुमा छ भने छ भने फिल्म ‘रंगून’ राजधानीबाहिर २७ वटा हलसहित ४० वटामा चलिरहेको छ।

पहिलो साताको कमाई आधा–आधा

नेपालभर सञ्चालनमा रहेको मल्टिप्लेक्स हलहरुमा फिल्म रिलिज भएको पहिलो हप्ता उठाएको रकम फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत वितरण गर्ने नियम छ।

त्यस्तै दोस्रो हप्तामा भने फिल्म युनिट कलेक्सनको ४० प्रतिशत र तेस्रो हप्ताबाट कलेक्सनको ३७ प्रतिशत फिल्म युनिटले पाउँछन्। यता सिंगल थियटरमा भने फिल्म रिलिजको दिनदेखि हलबाट उत्रँदासम्मको कलेक्सन फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत बाँड्ने परम्परा छ।

कोरियाले कामदारको कोटा बढायो : १० हजार नेपाली लैजाने

काठमाडौं , इपीएस अन्तर्गत तीन महिनापछि हुने भाषा परिक्षाबाट १० हजार नेपालीलाई रोजगारीका लागि छनोट गर्ने  छ । आगामी जेठमा सञ्चालन गरिने आठौं भाषा परीक्षामार्फत उत्कृष्ट भएका १० हजार युवायुवतीलाई कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको हो ।

भाषा परिक्षा पास गर्ने कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो संख्या गत बर्षको तुलनामा तेब्बर हो ।

गत बर्षको भाषा परिक्षामा सामेल भएका ६० हजारमध्ये ३ हजार ५ लाई मात्र रोजगारीका लागि छनोट गरेकोमा यो पटक भाषा परिक्षामा सो संख्या भन्दा तीन गुणा बढी कामदार लैजाने कोरियाको योजना छ ।

कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ। भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन्। फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए। अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ।कारोबारमा खबर छ ।

परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ। फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने शाखाले जनाएको छ।

फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो। यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए। शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए।

Sunday, February 26, 2017

सुनको भाउ घट्यो




काठमाण्डौ,१६ फागुन। आज सुनको भाउ घटेको छ । सुन आज तोलामा १ सयले घटेर ५६ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउमा आज कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

घर जग्गा ब्यवसायी दिन दिनै सङ्कटमा – काठमाडौँ पछी पोखरा, चितवन र भक्तपुरमा पनि मूल्य घट्यो (स्थलगत रिपोर्ट सहित)



काठमाडौं । एक महिना देखी घर जग्गाको भित्री रहस्य पत्ता लगाउने उद्देश्यले हामी रिपोर्टिङमा निस्केका छौं ।

हामी हाम्रा पाठकलाई नठगिनुस भन्न चाहन्छौ । मालपोत कार्यालय भक्तपुर रजिस्ट्रेसन फाँटबाट हुने जग्गा सम्बन्धि कारोबार वा लिखतको संख्या पछिल्लो समय अघिल्लो तीन महिनाको तुलनामा दोब्बरले कम भएको छ । उपत्यकामा घरजग्गाको मुल्य ६० प्रतिशतसम्म घटे पनि कारोबारमा सुधार आउन सकेको छैन् । मुल्य घटेपछि कारोबार बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको हो । कारण अझै मुल्यमा गिरावट आउछ कि भन्ने नै हो ।


उपत्यकाका पाँच मालपोत कार्यालयहरुका अनुसार फागुनमा ८ करोड ५९ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ । यो वर्षकै सबैभन्दा कम अर्थात ६० प्रतिशत कमी हो । गत बर्षको शुरुवाती समयमै पाँच मालपोत कार्यालयहरुले ३६ करोड ४५ लाख रुपैयाँ राजश्व उठाएका थिए । ‘मुल्यमा कमी आएपछि कारोबार बढ्नुपर्ने थियो, तर त्यसो हुन सकेन्,’ घरजग्गा व्यवसायी सुमन न्यौपानेले भने, ‘पैसा हुनेहरु अझै भाउँ घट्न सक्ने अनुमान गरी बसेकाले कारोबारमा सुधार नआएको हो ।’

विगतमा बैंक तथा वित्तिय संस्थाले घरजग्गामा ९६ अर्ब रुपैयाँ लगानी गरेपछि कारोबार उच्च भएको थियो । तर, राष्ट्र बैंकले गत वर्ष पुसदेखि घरजग्गामा लगानी निरुत्साहित गरेपछि कारोबार घट्न सुरु भएको थियो । यो १÷२ बर्षसम्म जाने देखिन्छ । ६ महिना अघिसम्म भक्तपुरको राधे–राधे आसपासमा १५ लाख रुपैयाँ प्रति आनाको दरले जग्गा किनबेच भएको थियो ।

अहिले त्यहाँको भाउँ घटेर ७ लाख सम्म झरेको छ । त्यस्तै चाकाथली बिरुवा, बिरौटा दुवाकोट, दधिकोट सानोठिमी भित्री भाग लगायत क्षेत्रमा ६ महिना अघिसम्म आनाको जग्गा ७ देखी १० लाख सम्ममा किनबेच हुन्थ्यो । अहिले ३ देखी ७ लाख सम्ममा भेटिने गरेको छ । काठमाडौं र आसपासका क्षेत्रमा जग्गाको मूल्य घटेको यी केही उदाहरण मात्र हुन् ।

बैकले कर्जा ठप्प पारेसँगै व्यवसायीहरुको व्यवसाय चौपट भएको छ । बैंकको यो नियमले साना टुक्रा किन्ने क्रेतालाई भने मनग्य फाईदाँ हुने देखिन्छ । अब ४ महिना यही अवस्था रहे २० लाखमा ५ आना जग्गा २० फुट रोडमा सजिलै पाउने देखिन्छ । हामीले फिल्डमा गएर रिपोर्ट गर्दा यो २ महिनामा जग्गा किन्ने मान्छे एकदमै कम देखिएका छन् । कारण जग्गाको मुल्य निरन्तर ओरालो लाग्नु नै हो ।

अहिले केही समयदेखि ओरालो लागेको जग्गा कतिसम्म ओरालो लाग्छ अन्तिम सम्म कुर्ने ब्यतिहरु प्रशस्तै भेटिएका छन् । अहिले यहाँको जग्गाको भाउँ तीव्र गतिमा दिन दिनै झर्दै छ । यसले कम आयस्रोत हुने व्यक्तिलाई बसोबासका लागि सामान्य घडेरी जुटाउनका लागि भने मनग्य फाइदा हुने देखिन्छ ।

पछिल्लो समय जग्गाको भाउँ निकै नै तीव्र रुपमा घटेको जग्गा व्यवसायी बताउँछन् । नाम नबताउँने एकजना प्लटिङ ब्यबसायी भन्छन्, ‘पछिल्लो २ महिना देखी जग्गाको भाउँ अचाक्ली घटेको छ हामीले प्लटिङ गरेको जग्गा कौडिको मुल्य बराबर हुने देखिन्छ बैंकले ब्याज बढाएर ५ प्रतिशतमा लिएको पैसाको व्याज अहिले १८ प्रतिशत सम्म पुगिसकेको छ । अब हामीलाई सरकारले कसरी बचाउँछ ? न लिएको बैना फिर्ता दिन सकिन्छ न जग्गाको मुल्य भनेको जस्तो आउँछ, दोहोरो मार खाएका छौ ।’ अर्का भक्तपुरका एकजना ब्यबासायी भन्छन्, ‘पछिल्लो दुई वर्षमा कतिपय ठाउँको जग्गाको भाउँ ४ सय प्रतिशतभन्दा धेरै बढेको थियो, यसले लगानीलाई जोखिममा पार्ने डर व्यवसायीमा पलाउन थालेको थियो नभन्दै डुबिहालियो ।’ ‘जग्गाको भाउँ घटेको देख्दा हामी नै डराउन थालेका छौं । लगभग किनबेच ठप्प छ भन्दा नि फरक पर्दैन ।’ उनका अनुसार राष्ट्र बैंकले केही वर्ष अघिसम्म जग्गामा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई केही खुकुलो बनाइदिएको थियो ।

ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी भन्छन्, ‘जग्गा मूल्यको ८० प्रतिशतसम्म वित्तीय संस्थाले लगानी गर्न सक्नेमा अहिले घटाउँदै ५ प्रतिशतमा झारेकोले यस्तो भएको हो ।’ ‘वित्तीय संस्थाले बढीमा ५० प्रतिशत मात्र लगानी गर्न पाउँछन् । तर पनि ग्राहकले पैसा जुटाएका छन् । वित्तीय संस्थालाई कम जोखिममा पार्न राष्ट्र बैंकले केही कडाई गरेकाले कारोबार घटेको देखिन्छ’ उनले भने ।

बैंकको लगानी घटे पनि व्यक्तिले रकम जुटाएर काम भने गरेको देखिन्छ । जग्गाको मूल्य घट्दा वित्तीय संस्था, सरकार र व्यक्ति नै धराशयी हुने खतरा बढेको उनले बताए । ‘जनताले लगानी गर्ने ठाउँ पाएका थिएनन् जग्गामा लगानी गरेका छन्, अब पैसा तिर्न सक्दैनन् अनि जग्गा लिलाम गरेको साँवा उठाउनु भन्दा अर्को बिकल्प बैंकसँग छैन् । उत्पादनशील क्षेत्रमा लगानी गर्न नपाएपछि घरजग्गामा लगानी गरेका हुन् ।’ घरजग्गाको लगानी सुरक्षित क्षेत्र होइन,’ अधिकारीले भने, ‘सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । अहिलेको लगानी उत्पादनशील क्षेत्रको साटो अनुत्पादक क्षेत्रमा बढी छ ।’ बैंक तथा वित्तीय संस्थाले कर्जाको १० प्रतिशत रियल स्टेटमा लगानी गर्नुपर्ने नियम बदलेर सीमा घटाउनुपर्ने अधिकारीको सुझाव छ । ‘१० प्रतिशतको बाध्यकारी लगानी घटाउने हो भने जोखिम कम हुन्छ । यसबाट वित्तीय संस्था जोगिन सक्छन्, नत्र अन्तिम पटकका लगानीकर्ता बढी जोखिममा पर्दछन,’ उनले भने । राजनीतिक दलमा आर्थिक क्षेत्रका विज्ञ कम हुँदा यो समस्या बढेको अधिकारी बताउँछन् । ‘राजनीतिक दलका नेताहरुले राजनीतिक मुद्दालाई आर्थिक क्षेत्रमा परिवर्तन गर्न सकेनन् । आर्थिक क्षेत्र दलको प्राथमिकतामा परेन् । यसले हाम्रो अर्थतन्त्रलाई कुनै पनि बेला जोखिममा पार्न सक्छ, उनले भने, ‘आर्थिक स्थिरता नहुनु नै मुल समस्या हो ।’

जग्गामा बढी लगानी गर्दा आर्थिक क्षेत्रमा जोखिम बढाउने अर्थशास्त्रका प्राध्यापक लेखनाथ भट्टराई बताउँछन् । ‘जग्गाको लगानीले उत्पादन बढाउँदैन, एकातिरको रकम अर्कोतिर ट्रान्सफर हुने मात्र हो, उनले भने, ‘यसले वित्तीय क्षेत्र समस्यामा पार्न सक्छ ।’ वित्तीय संस्था जोगाउन राष्ट्र बैंकले घरजग्गामा लगानी कम गर्न भने पनि नघटेको उनी बताउँछन् । ‘जग्गा किनबेच गर्न कहाँको पैसा उपयोग गरेका छन् भन्ने मात्र हो । अहिले रेमिटेन्सले साथ दिएर हो, भट्टराईले भने, ‘जहाँको जग्गा जसरी पनि बेच्न थालेर यो अवस्था आएको छ । यसले अप्ठेरो पारेको हो । जथाभावी जग्गा प्लटिङ गरेर बेच्दा समस्या छ ।’

जग्गाको कारोबार बढ्दा आर्थिक गतिविधिमा तोडमोडको त्रास हुने उनी बताउँछन्। ‘अहिले धेरैले जग्गामा जुवा खेलेका छन्, उनले भने, ‘यो जोखिम हो । घरजग्गा कारोबारलाई बढी खुला गर्नु राम्रो होइन । जग्गा किनबेच बढाउनु राम्रो होइन । अहिले यसैले जोखिम निम्त्याएको छ ।’ वास्तवमा जग्गाको मूल्य सम्बन्धित ठाउँमा सिर्जना भएको व्यावसायिक वातावरण र प्रतिफलको सम्भावनाका आधारमा नै तय हुनुपर्ने हो, जसलाई भौतिक, सामाजिक तथा शहरी पूर्वाधारको सुविधाले निर्देशित गर्छ । तर, अहिले उपत्यकाका चक्रपथभन्दा ७–८ किलोमिटर बाहिर राम्रो मोटरेबल बाटोसमेत नभएका क्षेत्रमा पनि जग्गा छोइनसक्नु महँगो गरेकाले ब्यबसायी धरापमा परेका हुन् ।

रातारात जग्गाको मूल्य मनलाग्दी बढाइयो, तर बैकले ऋण प्रबाह बन्द गर्दा सबै पलटिङवालाहरुको सातो गएको छ । राता/रात धनी हुने उद्देश्य बोकेका ब्यबसायी अहिले घरबाट बहिर निस्कन छाडेका छन् । यती सम्मकी बैना दिएकाहरु पनि सँग सँगै आतिएका छन् । न बैना फिर्ता आउँछ न त बैना लिने मान्छे भेटिन्छ ? भक्तपुरका बिराज भट्ट ६ महिना देखी दलालीको फन्दामा परेका छ उनी भन्छन्, ‘विश्वासले १० लाख दिए १ महिनामा ४ आना जग्गा पास गरिदिन्छु भन्यो अहिले न जग्गा न पैसा ! उनी त एक प्रतिनिधि पात्र मात्र हुन । यसरी ठगिने थुप्रै छन् । यसले काठमाडौंमा जग्गा वास्तवमै आवश्यक नै भएका जनसंख्याको आकार ठूलो रहेको समेत प्रस्ट्याउँछ ।

जग्गाको सीमितका बाबजुद मागको यो चापलाई मनलाग्दी मोल राखेर रातारात धन कमाउने अवसरमा बदल्न खोज्दा यो हबिगत भएको हो । अर्कोतर्फ जग्गाको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योग–व्यवसायका लागि समेत प्रतिकूल वातावरण सिर्जना गर्दै छ । निजीक्षेत्रबाट कुनै पनि किसिमका परियोजना ल्याउन चाहेर पनि जग्गाको मूल्यकै कारण पछि हटेका नेपाली व्यवसायी थुप्रै छन् । कुनै स्थानमा परियोजना प्रस्ताव मात्र भएको सुइँको पाए रातारात अकुत कमाउने लालसाले भूमाफिया सक्रिय भइसकेका हुन्छन् । यसले कुल परियोजना लागतको ६० देखि ७० प्रतिशत खर्च जग्गामै हुने स्थिति आएको व्यवसायीहरुको भनाई छ ।

पोहोरको भूकम्पपछि सुरक्षित भवन निर्माणका लागि मापदण्डमा विभिन्न शीर्षकमा छोड्नुपर्ने जग्गाको हिस्सा बढाइएको छ । खण्डीकरण रोक्न २ आनाभन्दा कम जग्गा किनबेच गर्न पनि रोक लगाइएको छ । यसले पनि आफैले जग्गा किनेर घर बनाउँछु भन्ने समूहलाई साँघुरो बनाएको छ । किनकी, जग्गाको मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिबीच मध्यम आयवर्गले यो हैसियत गुमाउँदै गएका थिए तर उनीहरुका पनि दिन आएका एकजना चिया ब्यापारी बताउँछन । जग्गाको मूल्यवृद्धिको यो प्रवृत्तिले एकातर्फ कालान्तरमा घरजग्गामा पहुँच बनाउन सक्ने जनसंख्याको सीमित घेरा सिर्जना गर्दै लगेको छ भने अर्कोतर्फ शहरी क्षेत्रको आर्थिक सम्भावनालाई पनि कस्दै लगेको छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ । किनकि, अहिले पनि नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी) मा शहरी क्षेत्रको योगदान करिब ३५ प्रतिशत छ । सोआसपासका क्षेत्रहरुको समेत जोड्ने हो भने यिनले देशको समग्र अर्थतन्त्रको करिब ६५ प्रतिशत धानेका छन् ।

