Saturday, March 11, 2017

दुर्घटनामा बस चालकको घटनास्थलमै मृत्यु

२९ फागुन, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना७ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासी ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान...

भारतले फेरि खाना पकाउने ग्यास दिन रोक्यो ! अभाव शुरु

काठमाडौं, २९ फागुन । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ । नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ । मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन् । खाली हुनेबित्तिकै सिलिन्डर साट्दै आएका उपभोक्ताले अहिले भरिएको...

भक्तपुरमा झ्यालबाट खसेर एक युवतीको मृत्यु

फागुन २८, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो । झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो...

सोझा लगानीकर्तालाई पेल्ने बैंक अर्ब पचाउने यिनलाई किन समाउँदैन ?

काठमाण्डौ । तरलताको कारण देखाउँदै बैंकहरुले सोझा लगानीकर्तालाई चेपेको धेरै भयो । सेयर लगानीकर्ता तथा अन्य क्षेत्रका लगानीकर्ता समेत भनेजति ऋण नपाएर प्याक प्याकी परिरहेका छन् । थोरै ऋण लिएका साना सेयर लगानीकर्ताहरुले समेत मार्जिन कलको बाध्यता सामना गर्नु परिरहेको छ । लगानी गर्न खोज्दा बैंकले ऋण नदिने, लिएको थोरै ऋण तिर्न थोरै ढिलो मात्र हुँदा तारन्तार फोन आउने, केही गरी तिर्न नसके थोरै ऋणकै कारण आफ्नो...

एकाएक कसरी उल्टियो मधेशी मोर्चाको निर्णय, सप्तरीको घटनाको रात भारतीय राजदूतले के गरे ?

काठमाडौं, २६ फागुन । सप्तरी घटनापछि जसरी नेपाली राजनीति तरंगित भएको छ, त्यसैगरी भारतीय दूतावास पनि एकाएक सक्रिय भएको छ । भारतीय राजदूत रन्जीत रे कार्यकाल सकेर फिर्ता भइसके पनि निमित्त राजदूत विनय कुमारका कारण मधेशी मोर्चाको एउटा निर्णय उल्टिएको खुलासा भएको छ । निमित्त राजदूत विनय कुमारकै दबाबमा मधेसी मोर्चाले सरकारबाट समर्थन लिन नसकेको खुलासा भएको हो । नेकपा एमालेको मेची महाकाली–अभियान बिथोल्ने क्रममा...

Friday, March 10, 2017

मोटरसाईकल दुर्घटना हुँदा एकको ज्यान गयो

सिरहा २८ फागुन। सिरहामा भएको मोटरसाइकल दुर्घटनामा परि एकको ज्यान गएको छ । गोलबजारमा शनिवार भएको र्दुघट्ना डोमा महराको ज्यान गएको हो । पूर्वबाट पश्चिमतिर जाँदै गरेको स.५प १२४९ नम्बरको मोटरसाइकल बिहान २ बजेतिर गोलबजार नगरपालिका ७ मा पर्ने मैनाबत्ती खोलामा खस्दा सिरहा नगरपालिका ७ का महराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका रजेश महराको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार...

कञ्चनपुरजस्तै मुस्ताङ घटना हुँदा चीनले मागेको थियो माफी, तर भारत ‘दादा’ बन्न खोज्दैछ…

काठमाडौं, २८ फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज...

आजको खेला कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा हुने नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन् । कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो। बर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेल सुरु गर्ने तयारी गरिएको छ। किर्तिपुर खेल मैदान दर्शकले खचाखच भरिएको छ। निर्धारित समयमा खेल सुरु हुन नसकेपछि ५० ओभरको खेललाई ३८ ओभरमा झारिएको...

एकाबिहानै काठमाडौं गोङ्गबुमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड

काठमाडौं। २८ फागुन । शनिबार विहानै भारतीय नम्बरप्लेटको गाडीमाथि तोडफोड भएको छ । काठमाडौंको गोङ्गबुमा एचपी ६४५०६६ नम्बरको भारतीय गाडी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेको आशंका गरिएको छ । सेतो रङको स्कोरपिओमा पछाडी र अगाडीबाट ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।  फुटाइएको गाडीमा नेपालको नक्सा आकारको चित्र समेत देख्न सकिन्छ । त्यस्तै गरी विप्लव नेतृत्वको नेपाल...