संसारका सन्तुलित अर्थतन्त्र भएका मुलुकमा पनि हुने यही नै हो, शहरी क्षेत्रको औद्योगिक–व्यापारिक क्रियाकलाप अर्थतन्त्रको मेरुदण्ड रहेका हुन्छन् । ग्रामीण क्षेत्रले कृषि अर्थतन्त्र बोक्नुपर्छ । जग्गाको अनियन्त्रित मूल्यवृद्धिले उर्वर खेतीयोग्य जमीन पुरेर प्लटिङ गर्न प्रोत्साहित गरिरहेको छ । देशको आर्थिक स्वास्थ्य र समृद्धिका लागि शहरी र ग्रामीण अर्थतन्त्रको सन्तुलन अपरिहार्य छ । यसका लागि जग्गाको मूल्यवृद्धि स्वाभाविक रहनुपर्छ । त्यसैले, यसको मूल्य नियन्त्रणका लागि सरकारले ठोस प्राविधिक तथा नीतिगत संयन्त्र ल्याउनु नितान्त आवश्यक भइसकेको छ । भुमाफियाको चलखेल जग्गा तथा निजी स्वामित्वका जग्गा तथा जमिन हडप्न मालपोत बैंक/वित्तीय संस्थाका कर्मचारी र भूमाफिया संगठित रुपमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यसविरुद्ध अप्रेशन थालेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नापी विभाग तथा बैंक/बित्तीय संस्थासँग समन्वय गरेर ब्यूरोले देशभर सक्रिय भूमाफियाको सञ्जाल भत्काउन अग्रसरता देखाएको हो ।

यसका लागि ब्यूरो देशभरका सरकारी, सार्वजनिक तथा गुठीका जग्गाको विवरणदेखी धितो राखेर कर्जा प्रवाह गरिएको शंकास्पद कारोबारसम्मको अभिलेख संकलनमा जुटेको छ । ब्यूरोका निर्देशक डीआइजी नवराज सिलवालका अनुसार सार्वजनिक, गुठी तथा व्यक्तिका नाममा रहेका जग्गा हडप्न मालपोत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र भू–माफियाबीच मिलेमतो हुने गरेको छ ।


मालपोतका कर्मचारी र गिरोहले कागजात किर्ते गरेर सार्वजनिक तथा निजी जग्गा हडप्ने र उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा झिक्ने गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । “निजी, सार्वजनिक, सरकारी तथा गुठीका जग्गा हडप्न माफियाले त्रिकोणात्मक सञ्जाल विस्तार गरेको अनुसन्धानले देखाउँछ,” व्यूरो प्रमुख सिलवालले भने, “अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणले यसमा भू–माफिया, मालपोतका कर्मचारी र कर्जा विभागका कार्यरत बैंकका अधिकारीबीचको मिलेमतो विना यस्तो ठगी अघि बढाउँन सम्भव नै हुदैन ।” दलालले मालपोत र नापी कार्यालयमार्फत व्यक्ति तथा सार्वजनिक जग्गाको विवरण पाएपछि नक्कली लालपुर्जा, नागरिकता, नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका महत्वपूर्ण कागजात तयार पार्छन् ।

गिरोहको उक्त सेटिङलाई नापी र मालपोत कार्यालयका कर्मचारीले साथ दिँदै आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । नक्कली कागजात तयार भएपछि मालपोतका कर्मचारीले माफियाकै योजनामा नक्कली जग्गाधनी खडा गर्ने र त्यसपछि बैंकमा धितो राखेर कर्जा निकाल्ने र बिक्री गर्ने गर्छन् । त्यसक्रममा नाता प्रमाणीकरण, जन्मरमृत्युदर्ता, नक्कली पति–पत्नीको विवाह दर्ता प्रमाणपत्र, अपरिचित जग्गाधनीका लालपुर्जा फोटोकपी लगायतका गाविस सचिवदेखी मालपोतका कर्मचारी सम्मको मिलेमतो देखिएको व्यूरोको दाबी छ ।
श्रोत : सझापेज 

मधेशकै युवा लेख्छन् – हाम्रै मैथिली र भोजपुरीलाई हत्या गरेर हिन्दी भाषा किन चाहियो ?

– सन्जीव झा
दशकौंदेखि नेपाली जनताको चाहना, आफ्नो संविधान आफै बनाउँ भन्ने इच्छा पूरा भएपछि संविधानसभाका ९० प्रतिशत सदस्यको समर्थनले २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । संविधान जारी भएपछि अबको मुल कार्यभार संविधान कार्यान्वयन हो । संविधान कार्यान्वयनका लागि देश तिनै तहका निर्वाचन २०७४ माघ ७ गतेसम्म सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता हो । तर, शक्ति केन्द्रको खराब मनसाय र नाम मधेशको र स्वार्थ आफ्नो पूरा गर्न चाहने मधेशी मोर्चाको फोहोरी राजनीतिका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले छापामार शैलीमा मंसिर १४ गते राति करिब ११ बजेतिर संविधान संशोधन दर्ता गर्यो ।

मधेशमा हिन्दी कोही पनि बोल्दैन । मधेशी मोर्चाका नेता संसद र आमसभामा मात्रै हिन्दी बोल्छन् । आफ्नै भूगोल, क्षेत्रमा जाँदा त्यही मैथली, भोजपुरी, अवधी र थरुहट भाषा बोल्छन् । हाम्रै मैथली, भोजपुरी लगायतका मौलिक भाषालाई हत्या गरेर हिन्दी भाषा ल्याउनुपर्ने कारण के ?

संविधान आफैमा गतिशिल दस्तावेज हो । आवश्यकता र औचित्यको आधारमा यो संशोधन भइरहने हो । तर, प्रचण्ड सरकारले ल्याएको संविधान संशोधनको आवश्यकता र औचित्य न संसदसामु न देश सामु पुष्टि गर्न सकेका छन् । सारमा हेर्दा बहुलोकप्रिय एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न मधेशी मोर्चा र शक्ति केन्द्रसँग गरेको तमसुकको कार्यान्वयन गरे जस्तो मात्र हो । जसले सरकार टिकाउन त मद्दत गर्छ तर, देशलाई खाल्डोमा लिन्छ ।

यो संविधान संशोधन क्रमशः यस कारण राष्ट्रघाती हो:

१. सरकारद्वारा ल्याइएको संविधानको धारा ६ मा संशोधनः नेपाल सरकारको भाषा आयोगको सिफारिसमा सबै मातृभाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गरिने छ ।

२. धारा ७ मा संशोधनः संविधानको धारा ७ को उपधारा २ पछि २ (क) थपिएको छ । जसमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले कामकाजको भाषा भनी निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचीमा समाबेश गर्नेछ ।

भाषा सम्बन्धि संशोधन
भाषा सम्बन्धि यो संशोधन किन ल्याएको हो भने बुझ्नै सकिएन । जारी भएको नेपालको संविधानमा नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा हुन् भनेर उल्लेख छ । र, प्रदेशमा सबैभन्दा बढी बोलिने कुनै दुई भाषालाई कामकाजको भाषा बनाउन सकिने व्यवस्था छ ।

मधेशकै कुरा गर्ने हो भने त्यहाँ बोलिने मैथली, भोजपुरी, अवधी र थरुहट भाषा संविधानको व्यवस्थाअनुसार नेपालको राष्ट्रिय भाषा हो । यी सबै भाषा नेपालको भाषिक अनुसूचीमा छन् । यस्ता कुन भाषा राख्न छुट्यो, जसकारण सत्ता पक्ष र उसको पृष्ठपोषक बेचैन भए ? खास कुरा हिन्दी भाषाको हो । मधेशमा हिन्दी कोही पनि बोल्दैन । मधेशी मोर्चाका नेता संसद र आमसभामा मात्रै हिन्दी बोल्छन् । आफ्नै भूगोल, क्षेत्रमा जाँदा त्यही मैथली, भोजपुरी, अवधी र थरुहट भाषा बोल्छन् । हिन्दी मित्र राष्ट्र भारतको राष्ट्रिय भाषा हो । हाम्रै मैथली, भोजपुरी लगायतका मौलिक भाषालाई हत्या गरेर हिन्दी भाषा ल्याउनुपर्ने कारण के ? संविधानको दफा ६ मा संशोधन गरेर हिन्दीलाई राष्ट्रिय भाषाको अनुसूचीमा राख्ने र दफा ७ को २ (क) संशोधन गरि हिन्दी भाषालाई कामकाजको भाषा बनाउने यो संशोधनको नियत हो ।


भारतमै बहुसंख्यक नेपाली भाषीहरु छन्, तर पनि त्यहाँ नेपाली भाषालाई कामकाजको भाषा बनाइएको छैन । तर, नेपालमा मधेशी मोर्चाका नेता बाहेक त्यो पनि विशेष समयमा हिन्दी बोल्छन्, त्यसबाहेक कोही पनि बोल्दैनन् । अनि हिन्दी भाषालाई किन राष्ट्रिय भाषा बनाउनुप¥यो ।

नागरिकता सम्बन्धि संशोधन
संविधानको धारा ११ मा नागरिकता सम्बन्धि संशोधन ल्याइएको छ । संविधानमा अहिले पनि नेपाली पुरुषसँग विहे गरेको विदेशी महिलाले बैवाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था छ । तर, नेपालको सांसद, मन्त्री लगायतका पदमा जान पाँच वर्ष कुर्नुपर्ने व्यवस्था छ । तर, अहिले ल्याएको संशोधनले विहान, विहे गर्नुहोस्, १० बजे जिल्ला प्रशासनमा गएर नागरिकता लिनुहोस्, १२ बजे सांसद बन्नुहोस् र २ बजे मन्त्रीको सपथग्रहण गर्नुहोस् भन्ने व्यवस्था गर्न खोजिएको छ ।

मलाई भन्नुहोस्, पहिलो कुरा मधेशको रैथाने धर्तीपुत्री (छोरी)को अधिकार काटेर अंगिकृत बुहारीलाई दिन मिल्छ ? त्यसमा पनि त्यही हाम्रो नेपालकी छोरी भारतमा विहे गरेपछि नागरिकता लिन सात वर्ष कुर्नुपर्छ । त्यसमापनि मधेशमै हेर्ने हो भने धेरै कम संख्यामा विदेशी बुहारी भित्र्याएका छन् । र, अहिले झन–झन कम हुँदै गएका छन् । नेपालको कुनै प्रमुख पद नेपालको छोरीको पहिलो अधिकार हो ।

अहिले नै हेर्दा सर्लाहीका नेपालीकी छोरी नगिनादेवी बिहारमा विहे गरिन् र बथनाहा क्षेत्रबाट दुईपटक विधायक बनिन् । तर, त्यहाँका केही मानिसले उनी नेपाली हुन् भनेर मुद्दा हाले । जो समाचारको विषय पनि बनेका थिए । हालसम्म उनी मुद्दा लड्दै छिन् । यस्ता व्यवहार नेपालका छोरीसँग छिमेकी राष्ट्रमा हुन्छ । नागरिकता त्यसैपनि देशको सुरक्षासंग जोडिएको विषय हो ।

देशलाई सिक्किमीकरण र फिजिकरण गर्न यस किसिमका छोरीका अधिकार काटी बुहारीको नाउँमा आफ्ना अधिकांश जनतालाई नेपाली नागरिक बनाउन कसैको विशेष स्वार्थमा यो नागरिकता सम्बन्धि संशोधन ल्याइएको हो ।

राष्ट्रियसभा सम्बन्धि
संविधानको दफा ८६ मा संशोधन गरेर जनसंख्याको आधारमा राष्ट्रिसभाको सदस्य निर्वाचित हुने व्यवस्था ल्याइएको छ । राष्ट्रिय सभाका सदस्य भनेको जनप्रतिनिधि होइन् । यसलाई अंग्रेजीमा पनि ‘हाउस अफ लर्ड’ भनिन्छ । अर्थात, ‘काउन्सिल अफ स्टेट’ भनिन्छ ।

जसरी तल्लो सदनको प्रत्यक्ष जिम्मेवारी जनतासंग जोडिएको हुन्छ भने राष्ट्रिय सभाका सदस्यहरुको जिम्मेवारी प्रदेशसंग जोडिएको हुन्छ ।
यो यसकारण बनाइन्छ, केन्द्रीय सरकारले कुनैपनि नीति नियम पास गर्दा सबै प्रदेशमा पनि लागू हुन्छ । जनतासँग प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाबाट कुनै विषय पास गर्छ भने त्यो प्रदेशको प्रतिनिधिको रुपमा राष्ट्रय सभाले पास गर्नुपर्छ । राष्ट्रिय सभा प्रदेशको प्रतिनिधि भएको हिसाबले सबै प्रदेशलाई संविधानले बराबरी आठ जना सदस्य निर्वाचित हुने गरि व्यवस्था गरिएको छ ।

त्यसैले यो जनसंख्याको आधारमा हुन सक्दैन । एउटालाई बढी अधिकार र एउटालाई कम गर्न सकिँदैन । एउटै बाबुका छोरा एक जना दलित र एक जना बाहुन हुन सक्दैन । केही द्वन्द्व उद्यमी र धेरै जान्ने मधेशी मोर्चाका नेताहरु राष्ट्रिय सभालाई पनि भारतको व्यवस्था अनुसार उदाहरण दिन्छन् । तर, म उहाँसंग प्रश्न गर्छु, भारतमा संघीयता हो कि संघहरुको राष्ट्र हो ? अलि अध्ययन गर्न हार्दिक अनुरोध गर्दै विभिन्न राज्यहरुलाई सरदार पटेल र जहवाहरलाल नेहरुको नेतृत्वमा विभिन्न राज्यहरुलाई मिलाई भारत बनाएको थियो ।

तर, नेपालमा नेपालको सम्बृद्धि, विकास र तल्लो तहसम्म अधिकार पु¥याउनका लागि यस संविधानमा स्थानीय तह र संघीयताको व्यवस्था गरिएको छ ।

सीमांकन सम्बन्धि संशोधन
संविधानको अनुसूची ४ मा नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दियालाई पहाडबाट छुट्टयाई ५ नम्बर प्रदेशमा गाभ्न यो संशोधन ल्याइएको हो । भावनात्मक रुपमा आन्दोलन २ नम्बर प्रदेशमा भएको थियो । र, करिब ६० जना जतिले आन्दोलनमा साहदत प्राप्त गरे । मेरो पहिलो प्रश्न, ५ नम्बर प्रदेश संशोधन गरेर २ नम्बर प्रदेशका सहिदका परिवार र जनताले के पाउँछन् ? नेपाल भौगालिक परनिर्भता र विविध संस्कृतिबीचको एकताको देश हो । तराईमा कृषि खाद्यन्न छ भने पहाडमा खरखनिज, वनजंगल र हिमालमा जडिबुटी लगायत विभिन्न स्रोत छन् ।

एउटा व्यक्ति वा एउटा प्रदेशलाई सम्बृद्ध हुनको लागि तराई, पहाड र हिमालका सबै स्रोत साधान चाहिन्छ । मधेशी मोर्चाले पटक–पटक मधेशको छट्टै प्रदेशको माग गर्छन् । तर, उनीहरुलाई नै छुट्टै मधेश प्रदेश बनाएर तपाई मधेशको जनतालाई कसरी सम्बृद्ध पार्नुहु्न्छ ? सोध्दाखेरी मुखारविन्दुबाट एउटा शब्द पनि निस्किँदैन ।

उपेन्द्र यादव भन्छन्, मधेश प्रदेश जानकी मन्दिरको भेटीले चल्दैन । अनि किन चाहिन्छ, तपाईंलाई छुट्टै मधेश प्रदेश ? छुट्टै मधेश प्रदेश मधेशी जनताको माग पनि होइन । यो संशोधनको विरुद्ध केही घण्टामै जसरी के मधेशी, के पहाडी र के हिमाली एकैपटक एकसाथ लाखौंको संख्यामा बुटवलमा ओर्ले, त्यसले पनि जनताको चाहना के हो भन्ने पुष्टि गर्छ ।

यो संशोधनको अन्तरंग कुरा के हो भने नेहरु डक्ट्रिनका अनुसार नेपालका तराई भूभाग भारतमा मिसाउनुनै हो । सिके राउतका पछिल्ला गतिविधि हेर्दा र उसलाई समर्थन गर्ने अनुहारहरु हेर्दा यो कुराको पुष्टि पनि हुन्छ । दातालाई खुशी पार्न देश र जनतालाई दुःख दिन सकिँदैन । भागको राजनीति गर्नेहरु भविष्यप्रति चिन्तित हुँदैनन् । सारमा हेर्दा अहिलेको संविधाने संशोधन राष्ट्रघाती हो ।

लेखक युवा संघ नेपालका सचिवालय सदस्य हुन् ।

पशुपतिमा जोगीहरु नागिंदा पुजा गर्ने,मैले कलाकारिता देखाउदा चाही किन गाली? :रिया श्रेष्ठ


काठमाडौँ : बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन । उनि भन्छिन धर्मको नाममा पशुपति क्षेत्रमा जोगी साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पुजा गर्दै शिर निहुराएर ढोग्न र आशिर्बाद लिन तछाड मछाड गर्न हुने तर हामी कलाकारहरुले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने र नराम्रो बनाउने ।


रिया थप्छिन बिस्वको कलाकारिता ईतिहासमा कहाँ कुन ठाउमा चाहि हट एण्ड सेक्सी डान्स नभएको छ ? एउटा पोर्न स्टार नेपाल आउदा फ़ाईब स्टार होटलमा स्वागत सत्कार र मान मर्यादा दिन सक्ने नेपली समाज मैले नृत्य गर्दा किन नकारात्मक सोच्छ । हामीले कलाकारितालाई सुन्दर रुपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरुको टाउको दुखाइ हुने ? यस्तै यस्तै गुनासो पोख्दै उनि भन्छिन मैले त्यस्तो नराम्रो गरे जस्तो लाग्दैन मात्र आफ्नो ब्यबसायिक कलाकारितालाई सुन्दरमा प्रस्तुत गरेको मात्र हो ।


लामो समयको संघर्ष पछि आफुलाई नृत्य, अभिनयमा पोख्त बनाइ यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तिन दर्जन भन्दा बेसी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरुमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरि सकेकी छिन ।
मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउन र एक दिन उचाइमा पुग्न उनि अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन ।

काठमाडौँकि स्थाई बासिन्दा रिया आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त रिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो । उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । नायिका रिया श्रेष्ठ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि रिया आफुलाई सुहाउने रोल आएमा सधै चलचित्र र म्युजिक भिडियोमा खेल्ने र खेल्दै आएको कुरा उनि बताउछिन ।
देश विदेशका कार्यक्रमहरुमा ब्यस्त रहदै आएकी रिया सानै उमेर देखि मोडलिङमा र नायिका बन्ने रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ र उनि एक कुशल नृत्य गर्ने खुबी भएकी नायिका पनि हुन रिया श्रेष्ठ । अभिनयलाइ पनि अझ आफुलाइ अब्बल दर्जामा राख्न उनि दिनरात कोसिशरत छिन । रिया श्रेष्ठ भन्छिन, सिने जगत र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।हाम्रो तर्फ़ बाट पनि उनीलाई सफलताको शुभकामना ।

मोबाइल मर्मत गरेरै मासिक पचास हजार कमाउँछन् श्रेष्ठ



उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक ५० हजार आम्दानी गर्दै आएका छन्।

इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतारेका हुन्। उनले आफ्नो घरमै इलेक्ट्रोनिक पसल सञ्चालन गरेका छन्। पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठले बताए। “नेपालमै मनग्य आम्दानी गर्न सकिने सम्भावना छ, आफ्नो पढाइप्रतिको असन्तुष्टिका कारण दिनहुँ युवा विदेशीने गरेका छन् ।”, उनले भने  पाँच वर्षअघि मैले आठ हजार लगानी गरी यो पसल सञ्चालन गरेको हूँ ।”

आठ हजारमा पसल सञ्चालन गरेका श्रेष्टको अहिले पाँच लाख बराबरको सम्पति छ। सुरुमा उनको पसलमा थोरै ग्राहक आउने गरे पनि चित्त बुझ्दो काम गरेपछि अहिले श्रेष्ठलाई काममा भ्याइनभ्याइ छ। ‘काम गरे पुँजी सङ्कलन हुँदैजान्छ, लगानीको खासै समस्या हुन्न’ उनले भने।

“पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु” श्रेष्ठले भने। पसलमा आउने ग्राहकलाई उनी प्राविधिक पढ्न सल्लाह दिने गर्छन्। आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गराइरहेका छन्। इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना छ।

हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफैले बनाउन थालेका छन्। नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका उनले नेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताउँछन्।

आज यो वर्षको अन्तिम सूर्य ग्रहणः गर्भवती महिलाले यी कुरामा ध्यान दिनुहोस्

 आज यो वर्षको अन्तिम सूर्य ग्रहणः गर्भवती महिलाले यी कुरामा ध्यान दिनुहोस्
आइतबार सूर्य ग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा सुरु हुने सूर्य ग्रहण राती १० बजेर १६ मिनेटसम्म रहन्छ । यो नेपालमा आशिंक रुपमा देखिनेछ भने दक्षिण अमेरिका, दक्षिण अफ्रिका, प्रशान्त, अटलान्टिक र हिन्द महासागरमा पूर्ण रुपमा देखिनेछ ।

स्मरण रहोस्, सूर्यग्रहण एक खगोलीय घटना हो र यो घटना त्यतिबेला हुन्छ जब चन्द्रमा र सूर्य पृथ्वीको बिचबाटोमा आइपुग्छ ।

शास्त्रमा केही यस्ता कुराहरु बताइएका छन् जुन हामीले ग्रहणका बेला गर्नुहुँदैन । जुन यसप्रकार छन्ः

– ग्रहणको समयमा शरिरमा तेलले मालिस गर्नु हुँदैन । सूर्य ग्रहण बेला तेल मालिस गर्दा छाला सम्बन्धि रोग लाग्ने मान्यता छ ।



– ग्रहणका बेला गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । ग्रहणका बेला उनीहरु घरबाट निस्कनु हुँदैन र गर्भमा रहेको शिशुमाथि नराम्रो असर नपरोस् भन्नका लागि भगवानलाई सम्झनुपर्छ ।

– जब ग्रहण लाग्छ तब कुनै भगवानको प्रतिमालाई छुनु हुँदैन साथै, सुत्ने, खाना बनाउने, खाने आदि कामहरु गर्नुहुँदैन ।

– श्रीमान्, श्रीमतीले ग्रहणका बेला यौनसम्बन्ध स्थापित गर्नुहुँदैन । शास्त्रलाई मान्ने हो भने यतिबेला गर्भधारण गर्दा जन्मिने बच्चा नकारात्मक ऊर्जाले भरिपूर्ण हुन्छ ।

– ग्रहण लाग्नुपूर्व नै खाना खानुहोस् । त्यसपछि दुध दहि वा खानेकुरामा तुलसीको पात हाल्नुहोस् । यस्तो गर्दा खानेकुरामा ग्रहणको असर पर्दैन । ग्रहण सिद्धिएपछि घरको सर सफाइ गर्नुहोस् र आफू पनि नुहाउनुहोस् ।

वैज्ञानिक मान्यताः

सूर्य ग्रहणका बेला पृथ्वीको उत्तरी एवं दक्षिणी ध्रुव प्रभावित हुन्छ त्यसकारण यो अवधि नराम्रो मानिन्छ । सूर्यबाट अल्ट्राभोयलेट किरण निस्कन्छ जसले इन्जायम सिस्टमलाई प्रभावित गर्ने गर्दछ । त्यसकारण सूर्यग्रहणका बेला सावधानी अपनाउनु आवश्यक छ ।

कहिले हुन्छ अर्को ग्रहण ?

आज पछि दुई अन्य ग्रहण देखिनेछन् । यसमा एक चन्द्र ग्रहण हुनेछ भने दोस्रो सूर्य ग्रहण । आउँदो ७–८ अगस्टमा चन्द्रग्रहण हुँदैछ जसलाई युरोप, अफ्रिका, एशिया र अष्ट्रेलियामा देख्न सकिन्छ जबकी २१ अगस्टमा पूर्ण सूर्य ग्रहण लाग्नेछ । अर्थात्, आजको सूर्यग्रहण नै यस वर्षको अन्तिम सूर्य ग्रहण हुनेछ ।

फेरि नाकाबन्दी लगाउने राजेन्द्र,महन्थको विपक्षमा उभिए उपेन्द्र

स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मधेसी मोर्चाभित्र भने आन्दोलनको स्वरुपलाई लिएर विवाद भएको छ । स्रोतका अनुसार संविधान घोषणापछि जस्तै यसपटक पनि नाकाबन्दी गर्ने कि नगर्ने भन्नेमा मोर्चामा दुई धार देखिएको छ । सदभावना तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपमा अध्यक्ष महेन्द्र यादव सदभावना अध्यक्ष राजेन्द्र महतो फेरि नाकाबन्दी लगाउनुपर्ने पक्षमा छन् । तर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनील झा नाकाबन्दी गर्न नहुने पक्षमा रहेको स्रोतको भनाई छ ।


नाकाबन्दीले शासकहरुलाई भन्दा आमजनतालाई कष्ट हुने भएकाले नाकाबन्दी गर्न नहुने उनीहरुको तर्क छ । तत्कालका लागि भने मोर्चा भित्र सरकारी कार्यालय कब्जा गर्ने योजना बनेको छ । सरकारलाई एक पैसा पनि कर आउन नदिने गरी मोर्चाले आफ्नो कार्यक्रम तय गरेको छ । यस अगाडि केपी ओली नेतृत्वको सरकारले संविधान जारी गरेसँगै यस अगाडि   असोज २०७२ देखि करिब पाँच महिना लामो नाकाबन्दी लगाएको थियो ।  पछि ओली सरकार ढालेर प्रचण्ड नेतृत्वमा सरकार बनेसँगै उनीहरुले नाकाबन्दी खोलेका थिए ।

नगरकोटको होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेपछि…

भक्तपुर,१५ फागुन । भक्तपुरको एकहोटलबाट यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् ।


नगरकोट नगरपालिका ११ स्थित रातोभाले रेष्टुरेन्टमा यौन सम्बन्धमा लिप्त रहेका १४ जनालाई रंगे हात पक्राउ गरेको हो । अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

देख्नेजतिले १ शेयर गरौं ताकी चाँडोभन्दा चाँडोभन्दा समात्न सकियोस्


नानुमाया गैरे नाम गरेकी ३५ बर्षीया तनहुँ दमौली गलवेशीको साढेदुई तला भएको ढलान घर दुबई भएको पतिको असहमतिमा ६२ लाखमा विक्री गरी मिति २०७३ साल फाल्गुन ०९ गते बेलुकादेखि बेपत्ता भएकी हुनाले देख्नु वा भेट्नु हुनेले नजिकैको प्रहरी या तलको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।
९८१३४९३६५३


‘लुट २’ को आक्रामक व्यापार, २ दिनमै कमायो ३ करोड

काठमाडौं । दर्शकहरुले खासै उत्कृष्ट नभएको भनिरहेको बेला चलचित्र ‘लुट २’ ले देशभर आक्रामक व्यापार गरेको निर्माता माधव वाग्लेको दावी छ । उनी भन्छन्, ‘यो चलचित्रले छक्का–पञ्जा’ को रेकर्ड तोड्नेछ ।’
निर्माता वाग्लेका अनुसार ‘लुट २’ले देशभरका हलबाट २ दिनमा ३ करोड आसपासको व्यापार गरेको छ । यो चलचित्र हेर्नका लागि काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको घुँइचो लागेको छ ।

निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट २’ ले रिलिज भएकै दिन अर्थात शुक्रबार १ करोड ५२ लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ । ‘लुट २’ एक सय बढी हलहरुमा प्रदर्शन भैरहेको छ ।

‘लुट २’ अघि फिल्म ‘रेशम फिलिलि’ ले प्रदर्शनको पहिलो दिन, शुक्रबार करिब ८० लाखको व्यापार गरेको थियो । तर रेशम फिलिलिको उक्त ओनिङलाई ‘लुट २’ ले झण्डै दोब्बरले पछि पारेको छ ।

सौगात मल्ल, दयाहाङ राई, कर्म, विपिन कार्की, ऋचा शर्मा, सृजना सुब्बा, सुशिलराज पाण्डे, प्रतिकराज न्यौपानेको अभिनय रहेको फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्मलाई निर्माता वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

पहाड पल्टाउने डम्बरसिंहः अर्थात नेपाली ‘माउन्टेन मेन’

जब तपाई इलामको माइपोखरीबाट उत्तर-पश्चिमतर्फ मोडिनुहुनेछ, तपाईको आँखामा भारतीय फिल्म ‘माझीः द माउन्टेन मेन’ को सजीव दृश्य नाच्न थाल्छ । अथवा तपाईलाई याद आउँछ, चिनियाँ लोक उखानमा चर्चित ‘पहाड पल्टाउने मूर्ख बूढो’ को । भारतको विकट गाउँका ‘दशरथ माझी’ले २५ फुट अग्लो पहाड काटेर मोटरबाटो बनाए, पत्नी वियोगको पीडा भुल्न । चट्टाने पहरामा काम गरिरहेको माझीलाई खाना पुर्‍याउन गएकी गर्भवती पत्नी जब ढुंगामा चिप्लिएर ज्यान गुमाइन्, तब दशरथ माझी पहाड छेड्न तम्सिए । उनले निरन्तर २५ वर्ष त्यही ढुंगे पहरामा छिनो र हतौडा चलाइरहे । अन्ततः ३६० फुट लामो मोटरबाटो तयार भयो । यो मोटरबाटो नै माझीको विकट गाउँलाई शहरसँग जोड्ने सेतु बन्यो ।

शोकलाई शक्तिमा बदल्दै ९० वर्षीय हजुरबा

दशरथ माझीको यही जीवनगाथालाई फिल्मांकन गरिएको छ, माझी द माउन्टेन मेनमा । नवाजुद्दीन सिद्दीकी अभिनित यो सिनेमा हेरेपछि इलामका डम्बरसिंह सुनुवारको सम्झना ताजा बनेर आउँछ ।
चिनियाँ नेता माओले आफ्नो रचनामा ‘पहाड पल्टाउने मूर्ख बूढो’ लोकोक्तिको चर्चा गरेका थिए । एक वृद्धले निरन्तर पहाड खोस्रिइरहन्छन् ।



अचम्म लागेर मान्छेले सोध्छन्, यसरी साबेलले पहाड किन खोस्रेको ? वृद्धले जवाफ दिन्छन्- यो डाँडाले मेरो घरको घाम छेकेको हुनाले खनेको हुँ । जनमानसमा प्रश्न उठ्छ- यसरी खनेर पहाडलाई सम्याउन सकिन्छ त ? वृद्धको जवाफ आउँछ- म यसैगरी खनिरहन्छु, मेरा छोराहरुले खन्छन् । सन्तानहरुले खन्छन् । त्यसपछि एक दिन भगवानले सर्लक्कै यो पहाड उठाएर हटाइदिन्छन् ।

एक्लै पहाड पल्टाइरहेका डम्बरसिंहलाई देख्दा यस्तो लाग्छ- चिनियाँ नेता माओले उधृत गरेका ‘पहाड पल्टाउने मूर्ख बूढो’ यिनै हुन् ।

नेपाली ‘माउन्टेन मेन’



यो दृश्य इलाम जिल्लाको हो । ९० हिउँद खेपेको कुप्रो ज्यान । जो, पत्रे चट्टानमाथि छिनो र हथौडाले एकनास ठुंगिरहेको छ । तिनले छाड्दै गएको पदचापमा सुन्दर बाटो छ, सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार-आकृति छ । र, नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडो छ ।

यो बुकी फूल्ने रुखो डाँडाले अब कस्तो रुप धारण गर्ला ?