कुन स्थानीय तहको केन्द्र कहाँ ? (सूचीसहित)

स्थानीय चुनावको तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्‍याएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक-एक स्थानीय तह थपिएको छ । ६ नम्बर प्रदेशमा उपमहानगर शून्य प्रदेश नम्बर २ मा एक उपमहानगर थपिएको छ । तर, स्थानीय तहको संख्या ७१९...

आजको राशीफल : वि.सं. २०७३ साल फागुन २८ गते। शनिवार।

वि.सं. २०७३ साल फागुन २८ गते। शनिवार। इश्वी सन् २०१७ मार्च ११ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्दशी, २०:१० बजेउप्रान्त पूर्णिमा मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका...

कञ्चनपुर घटना संयुक्त राष्ट्रसंघ पुग्यो, महासचिवलाई जानकारी

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भएको गोलीकाण्ड र गोविन्द गौतमको हत्याप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष नरेश भण्डारीसहितको प्रतिनिधि मण्डलले राष्ट्रसंघका महासचिवलाई सम्बोधन गर्दै नेपालमाथि भएको भारतीय हस्तक्षेपको श्रृखंलामा उक्त घटना थपिएको हुँदा सार्वभौम राष्ट्रको अस्तित्व रक्षाका लागि यस्ता प्रकारका हस्तक्षेपलाई अविलम्ब रोक्न...

जब ससुराले नै बनाए छोरा–बुहारीको ‘ब्लू फिल्म’ भिडियो सहित

भारतको मध्य प्रदेशको इन्दौरमा सम्बन्धमाथि प्रश्न तेर्साउने एउटा घटना सार्वजनिक भएको छ । २८ वर्षीया एक विवाहित महिलाले आफ्ना ससूरामाथि अन्तंरंग पलहरुलाई कैद गरेको आरोप लगाएकी छिन् । उनका ससूराले उनको बेडरुममा क्यामरा लगाएर उनीहरुको भिडियो कैद गरेको र उक्त भिडियोलाई पोर्न साइटमा हालिदिने धम्की दिएर आफूमाथि ब्ल्यकमेल गरेको उनले आरोप लगाएकी छिन् । घटना इन्दौर शहरको बिजलपुर इलाकाको हो । पुलिसका अनुसार...

भाषा परिक्षा पास भएपनि कोरिया जान पाईंदैन । अाखिर किन ?

काठमाडौं, फागुन २७– दक्षिण कोरियाको रोजगारी पछिल्लो समय धेरैको रोजाईमा पर्न थालेको छ । कोरियामा सामान्य कामदारको पनि कमाई अन्य देशमा भन्दा बढि हुने भएकाले रोजाईमा परेको हो । तर यहाँ जानका लागि त्यति सजिलो छैन । भाषा परिक्षा उतिर्ण गर्नुपर्छ भने अन्य थुपै्र चरण र प्रक्रिया छन् । तर कोरियाको रोजगारीमा जानेले म्यानपावर तथा दलालबाट ठगीने संभावना हुँदैन किनकि, कोरियामा सरकार आफैंले कामदार पठाउँछ । कोरियामा...

काठमाडौंको ढुङ्गेअड्डामा भारतीय नम्बर प्लेटको गाडी जल्यो, भिडियो सहित

नेपाल भारत सिमा क्षेत्र कञ्चनपुरको पुर्नवास स्थित आनन्द बजारमा नेपालीमाथि भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली चलाएपछि आक्रोशित बनेका नेपालीले काठमाडौंमा भारतीय नम्बर प्लेटको गाडी जलाएका छन् । थानकोट नागढुङ्गा सडक खण्ड अन्तर्गत भारतीय नम्बर प्लेटको गाडीमा अज्ञात समुहले आगजनी गरेको हो । ‘अगाडीको साइड जलेको छ, म छिमेकीहरुसँग बुझ्दै छु,’ कालिमाटिका डिएसपीले भने,‘हामी कसले किन जलायो भन्ने विषयमा अनुसन्धान...