यसको खास आकृति केवल डम्बरसिंह सुनुवारको उर्बर मस्तिष्कमा मात्र छ । र, त्यसैलाई साकार रुप दिन हो, उनले रातदिन खटेको । भोक तीर्खा सहेको । चर्को घाम र कठ्यागि्रँदो चिसो झेलेको ।
तिनका खस्रा हातले पटक्कै विश्राम लिएका छैनन् । चाहुरिएर मुजा-मुजा परेको अनुहारमा थकानको कुनै संकेत देखिँदैन । यी बुढा दृढ छन्ः चट्टान फोरेर त्यसमा आफ्ना लालाबालाको आकृति कुँद्न । आफ्नै आँखाको सामुन्ने गोली लागेर रत्ताम्मे भई ढलेका सन्तानलाई उनी जीवन्त तुल्याउन चाहन्छन्, ढुंगामै भए पनि ।


इलामको माइपोखरीबाट देउराली बजारसम्म जाने एउटा सहायक बाटो छ, जसलाई पछ्याउँदै जाँदा डम्बरसिंह सुनुवार भेटिन्छन् ।

उनी या त चोयाले बनाइएको सानो झकमा माटो भर्दै बाटोको खाल्डा पुरिरहेका हुनेछन्, या धारिलो छिनोले ढुंगा चोइट्याइरहेको अवस्थामा भेटिनेछन् । या त झम्पल र साबेलले एक्लै डाँडो कोट्याइरहेका हुनेछन् । अथवा, मार्तोलको सहारामा पर्खाल ठड्याइरहेका हुनेछन् ।

बिहानको उज्यालो नपोखिँदै सुरु हुने डम्बरसिंहको यस्तो दिनचर्या साँझ साखेजुङमाथिको डाँडाबाट घाम नडुबेसम्म जारी रहन्छ । यो उनको पाँच दशक यताको नियमित दैनिकी हो ।

यो ५० वर्षको अवधिमा उनले एउटा सिंगो डाँडालाई कलात्मक रुप दिइसकेका छन् । कतै मन्दिर बनाएका छन्, कतै घुमाउरो बाटो । कतै ढुंगाको मूर्ति राखेका छन् । कतै शिलालेख छ ।

माइपोखरी-देउराली जोड्ने करिव तीन किलोमिटर बाटो उनैले खिपेका हुन्, जो लगभग डेढ मिटर चौडा छ ।

यही बाटोको मध्यतिर डम्बरसिंहको बासस्थान छ, चित्राले बारेको गोठजस्तो । त्यही अध्याँरो कटेरामा उनले रात गुजार्छन् ।

कटेराको पूर्वतिर एउटा मन्दिर छ, छानो हाल्न बाँकी रहेको । त्यससँगैको ढुंगामा दुई मानव आकृति छन्, ती डम्बरसिंहका दुई दिवंगत छोराछोरीको आकृति हो ।

बीचमा उनले एउटा बमको आकृति पनि कुँदेका छन्, टुईञ्च । ‘यही बम हो’ डम्बरसिंहले झर्को मान्दै सुनाए, ‘कहाँबाट उडेर आयो र आँगनमा खेलिरहेका छोराछोरीलाई लाग्यो । उनीहरु रगतको आहालमा छटपटाउन थाले ।’

यसो भनिरहँदा उनका भासिएको आँखा रसाउन पुग्छन् । ‘छोराछोरी मरेपछि विरक्त लाग्यो’ डम्बरसिंह थप्छन्, ‘अनि उनीहरुकै नाममा यी सब कामहरु गरें, गरिरहेको छु ।’

खाएको स्वाद छैन, लगाएको आनन्द छैन



जब नावालक छोराछोरी गुमाए, त्यहीबेलादेखि हो उनको जिब्रोले मीठो-मसिनोको स्वाद पाउन छाडेको । ‘के मीठो, के नमिठो’ डम्बरसिंह भन्छन्, ‘खाना खान बस्दा छोराछोरी सम्झेर मन नै अमिलो हुन्छ ।’

न उनी राम्रो लगाउँछन्, न रमाइलो गर्छन् । घुम्ने, डुल्ने, रमाइलो गर्ने केही इच्छा बाँकी छैन, उनीसँग ।

मैलोले कलेटी परेको एउटा कोट, फाटेको दौरा-सुरुवाल र ढाका टोपीले वर्षौंदेखि उनको आङ ढाकेको छ ।

साँझ कसरी छाक टार्ने भन्ने चिन्ता छैन, न लुगाफाटोको सौख नै । चार/पाँच गास भात एक छाक खान पाए उनलाई पुग्छ । त्यसैले त हो, उनी अविछिन्न आफ्नो कर्ममा लिन हुन सकेको ।

जिल्ला विकास समिति इलामले उनलाई बस्नका लागि घर बनाइदिएको छ । तर, डम्बरसिंह कटेरोमै बस्छन् ।

‘यहाँ सुतेका बेला छोराछोरीलाई सपनामा देख्छु’ डम्बरसिंह भन्छन्, ‘उनीहरु मसँग खेल्न आउँछन्, पोखरीमा गएर माछासँग खेल्छन् ।’

अनि पहाड खस्यो

पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिको कुनै लिनु-दिनु थिएन । तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । घटना थियो, २०१८ सालमा नेपाली कांग्रेसले चर्काएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को ।

सुवर्णशमसेरको कमान्डरमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो ।

डम्बरसिंहका १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममाया आँगनमा खेलिरहेका थिए । त्यहीबेला कतैबाट बत्तिएर आएको बम आँगनमा पड्कियो र आँखै अगाडि दुई छोराछोरीलाई क्षतबिक्षत बनाइदियो । २०१८ माघ २ गतेको यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो । ‘हामी छेवैको बारीमा काम गर्दै थियौं’ डम्बरसिंहले सम्झिए, ‘हेर्दाहेर्दै नानीहरु रगतपच्छे भएर ढले ।’

यसरी सन्तान गुमाउनुको पीडालाई उनले मनमा संगाल्न सकेनन् । अन्ततः ठूल-ठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत्त नावालक सन्तानको आकृति कुँद्न थाले । यो क्रम अझै जारी छ ।

सबै अधुरो रहला कि ?

 शरीर झन्-झन् कुप्रिँदै गएको छ । आँखा मधुरो हुँदै गएका छन् । हातगोडा चाँडै थाक्न थालेका छन् । खिइँदै गएको ज्यानमा तागत हराउँदै गएको छ । यतिबेला उनलाई कताकता डर लाग्छ, ‘कतै आफुले थालेको काम पूरा गर्न नसकिएला कि ?’

‘मन्दिरमा छानो हाल्न बाँकी छ, मूर्तिलाई रंग रोगन गर्न पाएकै छैन’ डम्बरसिंह सुनाउँछन्, ‘कतै कामै पूरा नगरी मरिने पो हो कि ?’

शोकलाई शक्तिमा


राजनीतिक दलहरुले भाषणमा दोहोर्‍याइरहन्छन्, ‘शोकमा शक्तिलाई बदल्नुपर्छ ।’ तर, कसरी ? उनीहरुसँग जवाफ छैन । जवाफ छ त, डम्बरसिंहसँग ।

यदि सन्तान वियोगकै पीडामा रुमल्लिएका भए उनले यति धेरै कर्म गर्ने थिए होलान् ? यति सुन्दर रचना गर्ने थिए होलान् ?

सन्तान वियोगको पीडा भुल्न उनले आफूलाई त्यही काममा खर्चिए, जसले उनलाई सिजर्नशील बनायो । डम्बरसिंहको जीवनबाट के पनि आँकलन गर्न सकिन्छ भने, एउटा मान्छेले जीवनभर आफ्नो उर्जा राम्रो काममा खर्चियो भने कतिसम्म गर्न सक्छन् ।

जुन राजनीतिक उथल-पुथलले डम्बरसिंहलाई यसतर्फ डोहोर्‍यायो, त्यही राजनीतिको नसामा लट्ठीएका तन्नेरीहरु अझै नेताको घर-दैलो चाहर्दैमा आफ्नो उर्बर समय व्यर्थ नष्ट गरिरहेका पो होलान् कि ?

Saturday, February 25, 2017

मलेसियामा चार वर्ष दुःख गरेर कमाएको १० लाख लिएर श्रीमती पोइल गएपछि…


कञ्चनपुर, १५ फागुन । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।


दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् । माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताउनुभयो । विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उहाँले भन्नुभयो – “उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।”



उहाँले भन्नुभयो – “भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गर्नुभएको छ ।

भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताउनु भयो । विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उहाँले भन्नुभयो – “विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।” रासस

अनन्तलाई थप उपचारका लागि बैंकक लगिँदै

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तलाई थप उपचारका लागि आज बैंकक लगिँदैछ ।


आज दिउँसो पौने २ बजे थाइ एयरवेजको विमानबाट अनन्तलाई बैंकक लगिने उनका स्वकीय सचिव निशान घर्ती मगरले बताए ।


स्वास्थ्य अवस्था सामान्य भएपनि सुधार हुन नसकेपछि अनन्तलाई बैंकक लान लागिएको हो । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका अनन्तलाई आज ज्वरो अलि कम भएकाले डिस्चार्ज गरेर लान लागिएको हो ।

जण्डिस बिग्रएपछि यसअघि अनन्तलाई बैंकककै समिति भेज अस्पतालमा उपचार गरिएको थियो । अनन्तलाई फलोअप चेकअपका लागि लान लागिएको उनका स्वकीय सचिव घर्ती मगरले बताए ।

अनन्तसँगै उनकी पत्नी एवं सभामुख ओनसरी घर्ती मगर पनि जाने उनले जानकारी दिए ।

नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ



 भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नयाँ शक्तिसहित ३० दल निर्वाचन आयोगको कारबाहीमा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित ३० दल निर्वाचन आयोगको कारबाहीमा परेको छ । तोकिएको समयमा पार्टीको वार्षिक आयव्यय विवरण नबुझाएपछि आयोगले कारबाही गरेको हो ।

आयव्यवव विवरण नबुझाएपछि आयोगले स्पष्टीकरण सोध्दा समेत जवाफ नपठाएपछि कारबाहीस्वरुप रु १०० जरिवाना तिराउने निर्णय गरेको छ ।

आयोगको गत फागुन ११ गते बसेको बैठकले आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना किन नगर्ने भनि शनिबारसम्मको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

तर, सो मितिमा ११ दलले स्पष्टिकरण नै पेश नगरेका र बाँकी १९ दलले स्पष्टिकरण पेश गरेपनि चित्तबुझ्दो नपाइएपछि आयोगले शनिबार नै जरिवाना तिराउने निर्णय गरेको हो ।

ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना तिराउने निर्णय भएको हो ।

यी हुन् कारबाहीमा परेका ३० दल

देउवालाई मन्त्रीको प्रश्न, ‘राजदूत सिफारिसमा कति पैसा लिइयो ?’

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेवि संघले माउ पार्टी कांग्रेससँग एक करोड रुपैयाँ मागेको छ । उम्मेदवारी मनोनयन खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीको बैठक बोलाएका थिए ।

बैठक सुरुमै मन्त्रीहरुले राजदूत सिफारिसप्रति असन्तुष्टि जनाउका थिए । आशा लामालाई कसको दबाबमा पार्टीले सिफारिस गरेको भन्ने प्रश्न मन्त्रीले गरेका थिए ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदूत सिफारिस गर्दा लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको स्रोतको दाबी छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि राजदूत नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारको नेतृत्व आफूले गरेपनि त्यसबारे जानकारी नपाएको गुनासो गरे ।

एकले अर्कालाई जानकारी नगराएको गुनासो सबै मन्त्रीबाट आएपछि सभापति देउवाले स्ववियु निर्वाचनमा आर्थिक संकलनको विषय प्रवेश गराएका थिए ।

दाइजोमा कार नपाएपछि बेहुलाले रोके विवाह, बेहुलीले त्यही मण्डपमा गरिन् अरुसँग विवाह

स्नातक गरेकी भारतकी रेणुले एउटा यस्तो काम गरेकी छिन् जसका कारण उनी अन्य युवतीका लागि पनि उदाहरणको रुपमा खडा भएकी छिन् । उनले दाइजोका लोभी दुलाहाले विवाह हुने केही क्षण अघि मात्रै उनीसँग विवाह गर्न अस्विकार गरेपछि उनले यस्तो कदम उठाइन् जसको निकै चर्चा र प्रशंसा भइरहेको छ ।

यसबारे छिमेकीले थाहा पाउने बित्तिकै उनीहरु रेणुको बुवाको घरमा उनलाई बधाई दिन ओइरिए ।

दुबै बिच पाँच मिनेटको भेटधाट, दाइजो बिना भयो विवाहः

– रेणु कासनियाँको विवाह हरियाणा निवासी राजवीर कन्स्वाका छोरा पवन कन्स्वासँग फेब्रुअरी १९ तारिखमा विवाह हुने कार्यक्रम तय भएको थियो ।

– १८ फेब्रुअरीको राती पवनले फोनमा रेणुसँग विवाहका लागि ११ लाख भारु नगद र एक सुविधासम्पन्न गाडी चाहिने बताए ।


– त्यस रात रेणुले पवनको कुरा ठट्यौलीमा लिइन् । विवाह हुने दिनको बिहान पवनले पुनः नगद र कार ससुरालीले उपहारस्वरुप दिनुपर्ने शर्त राखी यसो नभए जन्ती नल्याउने धम्की पनि दिए ।

– रेणुले फोनमा भएको कुराको जानकारी आफ्ना बुवा राजेन्द्र कासनियां र आमालाई दिइन् । परिवारले सम्बन्ध मिलाइदिने बिचौलीयालाई सम्पर्क गरेर यसबारे जानकारी दिए ।

– बिचौलीयाले पवन र उनका बुवालाई सम्पर्क गरेर पंचायत बोलाइन् र यसो गर्दा गर्दै १९ फेब्रुअरीको रात बित्यो ।

– साइतको हिसाबले अब जन्ती बेहुलीको घरमा आउने बेला भइसकेको थियो । केटापट्टीकाले आफ्नो माग नछोडेपछि रेणुले एक साहसिक निर्णय लिइन् । उनले पवनसँग नै विवाह गर्न अस्विकार गरिदिइन् ।

इन्जिनियर राकेश बने रेणुको नयाँ बेहुलाः

– बेहुली रेणुको घर बिस्तारै पाहुनाहरु आउन सुरु गरिसकेका थिए ।

– रेणुको विवाहमा पुलिस कन्स्टेबल कपिल घिंटाला पनि आफ्ना इन्जिनियर छोरा राकेशसँग विवाहमा सहभागी हुन आएका थिए ।

– विवाहको घरको सबै स्थिती देखेर राकेशले रेणुसँग विवाहको प्रस्ताव राखे । कुरा रेणुसम्म पुग्यो । दुबैको त्यहाँ नै भेट भयो ।

– पाँच मिनेटको औपचारिक भेटघाटपछि दुबै विवाहका लागि राजी भए । राती दुई बजे राकेश बाजा गाजासहित रेणुको घरमा जन्तीसहित पुगे ।

– बेहुलीका पिता राजेन्द्रले आफ्नी छोरीले यति ठूलो साहसिक कदम उठाउने बारे कहिले पनि नसोचेको बताए । बेहुला राकेशले आफ्नी श्रीमतीको विचारबाट प्रभावित भएका कारण उनलाई विवाहको प्रस्ताव गरेको बताए । उनले भने, ‘हामी दुबैको विचार मिल्छ । मलाई दाइजो होइन, एक राम्रो विचार भएकी जीवनसाथी चाहिएको थियो । मेरो इच्छा रेणुको रुपमा पूरा भएको छ ।’ एजेन्सीको सहयोगमा

बालकोटमा राति १ बजेसम्म दाहाल–ओली मन्थन, नजिकिँदै वाम मोर्चा

संसदमा विचाराधीन संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दलको बदलिँदो व्यवहार फेरि वाम गठबन्धनको सरकार निर्माणको पूर्वअभ्यासको संकेतका रूपमा आएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको निवास बालकोटमा मंगलबार राति १ बजेसम्म र प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति ११ बजेसम्म माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूबीच भएको मन्थनपछि संशोधन विधेयकमा एमालेले अवरोध खडा नगर्ने, आगामी दिनमा हुने महत्वपूर्ण नियुक्ति तथा मनोनयनमा कांग्रेसको हस्तक्षेपलाई माओवादी केन्द्रले स्वीकार नगर्ने र परिआए कांग्रेससँग सम्बन्धविच्छेदसम्म गर्ने रणनीति बनेको जानकारी एक उच्च स्रोतले अन्नपूर्णलाई दिएको छ ।


यो साता भएको दुई पार्टीबीचको अनौपचारिक बैठकमा वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएपछि सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्न आफूमाथि दबाब आएको सन्दर्भ दाहालले ओलीलाई जानकारी गराउँदा ओलीले कुनै पनि हालतमा सत्ता नछाड्न सुझाव दिएका थिए ।

दाहालले आफ्नो नेतृत्वमा बजेट ल्याउने इच्छा कांग्रेस सभापतिसँग राख्दै आएका छन् । ओलीसँग पनि दाहालले यस्तै इच्छा राखेका थिए । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘साउनसम्म नै दाहालजी बस्नुहोस् तर भदौमा एमाले नेतृत्वको सरकार गठनमा सहयोग गरी सहभागी हुनुपर्छ ।’ ओलीको यो भनाइलाई दाहालले अनौपचारिक रूपमा स्वीकारेका थिए ।

सर्वोच्च अदालतले बुधबार माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै यसो नभए संविधान र लोकतन्त्रमाथि जालझेल र बेइमानी हुने चेतावनी दिएको छ । संशोधन विधेयक दुईतिहाइले होइन, दलहरूको सहमतिमै पारित गर्नुपर्छ । त्यसो हुन नसके मोर्चाले संसद्बाट आउने परिणाम स्वीकार्नुपर्छ भन्ने एमालेको अडान छ ।

दाहालले संशोधन विधेयक पारित गरेरै जाऊँ भन्दै बैठकमा ओलीसँग पटकपटक आग्रह गरेका थिए । ओलीले संशोधन विधेयक मतदानमा गए आफूहरूले विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । संशोधन कुनै पनि हालतमा पारित हुन नदिने अडानविपरीत एमालेले बिहीबारको संसद्मा फरक व्यवहार प्रस्तुत गरेको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा सहभागी हुँदै मौन विरोधको संज्ञासहित आफ्नो मन्तव्य राखेका थिए ।

ओली निवासमा मंगलबार राति र प्रधानमन्त्री निवासमा बुधबार राति भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता नेम्बाङ सहभागी थिए ।

ओलीले वैशाख ३१ गते हुने स्थानीय निर्वाचन, संसद्मा परेको अप्ठ्यारो, संशोधन विधेयक, आगामी माघ ७ सम्म स्थानीय, प्रान्तीय र संघ (केन्द्र) को निर्वाचन सक्दै संविधान कार्यान्वयन गर्ने विषयमा माओवादी केन्द्रका नेताहरूसँग गम्भीर छलफल गरेका थिए । त्यसैको परिणाम संशोधन विधेयकका कारण अवरुद्ध संसद्ले निकास पाएको दाबी एमालेका एक शीर्ष नेताले अन्नपूर्णसँग गरेका छन् ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूबीच यो साताको प्रारम्भदेखि भएका अनौपचारिक प्रयासको परिणाम बिहीबारबाट संसद् अवरोध खुलेको बताए । उनले भने, ‘निर्वाचन सम्पन्न गराउन मुलुकभर शान्ति तथा सुव्यवस्था कायम गराउनुपर्ने भएकाले संशोधन प्रस्तावमा एमालेको लचकता अपरिहार्य छ । यसै साता भएको दुई पार्टीका शीर्ष नेताहरूबीचका अनेकौं अनौपचारिक बैठक र सहमतिको परिणाम संशोधनको पक्षमै एमाले आउने आशा र विश्वास मलाई छ ।’

एमाले संसदीय दलका उपनेता नेम्बाङले भने, ‘सरकार निर्माण, गठन विघटनलगायत मामिलामा हामीलाई कुनै मतलब छैन । त्यो काम कांग्रेस र माओवादी केन्द्रले जेजसो गर्छन् गरून् । एमालेको सरोकार भनेको आगामी माघ ७ भित्र स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गराउनु हो । जनताले ताजा जनादेश दिएपछि सत्ताका बारेमा सोचौंला । त्यसअघि नै एमालेले संविधान कार्यान्वयनभन्दा अरू कुरा सोच्न सक्दैन ।’

बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन प्रचण्डको करोडौँको अफर मानिनन् सावित्री श्रेष्ठले !



२०६९ भदौ ७ गते । ०२५–५६२३७७ नम्बरबाट दिउँसो ४ः२५ मा तारन्तार मोबाइलमा घण्टी बज्यो । ‘हेलो !’ भन्न नपाउँदै धम्कीको भाषा सुरू भइहाल्यो ।

‘तपाईँ तुरून्त मलाई भेट्न आउनुस् त ।’ फोन गर्नेले धम्की दिंदै भन्यो ।

‘तपाईँको को हो ? किन भेट्न आउने ?’ मेरो जवाफ फर्कन नपाउँदै उसले परिचय दियो, ‘म सुनसरी कारागारको बन्दी ।’

‘कपनमा मान्छे मार्ने पनि मै हो, पेप्सीकोलामा पनि मान्छे मार्‍यौँ ।’ डिल्लीबजार सदरखोरमा रहेको व्यक्तिले मेरो मोबाइल नम्बर दिएको भन्दै उसले मलाई धम्क्याउँदै भेट्न सुनसरी बोलायो । म किन जान्थेँ ?

धम्क्याउन कारागारका कैदीसमेत प्रयोग भएपछि मन असह्य भयो । दौडँदै एड्भोकेसी फोरमको कार्यालय पुगेँ । फोन नम्बर सुनसरी कारागारकै रहेछ । धम्क्याउने पनि सुनसरी कारागारमै ज्यान मुद्दाको सजाय खेपिरहेका दीपक खवास रहेछ । त्यसपछि पनि उसले मलाई पटकपटक फोन गरेको थियो, मैले वास्तै गरिनँ ।

त्यसको केही दिनपछि एउटा अपरिचितले भेट्न अनामनगर बोलायो । त्यति बेला म पनि अनामनगरै थिएँ, अधिवक्ता यदु खनालको ल फर्ममा । भोलिपल्ट सर्वोच्च अदालतको पेसीबारे छलफल चल्दै थियो ।

‘तपार्इँ कहाँ हुनुहुन्छ ?’ फोन गर्नेले सोध्यो । सायद म अनामनगर गएको उसलाई पहिल्यै थाहा थियो । उसले भेट्न सिंहदरबारको पूर्वी गेटमा बोलायो । म साथी लिएर पुगेँ । उसले वरिपरि हेर्‍यो । साथमा ड्राइभर र मेरा एक जना साथी पनि थिए । एकान्तमा बोलाएर ‘आज म तपाईँसँग केही कुरा गर्दिनँ’ भन्दै उम्कन खोज्यो ।

‘होइन, एक छिन चिसो खाएर कुरा गरौँ !’ मेरो आग्रह मानेर ऊ रेस्टुराँभित्र छिर्‍यो । मसँगै गएका साथी र उसका साथी बाहिरै बसे ।

म कुर्सीमा मात्रै के बसेको थिएँ, उसले कम्मरबाट पेस्तोल निकालेर टेबलमा राख्यो ।

‘हामी त पैसाका लागि जे पनि गर्ने मानिस, तपाईँ बालकृष्णको पछि किन लाग्नुहुन्छ ?’ उसले धम्कीपूर्ण भाषामा सम्झाउन खोज्यो ।

एक जना माओवादी आइपुग्यो । ‘तपाईँले कति पैसा माग्नुहुन्छ ? पार्टीले दिन्छ । यस मुद्दाले पार्टीको बेइज्जत भएको छ । मुद्दा फिर्ता लिइदिनुपर्‍यो ।’ उसले लोभ देखायो । ‘म पनि करोडौँ पैसा दिन्छु । तैंले मेरो दाजुभाइ दिन सक्छस्’, म पनि कड्किएँ । चर्काचर्की पर्‍यो । तँ तँ– म म भयो । ‘प्रचण्ड र बाबुरामले गोप्यरूपमा भेट्न खोजेका छन्, आफ्नो दुःख भन्नुस उहाँहरूलाई ।’ शान्त हुँदै उसले प्रचण्ड र बाबुरामलाई पनि भेट्न सुझायो ।

‘तपाईँले पेस्तोल देखाएर तर्साउन खोजेको होला, म तर्सिन्न’, म झनै निडर भएँ ।


‘तपाईँलाई कसले पठाएको ? बालकृष्णले धम्क्याउन पठाएको होला, म डराउन्न’, मैले हाकाहाकी भनेँ ।

‘तपाईँलाई सम्झाउनमात्रै आएको’, रूखो हुँदै भन्न थाल्यो, ‘तपाईँ बालकृष्णको पछि लाग्दा तपाईँलाई खतरा छ भनेर बुझ्नुस् ! हामी त पैसामा बिक्ने मानिस, जहाँ जे पनि गर्न सक्छौँ ।’

उसले मिनेट–मिनेटमा आºनो ठेगाना बदल्थ्यो । देबे्र हातमा टाटुले नाम लेखेको थियो । एक मन त सोचेँ, मेरो मर्ने दिन आजै रहेछ । मैले हिम्मत हारिनँ । झनै कठोर भएर प्रस्तुत भएपछि ऊ उठेर हिंँड्यो ।

आफूलाई तामाङ हुँ भन्थ्यो । हेर्दा मतवालीजस्तै लाग्थ्यो । मोटरसाइकल चढेर आएको त्यस केटाले पनि ‘कारागारबाटै मोबाइल नम्बर पाएको’ भन्यो ।

सुनसरी कारागारबाट धम्क्याउने व्यक्ति र अनामनगरमा भेट्ने व्यक्तिको भाषा एउटै थियो । मोबाइल नम्बर पनि दुवैले कारागारबाटै पाएको भन्नुले मलाई सताउन ठूलै गिरोह सक्रिय भएको प्रस्टै थियो । बाबुराम भट्टराई सरकारले गरेको माफीको सिफारिसपछि म रिट बोकेर सर्वोच्च जान थालेँ । त्यसपछि यसैगरी मलाई धम्कीहरू आउन थालेका थिए ।

एक दिन फेरि अर्कै नम्बरबाट धम्की आयो ।

‘म माओवादी बोलेको !’ गाउँकै माओवादी कार्यकर्ता रहेछ ।

‘माओवादी भनेर तर्सेर फोन काट्छ भन्ने सोच्नुभयो होला । ल भन्नुस के भन्नुछ !’ – मैले जवाफ फर्काएँ ।

‘तपाईँलाई गाउँ जाँदा मार्छु भनेका रहेछन्, तपाईँलाई सुरक्षा म दिन्छु । हामीसँगै गाउँ हिँडनुस्’, साखुल्ले पल्टँदै उसले भन्यो ।

‘मलाई कसैको सुरक्षा चाहिन्नँ । म आफैँ जान सक्छु ।’ मैले फोन काटिदिएँ ।

तारन्तार धम्की आउन थाल्यो । मोबाइल नम्बरै परिवर्तन गरेँ ।


म असुरक्षित छु भन्ने प्रमाण थिए ती धम्कीहरू । कहीँकतैबाट असुरक्षा छ भने बालकृष्ण ढुङ्गेलबाट मात्रै हो । उसैको नाममा अनेक सन्देशहरू आउँछन्, फोनबाट धम्क्याउँछन् । कति त भेट्नै पनि आउँछन् ।

सर्वोच्च अदालतमा रिट हालेपछि एक दिन त माओवादीका चार जना सभासद् घरमै आए ।

त्यो दिन मैले भेट्न मानिनँ । उनीहरू सिधै मेरो श्रीमानलाई भेट्न कार्यालय पुगेछन् । उहाँ काम विशेषले बैंकमा हुनुहुन्थ्यो । त्यहाँ पनि नभेटेपछि खोज्दै बैंकमा पुगेछन् ।

‘तपाईँकी श्रीमतीलाई खतरा हुन्छ, जसरी हुन्छ यो मुद्दा भुल्नुस्, रिट फिर्ता नलिए सम्पूर्ण परिवारलाई खतरा छ’, श्रीमान्लाई धम्क्याएछन् ।

उहाँलाई चारपटक काम छ भन्दै काभ्रेमा बोलाएछन् । त्यहाँ पुगेपछि मुद्दा फिर्ता गर्न दबाब दिन्थे । तैपनि उहाँ गल्नुभएन ।

‘म यस विषयमा केही बोल्दिनँ । उसले माओवादीविरूद्ध बोलेको होइन, हत्यारालाई कारबाही गर मात्र भनेको हो ।’

श्रीमान्को जवाफ सुनेपछि माओवादी झनै कड्किए । उल्टै ललितपुरको खन्ना गार्मेन्टमा लगेर कारबाही गर्ने धम्की दिएछन्, ‘खन्ना गार्मेन्टमा लगेर कुट्नुपर्‍यो भने पाँच मिनेटमै मुद्दा फिर्ता हुन्छ ।’ यो कुरा श्रीमान्ले धेरै दिनपछि मात्रै खोल्नुभयो । म आत्तिन्छु भनेर उहाँ धेरै कुरा भन्नुहुन्नथ्यो ।

धम्क्याउने क्रम यत्तिमै सकिएन । धम्की नपाउने घरका कोही बाँकी थिएनन् । एक दिन फेरि अर्का एक जना माओवादी आइपुग्यो । ‘तपाईँले कति पैसा माग्नुहुन्छ ? पार्टीले दिन्छ । यस मुद्दाले पार्टीको बेइज्जत भएको छ । मुद्दा फिर्ता लिइदिनुपर्‍यो ।’ उसले लोभ देखायो ।