होलीमा एनटीसीको अफरःरिचार्जमा डेटा बोनस, सस्ताे यूट्युब् र एसएमएस प्याक

२७ फागुन, काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना ग्राहकलाई बिभिन्न सेवाहरुमा सहुलियत दिने भएको छ। कम्पनीको चाडपर्व अफर अन्तर्गत जीएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक उपलब्ध गराउने भएको हो। रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सयको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सयको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र...

कञ्चनपुर घटनाबारे मोदीका सुरक्षा सल्लाहकारको प्रधानमन्त्रीलाई फोन

कञ्चनपुरमा  भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिकको ज्यान गएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन्। सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री कार्यालयले जनाएको...

आनन्द बजारमा एसएसबीले फेरी गोली चलायो आदेश नआएको भन्दै नेपाली सशस्त्र चुपचाप!

आनन्द बजार २७ फागुन । भर्खरै प्राप्त समाचार अनुसार आनन्द बजार नजिकै भारतीय एसएसबीले चार राउन्ड हवाई फायर गरेको छ। विहान एकचोटी भारतीय पक्ष र नेपाली पक्षबिच पुन: झडप हुने स्थिति बन्ला जस्तो भएको भए पनि दुवै पक्षको सुरक्षाकर्मीहरुको प्रयासमा अवस्था सामान्य बनाइएको छ। भारतीय सुरक्षाकर्मीहरुले गोलि चलाएपनी नेपाली सशस्त्र प्रहरीभने आदेश नआएको कारण गोली चलाउन नमिल्ने बताईरहेको स्थानीय युवा प्रसन्न...

स्तनलाई कसरी टाइट र आकर्षक बनाउन सकिन्छ ?

म विवाहित महिला हुँ र मेरी पाँच वर्षकी छोरी छिन्। मेरो स्तन झोल्लिएको र सानो छ। स्तनपान गराएका कारण आकर्षक छैन, त्यसैले श्रीमान्ले मेरो स्तनका बारेमा गुनासो गरिरहनुहुन्छ। मेरो स्तनलाई कसरी टाइट र आकर्षक बनाउन सकिन्छ ? स्तन र शरीर आकर्षक शरीरका आ-आफ्नै आधार होलान्। यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ केही चर्चा गरौं। पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि...

लु नेपाल र भारत बीच पर्खालको डिजाइन पनि आयो है !सहमति हुनेले सेयर गरौँ र सरकार सामुन्ने पुर्‍याउन सहयोग गरौं ।

लु नेपाल र भारत बीच पर्खालको डिजायन पनि आयो है !सहमति हुनेले सेयर गरौँ र सरकार सामुन्ने पुर्‍याउन सहयोग गरौं ।...

जंगबहादुरले भारतलाई देश नै मान्दैनथे

नेपालको राजनीतिक इतिहासमा एक चर्चित व्यक्ति हुन जंगबहादुर राणा । राणाले नेपालका राजनीतिलाई यस्तो तरिकाले परिर्वतन गरिदिएका थिए की त्यसको प्रभाव सयौ वर्षसम्म पनि परिरहेको छ । उनले गरेका कामले नेपाली इतिहासमा उनको आलोचना गर्नेदेखि प्रसंशा गर्नेहरु कैयौ छन् । तर तीनै जंबहादुरले छिमेकी भारतलाई देश नै मान्दैनथे भन्दा अचम्म लाग्छ होला, तर यो सत्य नै हो । तीनै जंगबहादुरको पालामा रूस, चीन, दिल्ली र बेलायतमध्ये...

Thursday, March 9, 2017

कञ्चनपुरमा नेपाली मारिँदा नरेन्द्र मोदीसँग कुरा गर्न प्रचण्डलाई डर ?

मोदीले आफ्ना नागरिक मारिँदा १५ मिनेटमै फोन गरेका थिए तर हाम्रा प्रधानमन्त्रीले घटना घटेको १२ घण्टा बितिसक्दा पनि चासो देखाएका छैनन् । के प्रचण्डले मोदीसँग सिधै कुरा गर्न सक्दैनन् ? गत वर्ष मधेस आन्दोलनका क्रममा वीरगञ्जमा ढुंगामुढा गरिरहेका एक भारतीयको नेपाली सुरक्षाकर्मीको गोली लागेर मृत्यु भयो । घटना घटेको १५ मिनेटमै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालिन नेपाली समकक्षी केपी शर्मा ओलीलाई...