‘म पनि करोडौँ पैसा दिन्छु । तैंले मेरो दाजुभाइ दिन सक्छस्’, म पनि कड्किएँ । चर्काचर्की पर्‍यो । तँ तँ– म म भयो ।
‘प्रचण्ड र बाबुरामले गोप्यरूपमा भेट्न खोजेका छन्, आफ्नो दुःख भन्नुस उहाँहरूलाई ।’ शान्त हुँदै उसले प्रचण्ड र बाबुरामलाई पनि भेट्न सुझायो ।

अति गरेपछि म भेट्न तयार भएँ । साङ्ग्रिला होटलमा एक साँझ प्रचण्डलाई भेट्ने निश्चित भयो ।

‘तपाईँ तयार भएर बस्नोस् !’ दुई घण्टाअघि खबर आयो ।

भेट्न जान तयार हुँदै थिएँ । उसले सर्त तेर्सायो, ‘प्रचण्डले जे भन्नुहुन्छ त्यो हुन्छ भन्नुस् है !’ मैले सर्त मानिनँ । भेट्न पनि गइनँ ।

त्यसपछि मेरो श्रीमानलाई सम्झाउन थाले । ‘प्रचण्डले जेजे भन्छन्, त्योत्यो सबै उसले हुन्छ भन्दै भन्दिनँ’, श्रीमानले जवाफ फर्काउनुभयो । त्यसपछि भने माओवादीहरू भेट्न आएका छैनन् । तर, बेलाबेला धम्कीचाहिँ आइरहन्छ ।

‘बालकृष्णको मुद्दा फिर्ता नलिए लासको एउटा टुक्रा पनि रहन्न । उज्जनकै जस्तो हालत बनाइदिन्छौँ ।’ ओखलढुङ्गाकै सुवेदी थरका माओवादी नेताले केही समयअघि यस्तै सन्देश पठाएका थिए । माओवादीका नेतादेखि कार्यकर्तासम्मले अनेक मानिस पठाएर धम्क्याइरहन्छन् ।

पहिले भाइको जाहेरी दिँदा माइला दाइ गणेशकुमारलाई पनि यसैगरी धम्क्याउँथे । दाइलाई त मारे । अहिले मलाई पनि त्यसरी नै धम्की दिन्छन् । सम्झाउने, फकाउने, थर्काउने, धम्क्याउने केही पनि बाँकी राखेका छैनन् । अहिले त एक्लै हिँड्न पनि समस्या छ । बाहिर हिँड्दै हिँड्दिनँ । हिँड्नै परे, साथी लिएर मात्रै हिँड्छु ।

२०७० को वैशाख अन्तिममा काठमाडौँको कपनमा बालकृष्ण ढुङ्गेल, केशव राईसहितको एउटा बैठक भएको खबर आयो । ‘जसरी भए पनि साबित्रीको मुख बन्द गराउनुपर्छ, मुख बन्द गर्न नसके चुनाव घोषणा भएपछि हात खुट्टा भाँच्नुपर्छ ।’ बैठकमा सहभागी एक माओवादी कार्यकर्ताले त्यस बैठकमा भएको छलफलको रेकर्ड गरेर मलाई सुनाए ।

(सावित्रीका भाइ उज्जनकुमार श्रेष्ठको १७ बर्षअघि २०५५ असार १० गते ओखलढुंगामा निर्मम हत्या गरिएको थियो । उनको संघर्षका बारेमा ‘पीडाका ५००० दिन’ नामक पुस्तक बजारमा छ । पुस्तक पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डेको सम्पादनमा प्रकाशित भएको थियो । )

आजको राशिफल : वि.सं. २०७३ साल फागुन १५ गते। आइतबार।

वि.सं. २०७३ साल फागुन १५ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी २६ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– औंसी, २०:४५ बजेउप्रान्त प्रतिपदा।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। दौडधुपमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। विवेकले काम लिने चेष्टा गर्नुहोला। प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। पुराना सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। बलजफ्तीले चुनौती निम्त्याउला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। नतिजाका लागि काम दोहोर्याउनुपर्ला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मिहिनेत गर्दा प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। तर परिबन्धले अप्ठ्यारो सम्झौता गराउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। हिम्मत लिँदा काम सम्पादन हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
गोपनीयता बाहिरिनाले केही समस्या देखिएलान्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले अवसर दिलाउन सक्छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

भाइरल हुँदै 'चियावाली' !



 काठमाडौँ - केहि समयअघि गोलभेडा बोकेर झर्दै गरेकी एउटी किशोरीको तस्विर सामाजिक संजालमा भाइरल भयो । सबैले उनलाई तरकारीवालीको उपमा दिए । उनको चर्चा यतिसम्म चुलियो कि चोक- चोकमा तरकारीवालीकै चर्चा थियो । जताततै उनकै कुरा थियो । अहिले अर्को एउटा तस्विर त्यस्तै भाइरल भएको छ ।

तस्विरमा एउटी सानी नानी हातमा थर्मस, हरियो झोला र ग्लास बोकेर चिया बेच्न हिंडेकी छिन् । पहेंलो रंगको सुरुवाल र रातो रंगको घान्गर लगाएकी दुइ चुल्ठी बाटेकी उनी चिया बेच्न हिंड्दै गर्दा खिचिएको यो तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको हो ।


सामाजिक संजालमा भाइरल भएको यो तस्विरलाई विभिन्न कोणबाट विस्लेषण गर्न थालिएको छ । 'उनको हातमा चिया होइन कापी हुनुपर्छ', 'देशमा बेरोजगार भए भनौं है, यी बहिनीसंग काम छ' लगायतका क्याप्सन राखेर सामाजिक संजालमा यो तस्विर भाइरल बनाइएको छ । यो तस्विर भाइरल भएसंगै उनको चर्चा पनि चुलिएको छ । हामी चियावाली नानीबारे थप खोजी गर्दैछौं ।

पिपलमा विधिपूर्वक पुजाआजा गर्दा घरमा सुख शान्ति आउँछ । के हो पूजा गर्ने विधि जान्नको लागि पढ्नुहोस्



गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ ।

त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू :


जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।
जल चढाएपछि फूलप्रसाद चढाउनु होस् ।

धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ :

१. ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ ।

२. यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ ।

३. शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ( मानिन्छ ।

४. साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।

जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?


जनकपुर - नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको छ । भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् ।


यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोशित भएका छन् । 'हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ । पहिला दुवै देशको झण्डा थियो, अहिले नेपालको झण्डा फालिएको छ ।  तर हाम्रो ज्यानमाथि नै 'रिस्क' हुने भएपनि हामीले केहि पनि गर्न सकेका छैनौं ।' स्थानीय नरेन्द्र यादवले भने ।

उक्त ठाउँमा भारत र नेपालको झण्डा भएको तर केहि समयमा नेपालको फालेर भारतको मात्र राखेको स्थानीयहरुको भनाइ छ । नेपालको स्वाभिमानमा यत्रो धक्का पर्दासमेत स्थानीय प्रशासन भने मौन बसेको छ।
अर्थ सरोकार बाट

Friday, February 24, 2017

नेपाल–भारत सीमा नाका बन्द, यो के को संकेत हो ?

 बाँके, १४ फागुन । आजबाट नेपाल–भारत सीमा नाका ३ दिनसम्म बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा फागुन १६ गते हुन लागेको विधान सभा २०१७ लाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका ३ दिनका लागि बन्द गरिएको हो । आज विहान ७ बजेदेखि नाका शील गरिएको बाँके प्रशासनले जनाएको छ ।
भारतको बहराइच र श्रावस्तीमा निर्वाचन हुने भएकोले २४ घण्टा अघिदेखि नै नाका बन्द गरिएको हो । आज बिहान ७ बजेदेखि बन्द गरिएको नाका फागुन १६ गते साँझ ६ः३० पछि मात्रै खुल्ला हुनेछ ।


उक्त अवधिमा सवारी साधन तथा ढुवानीका साधन संचालनमा नल्याउन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्सलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि दुवै देशका अधिकारीको रोहवरमा गर्न सकिने बताइएको छ । भारतबाट आउने यात्रुहरु अलपत्र परेको खण्डमा सुरक्षाकर्मीको रोहवरमा वारपार गराइने सूचनामा उल्लेख छ ।

युएईमा ६ नेपालीलाई तलव मागे मुद्दा हाल्ने कम्पनीको चेतावनी


युएई, फागुन १४– सेक्युरिटी गार्डको रुपमा कामगर्न भन्दै ९ महिना पहिले युएई आएका ६ जना नेपाली अलपत्र परेका छन । युएईमा रहेको रोयल फाल्कोन सेक्युरिटी कम्पनीका लागि डिडी ओभरसिजबाट ९ सय १८ जना र सेभेनसिस प्रालीबाट ९८ जना प्रतिब्यक्ती ४ लाख तिरेर युएई आएका थिए । उनीहरुले आए देखि काम नपाएको बताएका छन् ।

अलपत्र पर्नेमा काठमाडौंको जोरपाटीका समिर कार्की, बुढानिलकण्ठका रुपेन्द्र थापा, कमलविनायक भक्तपुरका नविन खड्का, डडेलधुराका सागर शाक्य , गोरखाका सरोज अर्याल र हुती ५ दार्चुलाका पदम भण्डारी रहेका छन् । उनीहरु गएको जेठ २७ गते प्रतिव्यक्ति २ लाख देखि ४ लाख रुपैयाँ बुझाएर युएई आएका हुन् ।

म्यानपावरले सुरुको तीन महिना काम नपाएपनि तलव दिन्छ भनेपछि उनीहरु ढुक्क भएर युएई आएका थिए । तर ९ महिना बितिसक्दा पनि तलव र काम नपाएपछि आफूहरु ठगीएको पीडितले बताएका छन् । आएको पाँच महिना सम्म पनि काम नपाएपछि सहयोगका लागि दूतावासमा निवेदन दिएका थिए ।

२४ जना नेपाली समस्या लिएर दुतावास पुगेपछि दुतावासले म्यानपावर कम्पनीका युएई प्रतिनिधि सन्जिव श्रेष्ठ, कम्पनी र कामदारलाई राखेर छलफल गराएको थियो । कम्पनीले सुरुको तीन महिनाको तलब म्यानपावरले दिनुपर्ने र त्यसपछि काम र तलवको जिम्मा आफूले लिने भन्दै दुतावासकै रोहरबरमा प्रतिव्यक्ती २ हजारका दरले २ महिनाको तलब ४ हजार दिर्हाम उपलब्ध गराएको थियो ।
छैटौं महिनाबाट उनीहरुले काम र तलव पाएका छैनन् । दूतावासमा उजुरी गरेको भन्दै कम्पनीले आवुधावीबाट उनीहरुलाई अहिले टाढाको क्याम्पमा सारेको समिर कार्कीले जानकारी दिनुभयो ।
कम्पनीमा काम पाएका १८ जना नेपालीले पनि समयमै तलव नपाएको गुनासो गरेका छन् । २ जनालाई अजमानमा ६ जनालाई आवुधावी नजिक र १० जनालाई साउदी अरबको सिमानामा काम दिएको छ । त्यहाँ खान बस्न समस्या भएको पीडितको भनाइ छ ।
युएईस्थित नेपाली दूतावासले कम्पनीसँग समन्वय गरिरहेको बताए पनि नतिजा अहिले सम्म देखिएको छैन । दूतावासमा गएको भन्दै कम्पनीले अदालतमा मुद्दा हाल्ने धम्की दिएको कामदारले बताएका छन् । ६ जनाले प्रहरीमा समेत उजुरी गरेका छन् ।

तर कम्पनीले उल्टै उनीहरुलाई रक्सि खाएको र हुलदङ्गा गरेको भन्दै भिसा क्यान्सिल गरिदिएको छ । भिसा रद्द भएपछि क्षतिपूर्ति माग गर्दै दुतावास पुगेका छन् । दुतावासका काउन्सिलर भेषबहादुर कार्की र श्रम सहचारी हिरा कुमारी यादवले कम्पनीलाई पटक पटक सम्पर्क गरेर समन्वय गर्न भनेको बताउनु भएको छ ।

कम्पनीले लेखापाललाई दूतावासमा पठाएर हिसाब किताब देखाएको छ । काम गरिरहेका १८ जनालाई अहिले सम्मको सबै तलव दिने बताएपनि भिसा रद्द गरेर नेपाल पठाउन लागेका ६ जनाको बिषयमा आनाकानी गरिरहेको छ ।


तर दूतावासले जबरजस्ती कामदार निकाल्ने र क्षतिपूर्ति नदिए अबदेखि यो कम्पनीलाई कालो सूचिमा राख्ने चेतावनी दिएको छ । यस्तै यो कम्पनीमा कामदार पठाएर अलपत्र पार्ने नेपालका डिडी ओभरसिज र सेभेनसिस प्रालीलाई पनि कारबाहीका लागि सिफारिस गर्ने तयारी दूतावासले गरेको छ । एक साता भीत्र समस्या समाधान नगरे सम्बन्धित कम्पनी तथा म्यानपावर एजेन्सीलाई मागपत्र नपाउने गरी कारबाही गर्ने दूतावासले जनाएको छ ।

हातको यो रेखाले तपाईको कामुकता बारे बोल्छ !



भनिन्छ, हातको रेखाले व्यक्तिको वर्तमान, उसको स्वभाव र अब हुने घटना आदिका बारेमा धेरै कुरा बताउँछ । तर के तपाईलाई थाहा छ, शारीरिक सम्बन्धहरुमा तपाई कति रुचि राख्नुहुन्छ ? वा तपाईको जीवनमा यौनले कति महत्व राख्छ भन्ने कुरा पनि हातको रेखाले बताउँछ ।



हातका असंख्यक रेखाहरुबीच ‘असंयम रेखा’(अंग्रेजीमा ‘ल्यास्सीभिया’) पनि हुन्छ, जसले व्यक्तिको कामुक व्यवहारको बारेमा बताउँछ । ज्योतिषशास्त्र अनुसार, यद्यपी यो रेखा जो कोहीको हातमा हुँदैन, निकै कम व्यक्तिको हातमा देखिन्छ । तर, जसको हातमा भएपनि यो रेखालाई शुभ मानिँदैन ।

व्यक्तिको हातमा बुध रेखा र चन्द्र रेखाको समानान्तर एक सानो रेखा(ल्यास्सीभिया) हुन्छ, यो रेखाले बुध रेखालाई विशेष शक्ति प्रदान गर्छ, जुन व्यक्ति अधिक कामुकताको रुपमा देखिन्छ । यस्तो रेखा भएको व्यक्तिको हात एकदम पातलो र मुलायम हु्न्छ । यस्ता व्यक्तिमा मदिरा सेवन गर्ने आदत बढी हुन्छ । त्यसैले, पतनको संकेत गर्छ पनि भनिन्छ ।


यो रेखाले व्यक्तिले आफ्नो मन, आफ्नो भावना, चाहानामाथि नियन्त्रण गर्न सक्दैन भन्ने कुरा दर्शााउँछ । विशेषगरी यो रेखा व्यक्तिको शारीरिक सम्बन्धसँग जोडिएको स्वभाव र इच्छासँग सम्बन्धित छ । यसै रेखाको आधारमा व्यक्तिको यौन जीवनको बिषयमा जान्न सकिन्छ, भन्न सकिन्छ ।

धेरै राम्री भएको भन्दै युवतीलाई कामबाट निकालियो

‘ब्यूटी विथ ब्रेन’ यो एउटा भनाई मात्र नभई एक जीवित उदाहरण पनि हुनसक्छ । सुन्दर शरिर, सुगठित शरिर भएका प्रत्येक मानिस मनोरञ्जनकै क्षेत्रमा लाग्नुपर्छ भन्ने छैन । ती व्यक्तिको इच्छा अर्कै कुनै क्षेत्रमा हुनसक्छ । एम्मा हल्स, एक २४ वर्षीया युवती अत्यधिक सुन्दर भएका कारण उनको जागिर खोसिएको छ । यो कुनै बनावटी नभई वास्तविकता हो ।