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा सयौं युवा गौरीफन्टा नाकामा, स्थिति तनावपूर्ण

धनगढी- भारतीय सीमा  सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्। अप्रिय घटना घट्न नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। अप्रिय घटना हुन नदिन नेपाल...

कञ्चनपुर घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिने, सहभागी हुन आह्वान

काठमाडौं, २७ फागुन । कञ्चनपुर घटनाको विरोधमा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिमका विद्यार्थीहरुको अगुवाई आज दिउँसो तीन बजे लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । विद्यार्थी अगुवा कर्ण साउदका अनुसार कञ्चनपुरमा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर नेपाली नागरिक गोविन्द गौतम मारिएको घटनाको विरोधमा दूतावास अगाडि प्रदर्शन गर्न...

राजधानीबाट समाजवादी फोरमका सचिवसहित ५६ बन्दकर्ता पक्राउ

काठमाडौँ – सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मोर्चा आबद्ध संघीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेका छन् । यसैक्रममा, शुक्रबार बिहान बन्द गराउन हिँडेका ५६ जना बन्दकर्ताहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङवाङ पनि रहेका छन् । उनीसहित ११ जना बन्दकर्ता...

सप्तरी प्रकरणः प्रचण्ड र केपी ओलीको बालुवाटारमा चर्काचर्की, देउवाले ओलीलाई साथ दिएपछि प्रचण्ड चकित

काठमाण्डु, २६ फागुन– प्रमुख प्रतिपक्षी एमालेले सप्तरीको राजविराज घटनालाई आधार मानेर स्थानीय तहको निर्वाचन मिति नसार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । निर्वाचन सारिए आफूहरूलाई अमान्य हुने पनि एमालेको चेतावनी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको टोलीले सप्तरी घटनासहित निर्वाचनको विषयमा छलफल गरेको छ । ओलीले...

भारतीय सुरक्षाकर्मीले यसरी हानेको रहेछ नेपालीलाई गोली/ एक्स्क्लुसिभ भिडियो बाहिरियो

गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् । आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।...

विश्वकै सुन्दर मुद्राहरुको सूचीमा नेपाली नोट, यी हुन् विश्वकै सुन्दर मुद्राहरु

तपाईंहरुलाई लाग्दो हो विश्वका सबैभन्दा सुन्दर (ब्यूटीफुल) मुद्रा कुन देशको होला ? अनि नेपालको मुद्रा चाहीँ विश्वका सुन्दर मुद्राहरुको सूचीमा पर्ला कि नपर्ला ?  बेलायतको चर्चित दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका नोटहरुलाई समेटेर तयार पारेको ‘ वल्र्ड मस्ट ब्यूटिफुल करेन्सीज’ अर्थात विश्वकै सुन्दर मुद्राहरुको सूचीमा नेपाली मुद्रा पनि पर्न सफल भएको छ । । टेलिग्राफले विश्वका विभिन्न देशमा घुमफिरको...

Wednesday, March 8, 2017

पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा हुने सम्भावना

पश्चिमी वायुको प्रभावले बिहिबार राजधानीसहित देशका पश्चिम भागको मौसम परिवर्तन भएको छ। बिहानदेखि बादलले आकाश धुम्म भएको छ भने साँझसम्म राजधानीसहित देशका पश्चिमी क्षेत्रमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘पश्चिमी वायुको प्रभावले राजधानी लगायत देशका पश्चिम भागमा विहानैदेखि बादल लागेको छ’, महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘साँझसम्म पानी पनि पर्न सक्छ, यो क्रम शनिबारसम्म जारी रहने...

१३ बर्षको उमेरमा ‘लभ म्यारिज’ गर्न नपाएपछि बर्दियामा भयो सोच्न नसक्ने घटना

बर्दिया, २६ फागुन । भनिन्छ, प्रेममा परेपछि मानिसले आँखा पनि देख्न छाड्छ । यस्तै भएको बर्दियामा । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले बुधबार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । घर बाहिर केटा र केटी...