एक भारतीय स्रोतका अनुसार उनी एक ‘फ्रिलान्स टेलिभिजन वर्कर (स्वतन्त्र टेलिभिजन कामदार)’ थिइन् । सधैंजसो उनी एक दिन साढे ९ बजे आफ्नो अफिस पुगिन् । आफ्नो ८ घण्टे ड्युटीमा १० मिनेटमात्र बिताएपछि उनले एक मेसेज प्राप्त गरिन् । उक्त मेसेज उनलाई काम मिलाइदिने साथीको थियो । उनले एम्मालाई उक्त कामका लागि उनी आवश्यक नभएको बताए । उनी निकै चकित परिन् र यसबारे म्यानेजरसँग कुरा गर्न सोच बनाइन् ।

म्यानेजरसँग यसबारे कुरा गर्दा उनले एम्मालाई मोडलसँग तुलना गरेर मोडलिङ क्षेत्रमा प्रवेश गर्न सुझाए । ‘तिमी मोडल हौ ? तिमीले किन क्याटवक गरिरहेकी छैनौ ? तिमी मनोरञ्जनको क्षेत्रमा किन लागिरहेका छैनौ ?,’ उनले बारम्बार प्रश्न तेर्साए । पछि उनका म्यानेजरले उनलाई घर पठाउनु पहिले उनको नम्बर लिए र कफीको लागि आग्रह गरे ।


उनका अनुसार उनले काममा जाँदा निकै सभ्य पहिरन लगाउने गरेको बताइन् । ‘मैले लिपस्टिक लगाउँथे तर मेरो नजरमा यसो गर्नु काममा कुनै बाधा निम्त्याउनु होइन । मैले सर्ट र ट्राउजर लगाउने गर्थे। मलाई लाग्दैन कि म कामको लागि उचित छैन,’ उनले भनिन् ।

यद्यपी, जो म्यानेजरले उनलाई जागिरबाट निकालिदिए । उनीबारे समाचार भाइरल भएपछि कम्पनीले ती म्यानेजरलाई निकाल्न बाध्य भएको बताइएको छ । कम्पनीका अनुसार ती म्यानेजरले यस्तो गरेको यो पहिलो घटना होइन, निकै वर्षदेखि उनले राम्री युवतीलाई कामबाट निकालिदिने गर्दथे ।एम्माले आफूले आफैंलाई एक धावक, प्रोडक्सन असिस्टेन्ट, क्यामरा अपरेटिङ एक्जेक्युटिभ बताउँछिन् ।

नेपालका १० चर्चित डिभोर्सी नायिकाहरु को को हुन त? हेर्नुस सुची सहित


बलिउड र हलिउडमा जस्तै नेपालमा पनि यस्ता थुप्रै नायिकाहरु छन् जसको डिभोर्स भएर पनि चलचित्रमा सक्रिय छन् । बिहे गरेर पछि सम्बन्ध विच्छेद गरेका नायिकाहरू नयाँ नायिकाहरूका लागि चुनौती बनेका छन् । यस्ता नायिकामा रेखा थापा, प्रियंका कार्की, सञ्चिता लुइँटेल, रञ्जना शर्मा, मनिषा कोइराला, पूजा चन्द, गौरी मल्ल, सौजन्य सुब्बा, छुल्ठिम गुरुङ, सुस्मिता केसी,लगायत छन् । उनीहरू लामो समय घरजम गरेर पछि एक्लै बस्दै आएका छन् भने कोही पुनः विवाह बन्धनमा बाँधिएका छन् ।


१.प्रियका कार्की

पूर्वमिस टिन प्रियंका कार्की अहिलेकी नम्बर १ नेपाली नायिका हुन् । यो अवस्थामा आइपुग्न प्रियंकाले निकै मेहनत गरेकी छन् । उनी पनि डिभोर्सी नायिका हुन् । श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेर पनि अन्य नायिकाभन्दा बढी हिट हुनु प्रियंकाको खुबी नै हो । पछिल्लो समय उनले खेलेका अधिकांश चलचित्र हिट भएका छन् । नेपाली चलचित्रमा आउनुअघि प्रियंका रोचक मैनालीसँग बिहे गरेर अमेरिका गएकी थिइन् । तीन–चार वर्ष अमेरिका बसेपछि उनको श्रीमान्सँग सम्बन्ध बिग्रियो । त्यसपछि उनी औपचारिक रूपमा सम्बन्ध बिच्छेद गरेर नेपाल आएकी छन् । हाल उनी आमा र भाइसँग बस्दै आएकी छन् । सुरुमा मोडलिङ, म्युजिक भिडियो हुँदै चलचित्र खेल्न थालेकी प्रियंका विवादमुक्त नायिका भने होइनन् । धेरैले प्रियंका र दयाहाङलाई प्रेमी–प्रेमिका हो कि भनेर टिप्पणीसमेत गर्छन् ।

२.रेखा थापा

विगत डेढ दशकदेखि रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी छन् । हिरो चलचित्रबाट रजतपट प्रवेश गरेकी रेखा निर्माता हुँदै निर्देशकसमेत बनेकी छन् । हिरो चलचित्रका निर्मातामध्येका छविराज ओझासँग करिब १० वर्ष सँगै बसेकी रेखा अहिले एक्लै बस्दै आएकी छन् । धेरैले रेखा र छविबीच विवाह भएको बताउने गरे पनि दुवै लिभिङ टुगेदरमा रहेका थिए । सँगै बसेकाले उनीहरू कानुनी प्रक्रिया पूरा गरेर अलग भएका हुन् । छविसँगै बसेका बेला रेखाले आफ्नो नाममा चलचित्र ब्यानर खोलेर थुप्र्र्रै चलचित्र बनाइन् । हिम्मतवाली चलचित्रको त उनी निर्देशकसमेत भइन् । रेखा फिल्मस् ब्यानरमा छविको पनि लगानी भएकाले दुवैले कानुनी रूपमा सम्बन्ध बिच्छेद गरेको बताएका हुन् ।रेखा संगको सम्बन्ध बिछेद पछि छवि सिल्पा पोखरेलसंग नजिक छन् । रेखा पछिल्लो समय राजनितिमा सक्रिय छिन् ।

३.सञ्चिता लुइँटेल

चलचित्र क्षेत्रमा प्रवेश गरेलगत्तै आकाश शाहसँग बिहे गरेकी सञ्चिता लुइँटेल हाल नायक निखिल उप्रेतीकी श्रीमती हुन् । सञ्चिता केही समय आकाशसँग बसेर पछि छुट्टिएकी हुन् । निखिलबाट उनले दुई सन्तानलाई जन्म दिएकी छन् । सन्तान हुर्केपछि सञ्चिता पुनः अभिनयमा फर्किएकी छन् । उनले खेलेको पछिल्लो चलचित्र राधाले व्यापारिक सफलता हात पारेको छ ।

४.मनिषा कोइराला

नेपाली चलचित्र फेरि भेटौंला खेलेर मुम्बई गएकी मनिषा कोइरालाले सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर उनको विवाह लामो समयसम्म टिक्न सकेन । बिहे गरेको एक वर्षभित्रै मनिषा र सम्राटको सम्बन्धमा दरार पैदा भयो । दुईबीच औपचारिक रूपमै सम्बन्ध बिच्छेद हुन पुग्यो । त्यसपछि मनिषा पुनः मुम्बई फर्किन् । बलिउड फिल्मसँगै मनिषाले नेपाली चलचित्र धर्मा पनि खेलिन् । राजेश हमालसँग जोडी बनाएकी मनिषा त्यसपछि गम्भीर विरामी परिन् । पाठेघरको क्यान्सर उपचार गराएर फर्किएकी मनिषा पुनः बलिउडमा फिल्म खेल्न लागेकी छन् ।

५.गौरी मल्ल

प्रकाश थापाले निर्देशन गरेको सन्तानबाट चलचित्र खेल्न सुरु गरेकी गौरी मल्लले कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरिन् । रूपभन्दा पनि अभिनय क्षमताका कारण गौरी चर्चित थिइन् । उनले अभिनय गरेका प्रायः चलचित्रले सफलता पाएका छन् । चलचित्र खेल्दाखेल्दै उनी प्रज्ज्वल भण्डारीसँग विवाह बन्धनमा बाँधिन पुगिन् । बिहे गरेपछि उनी केही समय जापान बसिन् । तर, प्रज्ज्वलसँग उनको सम्बन्ध धेरै समय टिक्न सकेन । उनीहरूबीच सम्बन्ध बिच्छेद हुन पुग्यो । गौरी अहिले एक्लै बस्दै आएकी छन् ।

६.पुजा चन्द

हाल अमेरिकामा रहेकी पूजा चन्द पनि डिभोर्सी नायिका हुन् । थानकोट घर भएकी राधिका परियार, सुरज चन्दसँग बिहे गरेपछि पूजा चन्द भएकी थिइन् । सुरजबाट पूजाले एक छोरी पनि जन्माएकी छन् । तर, केही समयपछि सुरज र पूजाको सम्बन्ध बिग्रिन पुग्यो । पूजा छोरी लिएर अमेरिका लागिन् । सुरजले मोडल रिया कार्कीलाई बिहे गरे । पूजाले पनि अमेरिकामा नेपाली गायक प्रकाश लामासँग बिहे गरेकी छन् । सुरज र पूजाबीच राजीखुसीमै सम्बन्ध बिच्छेद भएको थियो ।

७.छुल्ठिम गुरुङ

डायरी चलचित्रकी निर्माता एवं नायिका छुल्ठिम गुरुङ हाल एक्लै बस्दै आएकी छन् । नोभेम्बर रेनबाट चर्चामा आएकी छुल्ठिम गायक धिरज राईकी पूर्वपत्नी हुन् । बिहे गरेको दुई वर्ष नबित्दै उनले धिरजलाई छाडिदिइन् । धिरजले त्यसपछि अर्कै युवती बिहे गरेर बसेका छन् । छुल्ठिम अहिले डायरी चलचित्र प्रदर्शनको तयारीमा छिन् । सो चलचित्र उनैले निर्माण गरेकी हुन् ।

८.रञ्जना शर्मा

जानकी टेलिफिल्म खेल्दाखेल्दै निर्देशक श्याम भट्टराईसँग बिहे गरेर पछि चलचित्रकी नायिका पनि बन्न सफल रञ्जना शर्मा हाल अमेरिका छिन् । अमेरिका पुगेपछि उनले उतैबाट श्यामलाई डिभोर्स पेपर पठाएकी थिएन् । संयोगले श्याम पनि अहिले अमेरिकामै बस्छन् । तैपनि दुई बीच सम्बन्ध जोडिन सकेको छैन ।

९.सुस्मिता केसी

नेपाली चलचित्र क्षेत्रमा अर्को चलेको जोडी हो भुवन केसी र सुस्मिता केसी । सुस्मिता भुवनकी दोस्रो पत्नी हुन । दुई जोडी मिलेर ‘नेपाली बाबु’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता चलचित्र निर्माण गरेका छन् । सुस्मिता चर्चित नायक अनमोल केसीकी आमा हुन । अहिले भुवन र सुस्मिता बिच राम्रो सम्बन्ध छैन । उनिहरु औपचारीक रुपमा छुटिसकेका छन् । यता सुस्मिताले अनमोलको नामबाट प्रोडक्सन हाउस समेत खोलिसकेकी छिन् । यसै बर्ष अनमोल क्रियसनबाट ‘म त तिम्रै हु’चलचित्र प्रदर्शनमा आइसकेको छ । अनमोल आफ्ना बुबा भुवन केसी संग पनि निकट छिन् ।

१०.सौजन्य सुब्बा

कुनै समयको चर्चित नाम हो सौजन्य सुब्बा । टेलि सिरियल देखि चलचित्र सम्म काम गरेकी सौजन्य सुब्बा पनि सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी हुन् ।

पुरुषवर्गको लागि आयो गर्भनिरोधन सुई ! एकपटक लाए बर्षभरिको लागि ढुक्क !



महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।तर पुरुषका लागि भने अस्थाइ गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको आविष्कार गरेको बताइएको छ ।शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।


पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् ।पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।यस सम्बन्धी शोध बेसिक एण्ड क्लिनिकल फाउन्डेसन जर्नलमा प्रकाशित रहेको छ ।

अल्छीपनले लाग्न सक्छन् यी रोग




नेपाल हृदयाघात सचेतना केन्द्रले दुई वर्षअघि काठमाडौंमा मुटुरोगबारे एउटा अनुसन्धान गर्‍यो । ५ हजारभन्दा मानिसमा गरिएको अनुसन्धानको नतिजा चिकित्सकहरूलाई समेत चकित पार्ने खालको थियो । अनुसन्धानले काठमाडौंको आधाभन्दा बढी जनसंख्यामा कोलेस्टेरोलको समस्या रहेको संकेत गरेको थियो । त्यसमा पनि ४० वर्षभन्दा कम उमेरका ५० प्रतिशत महिला र ६५ प्रतिशत पुरुषमा कोलेस्टेरोलको समस्या देखियो । काठमाडौंबासीमा डायबिटिज, मोटोपन, उच्च कोलेस्टेरोल पनि देखियो ।

मुटुरोग निम्त्याउने कोलेस्टेरोलको समस्या भएकाहरू मात्र होइनन्, खानपान र जीवनशैलीका कारण हुने रोगबाट प्रभावितहरूको संख्या पछिल्ला दिनमा निकै बढेका छन् । व्यक्तिगत आनीबानीले निम्तने स्वास्थ्य समस्या लिएर जँचाउन आउने बिरामीको चाप स्वास्थ्यसंस्थाहरूमा बढ्न थालेका छन् ।

शारीरिक रुपमा निष्क्रिय जीवनशैली र खानपान स्वास्थ्यअनुकूल नहुँदा  मुटु, मिर्गौला, न्यूरोसम्बन्धी रोगका साथै, मधुमेह र उच्च रक्तचापका बिरामी अस्पतालमा बढिरहेको चिकित्सकहरू बताउँछन् । यही तरिकाले बिरामी बढ्ने हो भने राष्ट्रले ठूलो स्वास्थ्य संकट बेहोर्ने दिन टाढा नरहेको चिकित्सकहरूको निष्कर्ष छ ।

बेलायतमा हालै १० लाख मानिसमा गरिएको एक वृहत अध्ययनको नतिजाले पनि यही कुरालाई संकेत गरेको छ । सामान्य शारीरिक अभ्यास नगर्दा विश्वमा बर्सेनि ५० लाखभन्दा बढीले अकालमा ज्यान गुमाइरहेको अध्ययनले उल्लेख गरेको छ । शारीरिक रुपमा निष्क्रिय हुने मान्छेको सँख्या बढ्दै जाँदा विश्व अर्थतन्त्रले बर्सेनि ६७ दशमलब ५ अर्ब डलर मुल्य चुकाउनु परेको छ । व्यायाम अभावमा निम्तने पाँच प्रमुख रोग मुटु, स्ट्रोक, मधुमेह, स्तन क्यान्सर र कोलोन क्यान्सरको उपचारमा यति खर्च भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।

निष्क्रिय जीवनशैलीका कारण मुटु रोग, डायबिटिज र क्यान्सरसँग सम्बन्धित समस्या विश्वभर बढ्दै गएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सातामा कम्तिमा १५० मिनेट फटाफट हिड्न दिएको सुझाब आफैंमा अपर्याप्त भएको उक्त अनुसन्धानमा संलग्न मध्येका नर्वेजियन स्कुल अफ स्पोर्टस साइन्स एन्ड क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक युफ इकलुन्डले बताएका छन् । ‘तपाईं खेल्न जान वा जिम हलमा पुग्नु पर्दैन तर दैनिक एक घन्टा सामान्य व्यायाम गर्नैपर्छ,’ उनले भनेका छन्, ‘दैनिक साढे पाँच किलोमिटर प्रति घन्टा वा १६ किलोमिटर प्रति घन्टा साईक्लिङ अनिवार्य छ ।’