श्रीमतीले नामर्द भनेपछि अरुणले गरे यस्तो हर्कत

नयाँदिल्ली । आफूलाई दिनदिनैको बेइज्जतीबाट बचाउन एक भारतीय युवकले पानीटंकीमाथि चढेर ज्यान दिने धम्की दिएपछि सम्झाइबुझाइ गरेर तल झारिएको छ । ती युवकले पत्नी र ससुराले सधै आफूलाई नामर्द भनेर आरोप लगाउने गरेपछि आक्रोशित भएका थिए । ती युवकले ज्यान दिने सुरमा पानीटंकीमा चढेपछि नामर्दको घटना बाहिर आएको थियो । कोलकोताको गायत्रीपुरम निवासी अरुण राव बिहान ११ बजे कलेक्ट्रेट परिसरमा रहेको पानीटंकीमा चढेका थिए...

तीन जना गुमाएको सप्तरीको मलेठ गाउँ : जहाँ रुवावासी बाहेक केही देखिँदैन

तीन जना गुमाएको सप्तरीको मलेठ गाउँ : जहाँ रुवावासी बाहेक केही देखिँदैन सप्तरी– सप्तरीको मलेठ गाउँ । तीन दिनदेखि सुनसान छ । सोमबारयता यो गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन । कसैलाई खान मन पनि छैन । कसैलाई बोल्न पनि मन छैन । पुरै गाउँ शोकमा डुवेको छ । सोमवारको गोली काण्डपछि सप्तरीको मलेठ गाउँ शोकमा यसरी डुवेको हो । एमालेको मेची –महाकाली अभियान विथोल्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध...

Tuesday, March 7, 2017

यी हुन पुरुषबाट पीडित महिला र महिलाबाट पीडित चर्चित पुरुषहरु !

सन्दर्भः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौं, २५ फागुन । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आजको दिन महिला अधिकारबारे खुबै बहस गरिन्छ । यसैबीच यसपालीको महिला दिवसमा हामी खास खुलासा गर्दैछौं । जसले महिला अधिकार र पीडित को हुन भन्ने प्रष्ट पार्नेछ । कांग्रेसका नेता तथा बहालवाला रक्षामन्त्री बालकृष्ण खाँड नेपाली कांग्रेसका नेता तथा हालका बहालवाला रक्षामन्त्री बालकृष्ण खाँडले सरकारी वकिल...

Monday, March 6, 2017

भर्खरैको अपडेट : मोर्चाका कार्यकर्तामाथि प्रहरीले हान्यो ६ राउण्ड अश्रु ग्यास

काठमाडौं, २४ फागुन - सप्तरीको राजविराजमा आक्रमक बनेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास हानेको छ । मधेशी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयमा आगजनी गर्न खोजेपनि उनीहरूमाथि अश्रु ग्यास हानिएको हो । उनीहरूले दूर संचार, शान्ति समिति, औद्योगिक क्षेत्र र जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्ने कोशिश गरेका थिए । प्रहरी प्रशासन निकै संयमित बनिरहेको भएपनि मोर्चाका कार्यकर्ता चाहिँ आक्रमक तरिकाले...

एमाले नेतृ शान्ता चौधरीको प्रश्न, मृतकका परिवारको आँशु मोर्चाका नेताहरूले कसरी पुछ्न सक्छन् ?

काठमाडौँ २४ फागुन । सप्तरीमा हिंसावादी–निषेधकारीहरूले मच्चाएको ताण्डवबाट तीनजना नेपालीको ज्यान गएको छ । (मृतकको संख्याबारे फरक फरक समाचार आइरहेको छ) । मृतक नेपाली दाजुभाइहरूप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सो घटनाका दोषी हिंसावादीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग पनि गर्दछु । यस्ता घटनाका...

सप्तरीमा तीन जनाको मृत्युभएपछि निम्त्यो राजनीतिक मुठभेड, रातभर नेताहरु टेलिफोन संवादमा

काठमाडौं । नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न खोल्दा प्रहरीको गोलीलागि सप्तरीमा तीन जनाको मृत्यु भएपछि नेपाली राजनीतिमा फेरी टकराव सुरु भएको छ । सप्तरीमा एमालेले कार्यक्रम गरिरहेका बेला मधेसी मोर्चाका कार्यकर्ताले ढंगामुडा गरेका थिए । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ भने स्थिति तनावग्रस्त बनेपछि एमालेले आफ्नो अभियान तीन दिनका लागि स्थगित गरेको छ । सप्तरीमा...

सप्तरी घटनाको अर्को दिन : मधेसको जनजीवन प्रभावित, रातारात काठमाडौं आउदै एमाले नेता

२४ फागुन, काठमाडौं । सप्तरीमा हिजो भएको झडपमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । प्रहरीसँगको झडपको क्रममा मलेठ गाविस दुईका २० वर्षीय सञ्जन मेहता, मलेठ चारका ५० वर्षीय पिताम्बर मण्डल र प्रसवनी चारका ३५ वर्षीय आनन्द साहकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ । गोली लागेर गम्भिर घाइते ७ जनाको अहिले धरान स्थित विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको...

हेर्नुहोस् सप्तरीमा भएको गोलीकाण्डको एक्सक्लुसिभ भिडियो, घर भित्रै पसेर यसरी गोली चलाइयो

काठमाडौं, २३ फागुन । सप्तरीमा भएको गोली काण्डको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच धमासान भिडन्त भएको छ । हेर्नुहोस् भिडिय...

प्रधानमन्त्रीले नगर्नु भन्दाभन्दै कसले दियो गोली हान्ने आदेश ?

राजविराज गोलीकाण्डबारे सरकारी अधिकारीवीचै विवाद २३ फागुन, काठमाडौं । राजविराजमा गोलीकाण्ड हुनासाथ माओवादी नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत् खुलासा गरे, प्रधानमन्त्रीले गोली नचलाउनु भन्ने आदेश दिएका थिए । तर, गोली चल्यो । आखिर देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै गोली नचलाउनु भन्दाभन्दै राजविराजमा कसले गोली चलायो त ? यसबारे सरकारी अधिकारीहरुबाटै विरोधाभाषपूर्ण भनाइहरु...

सप्तरी घटनापछि कमाण्ड सेन्टरमा सुरक्षा प्रमुखको आकस्मिक बैठक

कठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा तीनै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसिरहेको छ।  सप्तरी घटनाका विषयमा छलफलका लागि नक्सालमा रहेको कमाण्ड सेन्टरमा आकस्मिक बैठक बसेको हो।  गृह प्रबक्ता सहसचिव बालकृष्ण पन्थीका अनुसार एमालेको मेची–महाकाली अभियानको सुरक्षाका लागि स्थापना भएको कमाण्ड सेन्टरको बैठक भइरहेको हो।  कमाण्ड सेन्टरमा नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र महानिरीक्षक...

मेची महाकाली अभियानमा मोर्चाका कार्यकर्ताको ज्यान गएपछि एमाले खुट्टा कमायो

अभियान ३ दिनको लागि स्थगित २३ फागुन, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । लगतै रुपनगरमा...

मधेशमा आक्रोशः रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो, सिरहामा ट्रकमा आगजानी, जनकपुर तानवग्रस्त

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेर बजार घुमाइएको छ । त्यसैगरि, सिरहाको गोलबजारमा एउटा ट्रकमा आगजनी गरेको खबर प्राप्त भएको छ । सप्तरीको घटनाले जनकपुर तातियो, चारैतर्फ विरोध प्रर्दशन यता, सप्तरीको...

प्रहरीको गोलीबाट ‘मरेका’ भनिएका मेहता अस्पतालबाट गायव, कहाँ लगियो, खोज्दैछौं : सप्तरी सिडीओ

सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका (मरेका भनेर प्रचार गरिएका) सञ्जन मेहता अस्पतालमा नभेटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमल्सिनाले बताएका छन् । निकै लामो प्रयासपछि लोकान्तरको सम्पर्कमा आएका प्रजिअ तिमल्सिनाले भने, ‘गोली लागेर गम्भीर घाइते भएको भनिएका मेहतालाई अस्पताल लगिएको भनेर मलाई खबर आएको थियो । उनको यथार्थ अवस्था वुझ्न मैले एउटा अस्पतालमा टोली पठाएँ, उनले...