डा. चापागाइँका अनुसार क्यान्सर हुने करिब ३५ प्रतिशत कारण सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासु खानु, ५ प्रतिशत मदिरा सेवन, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत र बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ । उनी भन्छिन्, ‘करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।’

अन्तराष्ट्रिय जर्नल ल्यान्सेटमा प्रकाशित सो अध्ययनमा शारीरिक रुपमा निस्क्रिय मानिसको असामयिक मृत्यु हुने खतरा सबैभन्दा बढी रहेको पनि उल्लेख छ ।

उपचारको पहुँच बाहिर क्यान्सरका बिरामी

ग्लोबल क्यान्सर स्ट्याटिक्सले विश्वमा बर्सेनि क्यान्सरका १४ लाख नयाँ बिरामी पत्ता लाग्ने गरेको देखाएको छ । यसअनुसार नेपालमा बर्सेनि ३० हजार क्यान्सरका नयाँ बिरामी देखापर्छन्,  तीमध्ये अस्पतालको पहुँचमा १२ हजारमात्र छन् । बहुसंख्यक क्यान्सरका बिरामी अहिले पनि उपचारको पहुँच बाहिरै छन् ।

क्यान्सर बारे जनचेतनामा कमी भएकाले नेपालीहरू अस्पतालको सम्पर्कमा पुग्न नसकेको चिकित्सकहरू बताउँछन् । यसको उपचार महङ्गो भएकाले पनि अस्पतालको पहुँचमा आउन मुश्किल परिरहेको वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाइँले बताइन् ।  उनी भन्छिन्, ‘यसैले क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत मृत्यु नेपालजस्ता अल्प विकसित र कम विकसित देशमा हुने गरेको बताइन्छ ।’

माइग्रेन हुनुको ठ्याक्कै कारण पत्ता नलागेपनि बढी मानसिक चिन्ता लिने, चिया  र कफी धेरै पिउने, समयमा नसुत्ने, शिशीमा राखिएको अचार, गुन्द्रुकजस्ता खानेकुरा अत्याधिक सेवन गर्ने र बढी मात्रामा पेनकिलरको प्रयोग गर्नेमा बढी देखिएको छ । यसैगरी डायबिटिज, ब्लड प्रेसर र चुरोट सेवनकर्ता यसको जोखिममा हुन्छन् ।
डा. चापागाइँका अनुसार क्यान्सर हुने करिब ३५ प्रतिशत कारण सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासु खानु, ५ प्रतिशत मदिरा सेवन, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत र बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ । उनी भन्छिन्, ‘करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।’

नेपालमा बढ्दै गएको अस्वस्थ जीवनशैलीका कारण तौल बढी हुने समस्या छ । ‘एक्सरसाइज’ नगर्ने र खानपानमा ध्यान नपु¥याउँदा ‘बडी मास इन्डेक्स’ बढ्छ । महिलामा बढी तौल हुँदा प्रायजसो क्यान्सरको संभावना बढी देखिएको विभिन्न अध्ययनले जनाएका छन् । नेपाल हृदयाघात सचेतना केन्द्रले  गरेको अध्ययनमा पनि ६१ प्रतिशत मानिसमा मोटोपन रहेको पाइएको थियो । यस्तै, ५८ प्रतिशतले शारीरिक गतिविधि अत्यन्त कम गर्ने गरेको पनि अध्ययनमा पाइएको थियो ।

नेपालीलाई बढी हुने न्युरो समस्या

विश्वका अन्य देशमा कमै हुने तर नेपाल लगायतका दक्षिण एशियाली देशमा धेरै हुने समस्यामा न्यूरो पनि पर्छ । नर्भिक इन्टरनेशनल हस्पिटलका न्युरोलोजिष्ट डा. पंकज जलानका अनुसार तीमध्ये च्याप्टेकिरा (न्युरोसिस्टसेरोसिस) एक हो । ‘बाटो छेउमा बेचिने फलफूल र सागपात, सुंगुरको मासुका कारण यो समस्या हुन्छ । च्याप्टेकीरा यी अस्वस्थकर खाद्यको माध्यमबाट पेटमा गएर त्यहाँबाट दिमागमा जान्छ,’ उनी भन्छन् ।

यसैगरी माइग्रेन पनि धेरै नेपालीको साझा समस्या बन्दै गइरहेको छ । माइग्रेन हुनुको ठ्याक्कै कारण पत्ता नलागेपनि बढी मानसिक चिन्ता लिने, चिया  र कफी धेरै पिउने, समयमा नसुत्ने, शिशीमा राखिएको अचार, गुन्द्रुकजस्ता खानेकुरा अत्याधिक सेवन गर्ने र बढी मात्रामा पेनकिलरको प्रयोग गर्नेमा बढी देखिएको छ । यसैगरी डायबिटिज, ब्लड प्रेसर र चुरोट सेवनकर्ता यसको जोखिममा हुन्छन् । यस्ता खानेकुरा सेवा गर्नेमा नेपालीहरू पनि पर्ने भएकाले यसको उच्च जोखिममा नेपाली रहेको डा. जलान बताउँछन्  ।

नेपालीको साझा समस्याका रुपमा विकसित भइरहेको तर आफ्नो जीवनशैली परिवर्तन गर्दा रोक्ने सकिने रोग एन्जाइटी पनि हो । यो कसरत गर्ने बानी नभएकाहरूमा बढी देखिने उनले बताए ।

ढाड र गर्धन दुख्ने समस्या पनि आफैंले निम्त्याएको समस्या मध्ये पर्छ । महिलाहरू यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । ‘करिब ८५ देखि ९० प्रतिशत जीवनशैली र बसाइका कारण यो समस्यामा पर्छन्,’ ट्रमा सेन्टरमा कार्यरत डा. गौरव ढकाल भन्छन् ।

कतिपय नशाका समस्या अन्य समस्यालाई बाटो बनाएर आउँछन् । त्यसमध्ये कसरत नगर्दा रक्तचापको समस्या हुन्छ । जुन समस्याले पछि मष्तिष्काघात हुन सघाउँछ । विशेषगरी रक्तचापका  बिरामीले औषधिमा हेलचेक्राइँ गर्दा नशा फुटेर हुने मस्तिष्कघातको सामना गर्नु परिरहेको डा. पंकज बताउँछन् । नेपालमा रक्तचापसम्बन्धी चेतना कम, भ्रम बढी रहेको उनको भनाई छ । धेरै जसो मानिसमा उच्च रक्तचापको औषधि जीवनभर खाइरहनु पर्ने, औषधिले मिर्गौलामा समस्या पार्ने जस्ता भ्रम रहेको छ ।

मुटुलाई प्रेसरमा पार्ने काम

मुटुमा दबाब पार्ने गरी काम गर्ने प्रवृत्तिका कारण पनि मुटुका समस्या बढ्दै गएको ग्रान्डी इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठको भनाई छ । उनका अनुसार नेपालमा ग्रामीण तथा सहरी भेगमा लाग्ने मुटु रोगका प्रकार फरक छन् । उनले भने, ‘नेपालगञ्जमा काम गर्ने क्रममा त्यहाँ धेरैजसोमा बाथ मुटुरोग भेटिन्थ्यो । तर, सहरी क्षेत्रमा उच्च रक्तचाप, मधुमेह, हृदयाघातको समस्या धेरै छ ।’

काठमाडौं किड्नी एण्ड डायबिटिजि सेन्टरका नेफ्रोलोजिष्ट डा. लक्ष्मणप्रसाद अधिकारीका अनुसार  मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मिर्गौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ ।’

सहरी क्षेत्रका मानिसहरूमा हुने आर्थिक उपार्जनको बढ्दो महत्वाकांक्षाले पनि कालान्तरमा मुटुको समस्या निम्त्याइरहेको छ । डा. श्रेष्ठ भन्छन्, ‘अहिले धेरैका आफ्नै पेशा र व्यवसाय छन् । त्यसैले बिहानदेखि बेलुकासम्म काममै खटिन्छन् ।  व्यायाम छैन, काममा तनाव छ । तनावले रात परेपछि मादकपदार्थ सेवन गर्छन् ।’

सुगर, रक्तचाप तथा कोलेस्टेरोल बढेका कुरालाई गम्भीर रुपमा नलिँदा पनि मुटुलार्ई जोखिममा पारिरहेको छ । डा. श्रेष्ठले भने ‘रक्तचाप बढ्दा पनि औषधि खान नपाए हुन्थ्यो जस्तो गर्छन् । खान खोज्दैनन् । यसले झन् समस्या पारिरहेको छ ।’

उच्च रक्तचाप र मधुमेहले मुटुको समस्या निम्त्याइरहेका छन् । यी दुवै समस्या शारीरिक अभ्यासको कमी र अस्वस्थ खानपानका कारण सिर्जना हुन्छन् ।

कसरी बिग्रिरहेको छ मिर्गौला ?

जीवनशैलीमा आएको परिवर्तनले जोखिममा पारेको अर्को अंग हो मिर्गौला ।  मिर्गाैला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हो । डायबिटिज र उच्च रक्तचापजस्ता रोग कम हुने ग्रामीण भेगका बासिन्दामा पनि एन्टिबायोटिक, पेन किलरजस्ता डाक्टरको सिफारिस बेगर पाइने औषधिको अत्याधिक प्रयोगले किड्नी फेल हुन सक्ने जोखिम बढेको छ । यसैगरी जाँडरक्सी, चुरोट, मासु आदि बढी खाने, तनाव लिने र व्यायाम नगर्ने व्यक्तिको मिर्गाैला सधैं जोखिममा हुन सक्छ ।

काठमाडौं किड्नी एण्ड डायबिटिजि सेन्टरका नेफ्रोलोजिष्ट डा. लक्ष्मणप्रसाद अधिकारीका अनुसार  मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मिर्गौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ ।’

नेपालमा वैदेशिक रोजगारीमा काम गर्न गएका युवामापनि मिर्गौला फेल हुने समस्या बढेका छन् । यसको खास कारणबारे अनुसन्धान भइरहेको छैन  । यो तथ्यप्रति सरकारी तहबाटै गम्भीर हुनुपर्छ र मिर्गौला जोगाउने उपायबारे जनचेतना जगाउनुपर्ने आवश्यकता डा. अधिकारीले देखेका छन् । उनलाई लाग्छ, ‘पहिलो कारण हावापानी एक्कासी परिवर्तन हुनु हो । त्यसपछि शरीरमा पानीको मात्रा कम हुने (डिहाइड्रेसन) का कारण पनि हुन सक्ने अनुमान गरिएको छ ।’

डायबिटिजको उच्च जोखिममा नेपाली

विश्वमा नेपालीहरू डायबिटिजको उच्च जोखिममा रहेकाले पनि बढी ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । डायबिटिज र उच्च रक्तचापका कारण मुटु, न्यूरो र मिर्गाैलामा समस्या आउने भएकाले पनि बेलैमा सचेत हुनुपर्ने चिकित्सकहरूको सुझाव छ । नेपाल मधुमेह संघका महासचिव समेत रहेका  डा. मनिल बज्राचार्य भन्छन्, ‘बढ्दो शहरीकरण, बसाइँसराई र खानपानमा आएको गडबढीले समस्या अनपेक्षित रुपमा बढिरहेको छ।’

दक्षिण एसिया क्षेत्रका मानिसहरूको शारीरिक संरचना र खानपानको संस्कृतिले पनि डायबिटिज बढाइरहेको छ । ‘हाम्रो खानामा कार्बोहाइड्रेडको प्रयोग बढी छ । जीवनशैली पनि पहिलेको तुलनामा विलासी हुँदै गएको छ,’ वीर अस्पतालकै अर्का डायबिटिज विशेषज्ञ डा. अलर्क देवकोटा ‘रजोरिया’ भन्छन् । विश्वका अन्य देशमा ५०\६० वर्षको उमेरपछि मात्रै टाइप टु डायबिटिज देखिने भएपनि नेपालमा भने ४०÷४५ वर्षको उमेरमा नै यसको समस्या देखा परिरहेको उनी बताउँछन् ।

औसतमा उचाई कम तर मोटाउने क्रम ज्यादा भएकाले नेपालीहरू डायबिटिजका दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा छन् । चिकित्सकीय भाषामा ‘मेटाबोलिक’ भनिने यस्तो लक्षण नेपालमा देखा परिरहेको छ । तुलनात्मक रुपमा नेपालमा डायबिटिज नयाँ प्रवृत्ति देखा परेको छ । डा. दीपक मल्ल भन्छन्, ‘हामीले नेपालमा जति मानिसहरू डायविटिज भएको छ भनेर अनुमान गर्छाैं, त्यति नै संख्यामा पहिचान हुन नसकेकाहरू पनि छन्।’

मुख्य रुपमा डायबिटिज भइसकेपछि आँखा, मुटु, खुट्टा, नशा र मिर्गाैलामा आघात पर्न सक्छ । नेपालमा डायबिटिज बढ्नुको अर्काे कारण शहरीकरण मानिएको छ । डा बुद्ध कार्की भन्छन्,  ‘बाटोघाटोको विस्तार, शहरीकरण लगायतका कारणले हरेक गाउँमा चाउचाउ लगायतका प्रशोधित खाद्यपदार्थ पुगिसकेका छन् । जीवनशैली निस्क्रिय भैरहेको छ । पहिले शहरमा बसिरहेकामा भन्दा पनि गाउँमा बसेर पछि शहरमा बसाई सरेकाहरूमा यस्तो समस्या बढी देखिएको छ ।’

के गर्दैछ स्वास्थ्य मन्त्रालय र सरकार ?

निष्क्रिय जीवनशैली र खानपानका कारण नसर्ने रोगको प्रभाव बढ्दै जाँदा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरू चिन्तित छन् । विश्वका विभिन्न देशले अस्वस्थकर खानपानलाई निरुत्साहित गर्ने र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अघि सारिरहेका छन् ।

नेपाल सरकार पनि यो विषयमा सचेत भएपनि प्रभावकारी कार्यक्रम गर्न सकिरहेको देखिदैैन । यही अवस्थामा दुई वर्ष अघि मात्रै डब्लुएचओको सहकार्यमा ‘मल्टिसेक्टरल एक्सन प्लान’ ल्याइएको छ । तर अहिलेसम्म अपेक्षित उपलब्धि हासिल भएको छैन । सन् २०२० सम्म समयसीमा रहेको उक्त एक्सन प्लानमा विभिन्न मन्त्रालय लगायत १६ वटा सरोकारवालाहरू  छन् ।

योजनामा केही महत्वाकांक्षी योजना पनि छन् ।  मुटुको रोग, क्यान्सर र डायबिटिजको कारणले हुने मृत्युदर २५ प्रतिशतले घटाउने, मदिरा सेवन १० प्रतिशतले घटाउने, २५ प्रतिशतले उच्चरक्तचाप घटाउनेलगायत योजनामा उल्लेख छन् ।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहका अनुसार पनि शहरीकरणले गर्दा नसर्ने रोग बढिरहेको छ । उनी भन्छन्, ‘प्रदुषित हावा, अशुद्ध पानी, खानाको गुणस्तर, समय व्यवस्थापन  र जंकफुडको प्रयोग जस्ता कुराले यस्ता स्वास्थ्य समस्या आइरहेका छन् ।’ त्यसैले मन्त्रालयले यसलाई व्यवस्थापन गर्दै लैजाने तयारी गरेको उनले बताए । तर विभिन्न क्षेत्रको सहभागिता बिना सम्भव नहुने भएकाले केही सुस्तजस्तो देखिएको उनको ठहर छ ।